कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, September 7, 2013

प्रचण्डलाई अदालतमा हाजिर हुन आदेश

रिट निवेदक

अदालतको अवहेलना आरोपमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र हाजिर भएर जवाफ फिराउन सर्वाच्च अदालतले आदेश दिएको छ । माननिय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्दै यस्तो निर्णय सुनाएको हो ।   


सो आदेशमा 'निवेदकको मागबमोजिम' कारबाही गर्न नपर्ने भए बाटोको म्यादबाहेक 'तीन दिनभित्र आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु' भनी उल्लेख गरिएको छ ।

गोरखा जिल्लाको फुजेल गाउँ का कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा अनुसन्धान बढाउन सरकारबाट निर्देशन दिएपछि  गत भदौ ५ गते राजधानीमा वाईसीएलले अयोजना गरेको एक कार्यक्रममा  एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाए बिद्रोह गर्ने धम्की दिदै  'अदालतको जात के हो'  प्रश्न उठाएका थिए। आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षड्यन्त्र भएको भन्दै उनले अधिकारी दम्पतीलाई कसैले जबरजस्ती माओवादीविरुद्ध उक्साएको र अदालतमा मुद्दा दायर गराउने षड्यन्त्र गरेको भन्दै द्वन्द्वकालका घटनाको अनुसन्धान प्रचलित न्यायालय र कानुनी प्रणालीले गर्न नमिल्ने बताएका थिए ।

दाहालको त्यस्तो अभिव्यक्तिबाट सर्वोच्च अदालतको गरिमामा गम्भिर आघात पुगेको र त्यसबाट अदालतको अवहेलाना भएको भन्दै  दाहाललाई हदैसम्मको कारबाही गरिपाऊँ भनी केही दिनअघि मुद्दा दायर गरेका थिए । रिट निवेदनपत्र मा भनिएको छ  विपक्षीले उहाँका कुनै पनि कार्यकर्तालाई मुद्दा चलाए विद्रोह गर्ने धम्कीसमेत दिनुभएको छ, ‘विपक्षीको उक्त भनाइले  अदालतको मर्यादा एवम् निष्पक्षतामाथि गम्भीर आघात पुग्न गएकोले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम यो निवेदन दिई उपस्थित भएको छु ।जात सोधेर अदातलतको संवैधानिक भूमिका एवम् विश्वसनीयतामाथि गम्भीर आघात पुर्‍याएकोले प्रचण्डलाई अदालतमा उपस्थित गराई अदालत ऐन २०४८ को दफा ७ बमोजिम सजाय गर्न रिटमा माग गरिएको छ ।


एमाओवादी अध्यक्ष प्रचण्ड विरुद्धको  सो मुद्दा गम्भीर प्रकृतिको भएकोले ३ दिन भित्रै अदालतमा उपस्थित हुन  आदेश दिएको  अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनभयो ।