कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Showing posts with label Constitutive Assembly. Show all posts
Showing posts with label Constitutive Assembly. Show all posts

Thursday, May 26, 2011

संविधानसभाको कार्यकाल अनावश्यक रूपमा बढाउन नमिल्ने


माननीय ज्यू  ! अब त धेरै पदावधी बढाउन हुदैन नि.... 
सर्बोच्च अदालतले संविधानसभाको कार्यकाल अनावश्यक रूपमा लम्ब्याउँदै जाने कार्य अन्तरिम संविधान र जनताको भावनाविपरीत हुने भन्दै संविधानसभाको कार्यकाल छ महिनाभन्दा बढी बढाउन नमिल्ने आदेश गरेको छ ।

संविधानसभाको कार्यकाल लम्ब्याउन  संसद भित्र र बाहिर गम्भिर राजनीतिक अभियान भैरहेको बेला चलिरहँदा सर्वोच्च अदालतको  पूर्ण इजालसले बुधबार यस्तो आदेश गरेको हो । सो इजलासमा   प्रधान न्यायाधीश खिलराज रेग्मी सहित  न्यायाधीशहरु दामोदर शर्मा, रामकुमार प्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ र ताहिर अलि अन्सारी हुनुहुन्थ्यो ।


अदालतको बिचारमा राम्रो नियतले एक पटकमा छ महिनासम्म  मात्र म्याद थप्न उचित हुन सक्छ । यसलाई उचित ठहर्याउन अदालतले भनेको छ  'संविधानसभाको कार्यकाल केवल छ महिनासम्म बढाउन सकिने समय सीमा संविधानले तोकेको छ भने सामान्य अवस्थामा अन्य कारण देखाइ संविधान निर्माण गर्ने काम पूरा हुन सकेन भन्दै छ महिना भन्दा बढी अवधिसम्मका लागि संविधानसभाको कार्यकाल बढाउन मिल्ने हुँदैन'।

अन्तरिम संविधानले निर्दिष्ट गरेको समय सीमालाई मध्यनजर राखे मात्र संविधान संशोधन गर्नु वाञ्छनीय र उपयुक्त हुने भन्दै इजलासले त्यसको प्रयोग गर्दै कार्यकाललाई अनावश्यक रूपमा लम्ब्याउँदै जाने वा अनन्त दिने प्रयत्न गरियो भने त्यो अन्तरिम संविधानको मर्म र सार्वभौम जनताको मतदानबाट व्यक्त इच्छा तथा निर्देश विपरीत हुने व्याख्या गरेको छ ।

नेपालको अन्तरिम संविधानको धारा ६४ मा संविधानसभाको कार्यकाल दुई वर्षको किटानी व्यवस्था गरिएको थियो तर मुलुकमा सङ्कटकालीन स्थितिको घोषणा भएका कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधानसभाले प्रस्ताव पारित गरी संविधानसभाको कार्यकाल थप छ महिनासम्म बढाउन सकिने व्यवस्था समेत छ ।

'धारा ६४ को प्रतिबन्धात्मक वाक्यांशले एउटा महìवपूर्ण कुराको निर्देश गरेको पाइन्छ, त्यो हो छ महिनासम्म संविधानसभाको कार्यकाल बढाउन सकिने, अनन्त कालसम्मलाई होइन,  सो पनि देशमा सङ्कटकालीन अवस्थाको घोषणा भएको अवस्थामा', आदेशमा उल्लेख छ ।

विभिन्न विचारधारा बोकेका राजनीतिक दलबीच साझा दस्तावेज बन्न अवश्य पनि सजिलो नभएको स्वीकार गर्दै  सर्वोच्च अदालतले अधिकतम प्रयास गर्दागर्दै पनि सो पूरा गर्न समय अपर्याप्त भयो र कार्यकाल बढाउन अपरिहार्य भयो भने धारा ६४ को प्रतिबन्धात्मक वाक्यांशले निर्दिष्ट गरेको अवधि जती थप्न मिल्ने उदार व्याखा गरीदिएको छ । तर सो  म्याद  भन्दा बढी संविधानसभाको कार्यकाल बढाउन सकिँदैन भनि सिमा तोकी दिएको छ  । 

तर पनि,  संविधानसभाको कार्यकाल अनावश्यक रूपमा लम्ब्याउन नमिल्ने स्पष्ट गरेको छ । कार्यकाल अनावश्यक रूपमा लम्ब्याए न्यायिक पुनरावलोकनको विषय हुने  पनि सर्वोच्च  राजनीतिक दलहरूलाई सचेत गराएको छ । 'यो विषय सदैव न्यायिक पुनरावलोकनको विषय हुन्छ, त्यसैले संविधानसभाले आफ्नो  संविधान निर्माणको मूल कार्य गर्नमा विशेष सक्रियता देखाई अन्तरिम संविधानको उद्देश्य, मर्म र भावना तथा जनअपेक्षा पूरा गर्दै नयाँ संविधान निर्माणको कार्य पूरा गर्नुपर्ने हुन्छ', भनी फैसलामा लेखीएको  छ ।

यसभन्दा अघि संविधानको म्याद कहिलेसम्म रहने भन्ने विषयमा सर्वोच्चकै न्यायाधीशत्रय बलराम केसी, गिरीशचन्द्र लाल र प्रकाश वस्तीको सम्मिलित विशेष इजलासले नयाँ संविधान लागू नभएसम्म संविधानसभा विघटन हुन नसक्ने भनी गरेको व्याख्यामा असमहती जनाएको छ । 'विशेष इजलासबाट अभिव्यक्त त्यो रायसँग यो इजलास सहमत हुन नसकेकोले सो रुलिङ कायम रहने भएन', आदेशमा लेखिएको छ ।

तर पनि,  दुईवर्षे कार्यकाल समाप्त भएपछि व्यवस्थापिका-संसद्ले थपेको संविधानसभाको एकवर्षे कार्यकाल असंवैधानिक भएको छ  भन्ने रिट निवेदनको  मुख्य मागदाबीलाई भने इजलासले खारेज गरिदिएको छ । थपिएको एक वर्षको अवधिमध्ये ११ महिना २८ दिन व्यतित भइसकेको र तीन दिन मात्र बाँकी रहेको अवस्थामा संविधानसभाले गरेको कामकारबाही प्रभावित हुने र सार्थक परिणाम नदिने भन्ने तर्क दिई रिट निवेदन खारेज गरेको हो ।

'अन्तरिम संविधान २०६३ को आठौं संशोधन व्यवस्थापिका संसदले गर्नुपर्नेमा संविधानसभाले गरेको भन्दै' संविधानसभाको म्याद थप्ने कार्य बदर गर्न भरतमणि जंगम समेतले गत असार २१ गते  निवेदन दायर गर्नु भएको  थियो । सो  रिट उपर  आइतबार र सोमबार सुनुवाइ भएको थियो ।

 

Tuesday, November 4, 2008

समलिङ्गी विवाह

संयुक्त राज्य अमेरिकामा भोली हुने राष्ट्रपतिको चुनावमा एउटा प्रमुख मुद्दा समलिङ्गी विवाह पनि रहेको रिपब्लिकन दलबाट उम्मेदवार बनेका पुरातनवादी जोन म्याकेन विवाह भन्ने कुरा एउटा लोग्ने मान्छे एउटी आइमाई मान्छे बीचमा हुने मिलन हो भन्ने मान्दछन उनले डिफेन्स अफ म्यारिज एक्टमा भोट हाले तर फेडरल म्यारिज अमेन्डमन्ट एक्टको भने बिरुद्द भोट हाले उनको बिचारमा कस्तो किसिमको विवाहलाई प्रमाणिकता दिने भन्ने कुरोको निर्णय गर्ने अधिकार राज्यहरु स्थानीय सरकारहरुलाई दिइनु पर्दछ





उग्र पुरातनवादी भनेर चिनिएकी उपराष्ट्रपतिकी महिला उम्मेदवार सेरा पालिन भने यो मामिलामा निकै कडा छिन उनले आफ्नो एउटा वेबसाइटमा भनेकी छिन: " विवाह एउटा लोग्ने मान्छे एउटी आइमाई मान्छेको बीचमा मात्र हुनु पर्छ भनेर विश्वास गर्दछु" तर उनले अक्टोबर को उपराष्ट्रपतिको बहसमा भनिन: "म्याकेन-पालिन प्रशासनमा कसैले पनि दुई ब्यक्तिहरु बीचमा भएका सम्झौताहरू, जस्तै अस्पतालमा भेटन पाउने अधिकार, अमान्य बनाउन खोज्ने छैनन" न्यूयोर्क टाइम्सका अनुसार पालिनले अलास्कामा गभर्नरका रुपमा समलिङ्गी विवाहमा प्रतिबन्ध लगाउन राज्यको सम्विधानमै परिवर्तन गर्ने कुराको समर्थन गरेकी थिइन तर समलिङ्गी विवाह गरेका जोडीलाई स्वास्थ्य सम्बन्धी सुविधाहरू नदिने भन्ने प्रस्तावमा भने उक्त प्रस्ताव गैरसंबैधानिक भन्दै भिटो लगाएकी थिइन





डेमोक्रेटिक दलका प्रगतिशील मानिने बराक ओबामा पनि समलिङ्गी विवाहको बिरुद्दमा छन तर उनी यसलाई सम्बिधानमै प्रतिबन्धित बनाउने कुराको भने बिरुद्दमा छन ओबामाको वेबसाइटमा भनिएको कि उनी यस्तो सिभिल युनियनको पक्षमा छन जसले समलिङ्गी जोडीलाई विवाहित जोडी जत्तिकै कानूनी अधिकार मौका दिनेछ, जस्तै समान स्वास्थ्य वीमा, रोजगारीका सुबिधाहरू धर्मपुत्र लिन पाउने अधिकारहरु





यसो हेर्दा समलिङ्गी जोडीलाई परम्परागत वैवाहिक जोडी जस्तै अधिकार दिने कुरामा सबै सहमत देखिन्छन तर विवादको विषय भने "विवाह" भन्ने शब्द नै रहेको समलिङ्गी अधिकारवादीहरु समलिङ्गी जोडीले पनि "विवाह" गर्न पाउनु पर्ने कुरामा जोड दिन्छन भने यसका विपक्षीहरू भने "विवाह" शब्द परम्परागत मिलनका लागि मात्र प्रयोग गर्नु पर्छ भन्छन कट्टर क्रिश्चियनहरू भने बाइबलमै पुरूष महिलाको बीचमा मात्र विवाह हुने कुरा तोकिसकिएकोले यसमा विवाद गर्न नहुने बताउछन





समलिङ्गी विवाहको विवाद नयाँ भए पनि समलिङ्गी विवाह भने नयाँ होइन इम्पेरर कन्स्ट्यान्टसले सन ३४२ मा प्रतिबन्ध लगाउनु अघि रोम साम्राज्यमा थुप्रै समलिङ्गी विवाह भएको रेकर्ड पाइएको आधुनिक कालमा भने डेनमार्कले सन १९८९ मा समलिङ्गी विवाहलाई पूर्ण कानूनी मान्यता दिएको थियो





नेपालले पनि तेस्रो लिङ्गीलाई समान अधिकार प्रदान गर्ने निर्णय गरेर एउटा ठूलो फड्को पार गरेको ब्लू डाइमण्ड सोसाइटीका सुनिलबाबु पन्त सम्बिधानसभाका सभासद नै छन नेपालमा अव समलिङ्गी विवाहले कस्तो बहसको रूप लिने हो हेर्नै बाकी

