कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Friday, December 5, 2008

बाणिज्य ईजलासलाई सहमति

सर्वोच्च अदालतले मूलुकका विभिन्न चार ठाउका पूनरावेदन अदालतमा वाणिज्य ईजलास गठन गर्न सरकारलाई सहमति दिएको छ ।

यही मंसिर १८ गते बुधवार बसेको न्यायाधीशहरुको पूर्ण बैठक फुलकोर्ट ले यस सम्बन्धी निर्णय गरेको प्रवक्ता तीलप्रसाद श्रेष्ठले संचार माध्यमलाई बताउनु भएको छ । त्यस्तो इजलास गठनका लागी सरकारले सर्वोच्च अदालतसँग अनुमति मागेको थियो । बुटबल, बिराटनगर, पाटन र नेपालगंजमाँरहेका पूनरावेदन अदातलमा रहने ति ईजलासमा कम्पनी ऐन, सुरक्षीत कारोवार ऐन दामासाही ऐन र प्रतिस्पर्धा प्रवर्धन ऐन अन्तर्गत परेका अर्थ बाणिज्य सम्बन्धी मुद्दा हेर्नु पर्ने हुन्छ । यी इजलासमा कम्तीमा दुई जना त्यो पुनरावेदनका न्यायाधिशहरु निश्चीत गरिने छन ।


"ती ठाउँमा इजलास गठन र न्यायाधीश दरबन्दीका लागी सहमति दिने निर्णय भयो " प्रबक्ता श्रेष्ठले भन्नु भयो । सर्वोच्च अदालतले गठन गरेको कार्यदलले पोखरा र हेटौडामा पनि यस्तो इजलास गठन गर्नु पर्ने सुझाव दिएको थियो ।

Tuesday, December 2, 2008

शोभराजले संयुक्त राष्ट्र सँग गुहार मागे

नेपालमा १९७५ मा एक अमेरिकी पर्यटकको हत्याको आरोपमा आजीबन कारावासको सजाय भोगीरहेका चाल्स्र चाल्स शोभराजले अब नेपाल सरकारको बिरुद्ध संयुक्त राष्ट्र संघमा गुहार मागेका छन ।
चर्चित ६४ वर्षीय अभियुक्तले संयुक्त राष्ट्र संघ मानब अधिकार समितिको समक्ष १९६६ को नागरीक तथा राजनैतिक सन्धी अनुसारको अन्तराष्ट्रिय अधिकारहरुको लागी निवेदन दिएका छन । काठमाण्डौको एक तल्लो तहको अदालतले अमेरीकी पर्यटकको हत्याको लागी दोषी ठहर्‍याई २० वर्षको कारावास सजाय दिए पछि उनले ४ वर्ष अघि पनि संयुक्त राष्ट्रमा आफ्नो मानव अधिकारको हनन रोक्नको लागी अनुरोध गरेका थिए ।

पछिल्लो हप्ता पेरिसमा शोभराजको वकील इसाबेल काउटेंट पियरेले संयुक्त राष्ट्र समितिमा एक उजुरी दर्ता गराउदै भनेका छन कि उनको पक्षलाई विना प्रमाण र कुनै पनि दोभाषे बिना सुनाई गरी काठमाण्डौमा कैद गरी राखीएको छ ।

त्यो उजुरीमा नेपालको न्यायिक अधिकारीहरु माथी पनि शोभराजको पुनरावेदनको सुनवाईको काममा अनाबश्यक ढिलाई गरेको पनि आरोप लगाईएको छ ।

Monday, December 1, 2008

डान्सवार नियमित गर्न अदालतबाट निर्देशिका जारी भो

सर्वोच्च अदालतले डान्स र क्याबिन रेस्टुरेन्ट व्यबस्थापन गर्नका लागी एक छुट्टै ऐन ल्याउन सरकारलाई आदेश गरेको छ र त्यस्तो कानून नबनुन्जेल सम्मको लागी १६ बुदे निर्देशिका जारी गरेको छ ।

