कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Sunday, November 23, 2008

एउटा अर्को कार्टून

सबै कानून ब्यवसायीहरू एकै खालका हुदैनन तर केही खराव नियतका वकिलले गर्दा समाजले वकिललाई हेर्ने दृष्टिकोणमा असर पर्छ ।

Saturday, November 22, 2008

न्याय नपाए नेपाल जानू

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको सबैभन्दा उदार राज्य क्यालिफोर्नियाका जनताले पहलकदमी-८ लाई जिताई दिए । पहलकदमी-८ ले समलिङ्गी बिहेबारीलाई अमान्य घोषणा गरेको छ । स्मरण रहोस क्यालिफोर्नियामा समलिङ्गीहरूले "बिबाह" गर्न नपाए पानी सिभिल युनियन जस्तो किसिमले कानूनी मान्यता पाउने भने छन ।


नेपालले यी सबैलाई उछिनेर समलिङ्गी बिहेलाई मान्यता दिएको छ । एउटा ऐतिहासिक फैसलामा नेपालको सर्वोच्च अदालतले समलिङ्गीहरुलाई बिहेवारी लगायतका बिषयमा समान अधिकार दिलाउन आवश्यक कानून बनाउन माओबादीले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई आदेश दिएको छ । "अदालतले सरकारलाई यूरोपियन युनियनको समलिङ्गी बिवाहलाई मान्यता दिने कानून जस्तै नयाँ ब्यवस्था गर्न सात सदस्यीय समिति बनाउन सरकारलाई आदेश दिएको छ" - नेपालका संविधान सभाका सदस्य तथा समलिङ्गी सक्रियताबादी सुनील बाबु पन्तले भनेका छन ।


अनिल महर्जन र दिया कश्यपले दुई वर्ष अघि सार्वजनिक रूपमै स्वयंबर गरेका थिए तर उनीहरुले बिहेलाई रेजिस्टर गर्न दिएको आवेदन त्यसै थन्किएर बसेको थियो । अव भने उनीहरूले प्रमाणपत्र पाउने छन ।


समलिङ्गी बिबाहले परिवारको परिभाषालाई नै परिवर्तन गर्दछ । यस्तो गंभीर विषयमा नेपाली मीडिया र जन-स्तरमै गंभीर छलफल हुनुपर्ने होइन र?


जे भए पनि अव नेपालले नेपाली मात्र होइन विदेशी समलिङ्गीहरूले पनि बिबाह रजिस्टर गर्न पाउने ब्यवस्था गर्नु पर्छ । अमेरिका लगायत धेरै देशमा समलिङ्गी बिवाह गर्न नपाएका मानिसहरु नेपालमा गएर विहे गर्न सक्ने वातावरण बनाउनु पर्छ । यसले नेपालमा "समलिङ्गी-विवाह-पर्यटन" को माध्यमबाट राम्रो आय आर्जन हुन सक्थ्यो । छिमेकी देश भारतको कानूनमा पनि समलिङ्गी बिबाहको प्रयोजन छैन ।

भारतमा सर्बोच्च अदालत र सरकारबीच बिबाद

हाईकोर्टको न्यायाधिहरुको बढुवाको बिषयमा न्यायपालिका र कार्यापालिका भिडन्तमा ओर्लिएका छन । सर्वोच्च अदालतको समूहले हाईकोर्टका तीन जना न्यायधिशको बढुवामा सरकारको आपत्तिलाई पन्छाई दिएको छ । अगाडीको कदम बारेमा अहिले त सरकार चुपपाप छ तर विशेषज्ञहरुको रायमा सरकारले मन मारेर समूहको कुरा मान्नु नै पर्दछ ।


प्रधान न्यायधिश के. जी. बालकृष्णनको अध्यक्षता भएको यस समूहमा पाच जना न्यायाधिश शामिल छन । यो समूहले न्यायाधिशहरुको बढुवाको सम्बन्धमा फैसला गर्दछ । यसको फैसलामा माथी अन्तिम स्विकृती राष्ट्रपतिको हुन्छ । समितिले वरिष्टताको ख्याल नगरि तीन जना कनिष्ट न्यायधिशहरुको नाम कानून मन्त्रालयमा पठाएका थिए । त्यो सिफरिसमा उच्च तहको अदालतमा न्यायधिशको बढुवा गर्दा वरिष्टता बाहेक अरु खुबीहरु माथी ध्यान दिनु जरुरी हुन्छ भनी तर्क गरिएको थियो । कानून मन्त्रालयले समितिको सिफरिस फिर्ता गरिदीयो । समितिले यसलाई अर्को पटक पनि त्यसै रुपमा कानून मन्त्रालयलाई पठाई दियो ।


समितिले जुन तीन जना न्यायाधिशहरुको नाम बढुवाको लागी पठाएको छ त्यसमा केरला हाईकोर्टका मुख्य न्यायाधिश एच. एल. दत्ता मद्रास हाईकोर्टका मुख्य न्यायाधिश ऐ. के. गांगुली र पटना हाईकोर्टका मुख्य न्यायाधिश आर. एम. लोढा सामिल छन ।

न्यायपालिकाको कदममा पछाडी कानून मन्त्रालयका अधिकारी के कदम उठाउछन यस बारेमा अहिले उनीहरु केही बोली रहेका ,छैनन तर कानूनका जानकारहरुको बिचारमा मन्त्रालयले समूहद्धारा दिईएको

नाम राष्ट्रपतिको मन्जुरीको लागी पठाउनु नै पर्दछ ।


प्रधान मन्त्री कार्यालयले न्यायधिशहरुलाई बढुवा गरि सर्वोच्च अदालतमा पद बहाली गर्ने सम्बन्धी फाईल गएको हप्ता प्रधान न्यायाधिशलाई फिर्ता गरिदिएको थियो । यसमा कुन आधारमा ती तीन जना न्यायाधिशहरुको बढुवा गर्ने सिफारिस गरिएको हो भनी स्पष्टिकरण मागिएको थियो । सरकारको बिचारमा सिफरिस गर्दा सर्वोच्च अदालतको समितिले वरिष्टतालाई नजर अन्दाज गरेको छ ।

वरिष्टताको हिसावबाट पहिलो अधिकार दिल्ली हाईकोर्टका मुख्य न्यायाधिश ए. पी. शाह मध्य प्रदेश हाईकोर्टका मुख्य न्यायाधिश ए. के. पटनायक र उत्तराखण्ड हाईकोर्टका मुख्य न्यायाधिश वी. के. गुप्ताको हुन्छ ।


न्यायधिशको बढुवाको लागी समितिद्धारा नाम पठाउने व्यवस्था १९९३ अक्टोवर महिनादेखी लागु छ । यो व्यवस्था सर्वोच्च अदालतको एक फैसलाबाट लागु भएको थियो । त्यहा देखी नै समूहको सुझाब सरकार मार्फत राष्ट्रपति समक्ष जस्ताको त्यस्तै गईरहेको थियो ।

Friday, November 21, 2008

नेपालका प्रहरीले केटाकेटीलाई यातना दिई रहेकॊ आरोप

अन्तराष्ट्रिय दबाब समुह ह्यूमन राईट्स बाचले बालबालीका लाई यातना दिएको भनी नेपालका प्रहरीलाई आरोप लगाएको छ ।

उसले यातना वा दुरुपयोगको २०० भन्दा बढी बिश्वासीलो दाबी प्राप्त गरेको छ भनी न्युयोर्कमा रहेको समुहले भनेको छ ।

यातनाका तरिकामा केटाकेटीको औलाको नङमा कडा चिज राप्ने र उनीहरुको खुट्टाको पैतालामा पिटने लगायत छन भनी त्यो समुहले भनेको छ ।

एक जना प्रहरीका प्रबक्ताले भनेका छन कि बितेको समयका दुरुपयोगका लागी धेरै अधिकारीहररुलाई कारबाही गरिएको छ, तर अहिले कुनै बाल बालिकालाई यातना दिएको कुरामा अस्वीकार गरेका छन ।


अर्को अपराध गरिन्छ

ह्यूमन राईट बाचले भनेको छ सामेल भएका धेरै जसो बालबालीकाहरु साना अपराध वा सडक पेटीमा बसेकोमा शंका गरिन्छ ।

यसले भनेको छ बालबालीकालाई बासको लठ्ठी र प्लासटिकको पाईपले उनीहरुको तिघ्रा माथिल्लो पाखुरा हातको पछाडी खुट्टाको पछाडी र पैतालामा हानिन्छ ।

"नेपाली प्रहरीसंग बालबालीकाको संरक्षण गर्ने र अपराध नियन्त्रण गर्ने कर्तव्य छ" समूहका एशिया अनुसन्धानकर्ता बेड शेफार्ड भन्दछन ।

"गर्नु पर्ने काम नगरी थुनामा रहेका बालकलाई यातना दिएर संरक्षण गरिनु पर्नेहरुका बिरुद्ध उनीहरु अपराध गरीरहेका छन" ।उनले भनेकी छन कि बालबालीकाबाट साबिती लिन कहीलेकाही यातनाले घाईते गराईन्छ र अरु समय यो "अधिकारीको मनोरन्जन लागी मातृ संचालन गर्न देखापर्दछ ।

सबैभन्दा कान्छो आरेपित पिडित १३ बर्षको थियो ।

नेपालको संबिधान अन्तर्गत यातनालाई निषेध गरिएको छ र बालबालीकाको ऐनले यातनालाई गैरकानूनी घोषण गरेको छ । तर पनि अधिकतम सजाय जरिवाना र एक बर्ष कैदका मात्र छ जसले दण्ड हिनता बढाउछ ।

समुहले भनेको छ कि दरुपयोगको बढदो घटनाले असरपरी अहिलेसम्म कुनै प्रहरी अधिकारी वा सरकारी अधिकारी अभियोजनमा लगिएको छैन ।

प्रहरी यातना पुर्णरुपमा निषेध गरिएको र यसमा सामेल हुने प्रहरी अधिकारीलाई कानूनको पुर्ण बडोतरीमा अभियोग चलाईने छ भनी स्पष्ट बयान जारी गरी नोभेम्बर २० मा पर्ने बाल दिबस मनाउन समुहले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

Thursday, November 20, 2008

शेखले माईकल जैक्सनलाई मुद्दा हाले

बहरीनको राजकुमारले माईकल जैक्सनलाई करार भंग गरेको आरोप लगाउदै लडनको रोयल कोर्ट अफ जस्टिसमा मुद्दा हालेका छन । त्यसमा उनी संग ७० लाख डलरको क्षतिपुर्तिको पनि माग गरिएको छ । जैक्सनले एलबम रिकड गर्नु पर्ने थियो । त्यको लागी जैक्सनलाई उनलाई "अग्रिम भुक्तानी" पनि भएको थियो तर पप स्टार यो आरोपको खण्डन :

बहरीनका राजकुमार शेख अब्दुल्ला बिन हमद अल खलीफाका बकीलको भनाई छ कि अमेरीकी पप गायक माईकल जैक्सनको करियरको नया शुरुआतको लागी एक एलबम रिकर्ड गर्नु थियो साथै उनको जीबनीको कुरा पनि निश्चीत भएको थियो । राजकुमारका वकील बंकिम थंकीको भनाई छ कि यसको लागी पप स्टारलाई २००५ देखी धेरै पटक भुगतान पनि गरिएको थियो ।


तर जैक्सनको भनाई छ कि दुबैको बीचमा कुनै सझौता भएको थिएन र शेखको तर्फबाट दायर मुद्दा गलत छ र यो उनलाई दबाबमा राख्न लिने कोशिश हो । माईकल जैक्सनका अनुसार उनलाई जुन पनि धनरासी दिइयो ती उपहार स्वरुप थिए र कहीले कही प्रोजेक्टमा अन्तिम सहमति बनेन । अमेरीकामा बाल शोषणको मुद्दाबाट रिहा भएपछि आराम गर्नको लागी जैक्सन आफ्ना बाल बच्चा र निजी कर्मचारीको साथ शेखको निमन्त्रणमा बहरीन गएका थिए र उनले पुरै देश घुमेका थिए । त्यपछि देखी नै बहरीनका राजकुमार र माईकल जैक्सनको बीच नजीकता बढयो……


बहरीनमा जैक्सनले शाही परिवारको पाहुना जस्तो आदर र सम्मान साथ समय कटाए र बेलाबेला युरोपमा घुम्न समेत पठाए । २००६ को अप्रैल महिनामा बहरीनको संगीत कंपनी टू सीज रिकडस्रको तर्फबाट जारी एक बयानमा भनिएको थियो कि माईकल जैक्सन एक नया एलबममा काम गर्ने छन जुन २००७ मा रिलीज गरीने छ ।


यस बीच शेख अब्दुल्लाबाट माईकल जैक्सनलाई भुक्तान पनि हुदै रहयो । वकील थंकीको भनाई छ कि नेवरलैंड आरामगृहको बिलको लागी ३५ हजार डलर भुगतान गरियो । वकीलका अनुसार गएको महीना मै जैक्सनले एक सहायकको माध्यमबाट १० लाख अमेरीकी डलर माग गरेका थिए ।


शेख अब्दुल्लाका वकीलका अनुसार यस रकमको भुगतान एलबम र जीबनीको सम्झौताको सन्दर्ममा गरिएको थियो । तर ५० बर्षका माईकल जैक्सन यसलाई उपहार मान्दछन ।


यसको सुनवाई लडनमा भई रहेको छ किनकी उनीहरुको सम्झौताको कुनै पनि बिबाद बेलायती अदालतमा लैजाने भनी उनीहरु सहमत भएका थिए भनी शेखका वकीलले भनेका छन ।

Wednesday, November 19, 2008

इराक युद्धले कानूनी शासनको उल्लघंन गर्‍यो

इराक युद्ध शुरु हुनु अघि टोनी ब्लेयरलाई दिइएको कानूनी सल्लाह मुलतरुपमा "गलत" थियो भनी दाबी गरिएको छ । २००३ मा इराकमाथि हस्तक्षेप गर्नु अघि त्यसबेलाका बेलायती प्रधानमन्त्री ब्लेयरलाई शक्ति प्रयोगको पुष्टी गर्नसक्ने गरी संयुक्त राष्ट्रसंघको प्रस्तावलाई इराकले अबहेलना गरेको "कुनै कडा प्रमाण" लर्ड स्मिथले दिएनन भनी एक जना भुतपूर्व लर्ड बिनघमले भनेका छन । लर्ड बिनघम यो बर्ष अन्तर्राष्ट्रिय र तुलनात्मक कानूनको बेलायती संस्था नामक प्रतिष्ठानको ५० औं बार्षिकी मनाउन नोभेम्बर १६ मा प्रबचन दिदै थिए ।

बिनघमको टिप्पणीले इराक हस्तक्षेपको निर्णयमाथि पूर्ण सार्वजनिक छानविन "रोकिन नसकिने" बनाएको छ भनी बेलायती उदार प्रजातान्त्रिक दलले भनेको छ । बिनघमको आलोचनाको जबाफ दिदै लर्ड गोल्ड स्मिथले इराक माथिको हस्तक्षेप कानूनी थियो भनेर बिश्वास दिलाउन प्रयास गरेका छन । उनले भने "यदि मेरो दृष्टिकोणमा यो उचित नठहरेको भए म त्यस्तो सल्लाह दिन्न थिएँ होला" ।

कुनै हतियार थिएन !
उनले २००३ को मार्च १७ मा लर्ड गोल्ड स्मिथले तयार गरेको लिखित संसदीय बयानको उल्लेख गरेका छन जसमा उनले इराकमाथिको युद्ध बर्तमान संयुक्त राष्ट्रसंघको प्रस्तावको पृष्टभूमीमा बैधानिक हुने ठोकुवा गरेका थिए । लर्ड बिनघमले भनेका छन: यो बयान दुई मुलभूत पक्षमा गलत थियो । "इराक संयुक्त राष्ट्रसंघको निर्णय पालन गर्न असफल भयो र इराकसँग आमबिनासको हतियार थियो भनेर देखाउने त्यहाँ कुनै बलियो तथ्यगत आधार र दरो प्रमाण थिएन" उनले भनेका छन । "हान्स ब्लिक्स र हतियार निरीक्षण गर्ने उनको समूहले आमबिनासको कुनै हतियार भेट्टाएका थिएनन, उनीहरुले प्रगति गरिरहेका थिए र उनीहरुको काम एक महिनाको समयमा समाप्त हुने आशा थियो ।"

अन्तर्राष्ट्रिय कानून अन्तर्गत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले मात्र इराकद्वारा आज्ञा पालना भए नभएको जाँच गर्न सक्दछ न कि अरु राज्यले - लर्ड बिनघमले थपेका छन । त्यहाँ आज्ञा पालन गरिएको नगरिएको कुरा निर्णय गर्न र आवश्यक भए अरु आगामी कारबाही गर्न संयुक्त राष्ट्रसंघले मात्र सक्दछ भनी प्रष्ट पार्न असफल भएकोमा पनि लर्ड गोल्ड स्मिथलको लर्ड बिनघमले आलोचना गरेका छन । "यदि म सही छु भने अमेरिका, बेलायत र अरु केही देशद्वारा इराकको हस्तक्षेप सुरक्षा परिषदको अख्तियारबिहीन थियो । निश्चय नै त्यो अन्तर्राष्ट्रिय कानून र कानूनको शासनको गम्भीर उल्लघंन थियो" निष्कर्ष निकाल्दै उनले भनेका छन ।