यही मंसिर १३ गते सर्वोच्च अदालतका माननीय न्यायाधीश बलराम केसी र कल्याण श्रेष्ठको संयुक्त ईजलासले सो त्यो निर्देशिका जारी गरेको हो । डान्स रेस्टुरा तथा क्याविन जस्ता रात्रीकालीन व्यबसायमा अनुचित कार्य हुने भनी सरकारले नियन्त्रण गर्न लागी रहेको बेला सर्वोच्च अदालतले निर्देशिका जारी गरेको छ ।


"कार्यस्थलमा काम गर्ने श्रमजीवी महीला एवम अन्य कामदारहरुलाई मर्यादित एव आत्मसम्मानपूर्बक सुरक्षित वातावरणमा काम गर्न सक्ने वातावरण सृजना गर्न " सर्वोच्च अदालतले यस्तो निर्देशीका जारी गर्नु परेको सर्वोच्च अदालतले जनाएको छ ।


सो १६ बुदे निर्देशिकामा डान्स वार क्याबिन रेस्टुरन्ट र मसाज पार्लरले दर्ता गरेपछि मात्र तिनिहरुले काम गर्न अनुमति पाउने छन भनी उल्लेख गरेको छ । अहिले साचालनमा रहेका व्यवसायीले तीन महिना भित्र जिल्ला प्रसासन कार्यालयमा दर्ता गरिसक्नु पर्ने सीमा अबधी तोकिएको छ ।


यदि कुनै कामदार पिडित भएमा उसले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्ने छ र यसलाई जिल्ला अनुगमन तथा कार्यान्वयन समितिमा पठाईने छ ।


रेस्टुरा र मसाज पार्लरका कामदारहरुको बिबरण सम्बन्धित प्रहरी कार्यालयले राख्ने छ । प्रहरी अधिकारी प्रमुख जिल्ला अधिकारी र कार्यान्वयन समितिले बिषयलाई नियमित गर्ने छन । त्यो निर्देशिकाले डान्सबार रेस्टुरा दोहोरी साझ केन्द्र र मसाज पार्लर लाई नियमित गर्ने छ ।


पारिश्रमीक बिना कसैलाई पनि काममा लगाउन निषेध गरिएको छ । उनीहरुलाई करकाप गर्न पुर्ण निषेध गरिएको छ ।


आबश्यक कुरामा केही नगरेकोले निर्देशिका ल्याउन यो हस्तक्षेप आबश्यक भयो भनी सर्वोच्च अदालतल उल्लेख गरेको छ ।


सर्वोच्च अदालतले भनेको छ कि जसरी काम गर्ने अधिकार उल्लघन गर्न सकिदैन त्यसरी नै ति काम गर्ने ठाउको व्यबस्था गर्ने र नियमित गर्ने सरकारको कर्तव्य हो ।


देशको उच्च अदालतले भनेको छ कि जसरी त्यहा १२०० डान्स र क्याबिन रेष्टुरेन्ट छन । जहा ५०००० भन्दाबढी मानिसहरु संलग्न छन । तिनिहरुमा ८० प्रतिशत महिला नै भएको जनाईएको छ । अदालतले उनीहरुको आबेशजनक शारिरीक र सामाजीक सरक्षा सुनिश्चीत गर्न सरकारलाई आदेश दिएको छ ।


डान्स रेस्टुरा क्याबिन तथा मसाज पार्लर साचालनको कारण बरपरका सर्वसाधरण जनताको सार्वजनिक स्वाथ्य र नैतिकताको प्रतिकुल असर हुन नहुने भनी सर्वोच्च अदालतले सर्त राखेको छ ।

जनहित संरक्षण मंच ( प्रो. पब्लीक ) नामक एक गैरसरकारी संस्था का तर्फबाट प्रकाशमणी शर्मा, शर्मीला श्रेष्ठ, रमा पन्त र कबिता पाण्डे लगायतका कानून व्यबसायीहरुले तीन बर्ष अघि दर्ता गरेको रिट निवेदनको सन्दर्भमा सर्वोच्च अदालतले यी निर्देशिकाहरु जारी गरेको हो ।