उनको आलोचना "उनको आफ्नो कानूनी दृष्टिकोण मात्र थियो" भनी लर्ड गोल्ड स्मिथले भनेका छन । "तर त्यस समय र त्यसपछि हामी बाहेकका धेरै राष्ट्रहरुले त्यो कारवाहीमा भाग लिएका छन र उनीहरूले कानून सम्मतरुपमा कार्य भइरहेको भनेर विश्वास लिदैं त्यसो गरेका थिए" उनले भनेका छन । उनले यो पनि भनेका छन कि संयुक्त राष्ट्रसंघको १४४१ प्रस्ताब इराकले पालना नगरेको बिश्वास हुँदा त्यहाँ सुरक्षा परिषदको अरु निर्णय आवश्यक हुँदैन ।

त्यसबेला विदेश मन्त्री लर्ड चाल्सलर ज्याक स्ट्रले लर्ड गोल्ड स्मिथलाई समर्थन दिदैं तर्क गरेका छन कि उनको सल्लाह "विश्वभरिका धेरै देशहरुले मनन गरेका थिए" । "म चिन्तित छु र लर्ड बिनघमको निष्कर्ष स्वीकार गर्दिन जसले सुरक्षा परिषदको प्रस्ताब १४४१ को न त अक्षर न त यसको समझदारीतिरको इतिहासको नै बिवेचना गरेको छ" स्ट्रले भनेका छन ।

तर उदार प्रजातन्त्र दलका निक क्लेग, जसको दलले कडा रुपमा युद्धको बिरोध गरेको थियो, ले भनेका छन कि यो टिप्पणीको अर्थ बेलायतले युद्धमा दगुर्न गरिएको निर्णयको छानविन आवश्यक ठानेको छ । निक क्लेगले भनेका छन कि बिनघमको दाबीले युद्धमा जाने सरकारको निर्णय पूर्ण सार्वजनिक छानविनमा जान "रोकिन नै नसकिने" बनेको छ । "लर्ड बिनघमको व्यक्तित्वको उचाईको अर्थ यो हो कि उनको प्रभावशाली आलोचना गलैंचामुनि दवाएर मात्र राख्न सकिदैन" क्लेगले भनेका छन । "यो धेरै अलोकप्रिय कदम हो, यो अनुचित हस्तक्षेप हो जुन अन्तर्राष्ट्रिय कानूनको उल्लघंन पनि हो भनी अहिले हामीले थाहा पायौँ ।"

Saturday, November 15, 2008

राजा सम्बन्धि कानून संशोधन गर्न आदेश

सर्वोच्च अदालतले राजतन्त्रको मानहानीसंग सम्बन्धित कानूनको प्राबधान संशोधन गर्न सरकारलाई आदेश दिएको छ ।



सर्वोच्च अदालतका माननीय न्यायाधीश अनुपराज शर्मा, कल्याण श्रेष्ठ र राजेन्द्र प्रसाद कोईराला रहनु भएको उच्चतम अदालतको तीन सदस्य ईजलासले कार्तिक २८ गते बिहिवार यो आदेश दिएको हो ।




यस बिषयमा उच्चतम अदालतको हस्तक्षेप होस भनी फ्रीडम फोरमका तर्फबाट अधिबक्ता ऋषीराम घिमिरे लगायतका कानून व्यवसायीहरुले सार्वजनिक सरोकारको मुद्दा दर्ता गरेका थिए ।




उनीहरुले राज्य बिरुद्धको अपराध र सजाय ऐन २०४६ को ले राजतन्त्रको मानहानी र आलोचला गर्न रोकेको छ भनी उल्लेख गरेका छन । उनीहरुले ऐनको दफा ४(१) संबिधानको धारा १२(३) क १५(१) र १५९(२) एबम मानब अधिकारको महासन्धीसंग समजस्य नगर्ने यसका धेरै प्राबधानहरु पनि खारेज गरिनु पर्ने भनी उनीहरुले माग गरेका थिए ।




राज्य बिरुद्धको अपराध र सजाय ऐन २०४६ ले राजा र राजपरिवारका अन्य सदस्यहरुको मानहानी गर्नेलाई तीन बर्ष कैद र तीन हजार रुपैया जरिवाना वा ति दुवै सजाय हुने व्यवस्था गरेको छ । निवेदहरुको भनाई अनुसार राजतन्त्रको समाप्तीसगै यो ऐन अप्रासगीक भै सकेको छ ।




संबिधान बमोजिम कानून नबनेसम्मको लागी भने नया संबिधान बमोजिम कानूनमा मिलान अद्याबधिक तथा समसामयिक संशोधन गर्नु भनी अदालतले आदेश गरेको छ ।