Friday, December 21, 2007

राज्य पुनसंरचना आयोग चाहियो

वास्तवमा संविधानसभा सार्वभौमसत्ता सम्पन्न जनताबाट निर्वाचित भै गठन हुने र अति विशिष्ट हुने भएपनि खाली कागजमा (blank Paper) यसले केही गर्न सक्दैन । यो संविधानसभा आफैमा सार्वभौम (Sovereign)राजनैतिक प्रकृतिको (Political Nature), वाह्य संसद (Extra Parlimant)हुन्छ भन्ने मानिन्छ । यसको अलावा यो स्वाधिन स्वसाचालित पुर्ण प्रजातान्त्रिक र राष्ट्रिय एकतालाई जोड दिने भएपनि निशर्त संविधानसभा सन् १९९० को दशकदेखि खाली चेक (Blank Check) मा सही छाप गर्न मात्र जादैनन् ।
त्यसैले संविधान सभाको निर्वाचन वा गठन पुर्व नै राज्यको शास पद्धती कस्तो हने संवैधानिक सिद्धान्तहरु के के हुने संघीय शासन पद्धतीमा कस्ता मोडेलहरु समावेशी गर्ने राज्यको अग्रगामी पुनसंरचना कस्तो हने भनी संविधानसभामा एउटा खाका तयार गरेर ति एजेन्डाहरुको बारेमा नागरिक शिक्षा दिनु पर्ने जरुरी मानिन्छ । दक्षिण अफ्रीकामा ३४ वटा संवैधानिक सिद्धान्तलाई आधारभूत सिद्धान्त (Basic Principle)हरुको रुपमा निर्धारण पहिलो चरणमा गरियो जसलाई पवित्र र उल्लेखनीय मानियो । राज्यको पुनसंरचनाको खाकाको रुपमा(१) सार्वभौसत्ताको सम्मान (२) साझा नागरिकता (३) लोकतान्त्रिक शासनप्रणाली (४) स्वतन्त्रता (५) वालिकमताधिकार(६) बहदलिय प्रतिस्पर्धात्मक राजनीति(७) मौलिक हक (८)संघीय शासन पद्धती (९) प्रादेशिक स्वयत्तता जस्ता आधारभूत सिद्धान्त तय गरेर संविधानसभाको निर्वाचनमा गएका थिए । यस्तै संवैधानिक संक्रमण वार्ताले (१) संवैधानिक सिद्धान्तहरुको निर्धारण र सहमती (२) संविधान सभाको विधी र राज्यको पुनसंरचनाको आलेखको खाका तय गरी संविधानसभाको गठन गर्न निर्वाचनमा गएको देखीन्छ ।
यस्तै पोर्चुगलमा संविधान सभाको गठन पुर्व नै (१) संविधानका आधारभूत सिद्धान्तहरुको निमार्ण गर्ने आयोग (२) न्यायपालिका आयोग (३) नागरिक स्वतन्त्रता र अधिकारको आयोग (४) आर्थिक संगठन आयोग (५) आर्थिक सामाजिक सांस्कृतिक र कर्तव्य आयोग (६) राजनीतिक शक्तिको संगठनात्मक आयोग (७) स्वायत्त प्रदेश आयोग (८) स्थानीय सरकारको आयोग गठन गरी आयोगले दिएको सम्पुर्ण प्रतिवेदनहरुको आधारलाई संविधान सभामा दफावार छलफल गरी उत्कृष्ठ संविधान बनाएको उदाहरण देखिन्छ । त्यस्तै छिमेकी मुलुक भारतमा समेत संविधानसभा हुनु पुर्व नै Cabinet Mission Pla को खाका र साम्प्रादायिक पञ्चायत Communial Award लाई संवैधानिक सिद्धान्तको आधार विन्दु मानियो । यस्तै संघीय संरचना कस्तो हुने भन्ने सम्बन्धमा उच्चस्तरीय आयोग गठन गरी उक्त आयोगले दिएको प्रतिवेदनलाई संविधान सभाको गठन भएपछि दफावार छलफल गरी भारतीय संघीय शासनको स्वरुपको अन्तिम टुङ्गो संविधान सभाले लगाउने काम गर्यो ।
हाम्रै देशको काम चलाउ अन्तरिम संविधान २०६३ को धारा १३८ मा पनि यो कुरालाई स्वीकार गरीयो । संविधानको धारा १३८ को उपधारा ३ राज्य पुनसंरचना सम्वन्धी अन्तिम टुङ्गो संविधान सभाले गर्ने छ भनी उल्लेख भए तापनि यसको उपदफा १ मा बर्गिय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाचाको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रीक संघीय शासन प्रणाली सहितको अग्रगामी पुनसंरचना गरिनेछ भन्ने संवैधानीक व्यवस्था राखीएको छ । यसको लागी सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन अहिले नै गर्नु पर्ने व्यवस्था गरीयो ।
देशमा विद्यमान वर्गीय जातीय भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभाव अन्त्य गदै राज्यका हरेक अङ्गहरुमा उनीहरुलाई कसरी समावेश गर्ने समावेशीका आधारमा कुनकुन सिद्धान्तहरुलाई अवलम्वन गर्ने संघीय शासन पद्धतीको स्वरुप कस्तो हुने पुर्ण संघीय पद्धती वा अर्धसंघीय शासन पद्धति सहयोगात्मक संघीय पद्धति वा केन्द्रीय संघीय पद्धति, स्थानीय, क्षेत्रीय स्वायत्तता, संसदीय वा गैर संसदीय शासन पद्धति, समावेशी प्रजातन्त्र, पुर्ण राष्ट्रपति वा अर्ध-राष्ट्रपतिय पद्धति पुर्ण प्रधानमन्त्रीय वा अर्ध-प्रधानमन्त्रीय पद्धती, खुला अर्थनीति वा खुला समाज जस्ता राज्यको पुर्नसंरचना वा आधारभूत संवैधानिक सिद्धान्तको खाका तयार गरी संविधान सभाको निर्वाचनको समयमा जनता समक्ष लिएर जानुपर्ने हन्छ । तर अन्तरीम संविधान २०६३ जारी भएको यति समयसम्म पनि नेपाल सरकारबाट कुनै पहल भएको छैन ।
यो पाठ्य विवरण अधिवक्ता चन्द्रकान्त ज्ञावली समेतले तयार गरेको सार्वजनिक सरोकार निहित रिट निवेदनको एक अशं हो । यसलाई प्रधान न्यायधिश केदार प्रसाद गिरीले महत्वहिन ठानेर कानून व्यवसायीको बहस समेत नसुनी खारेज गर्ने आदेश दिनु भएको हो । तर कानूनी क्षेत्रमा यसलाई महत्वपुर्ण र समसामयीक ठानेकोले सर्बसाधारणको जानकारीका लागी यहा उल्लेख गरेको छु ।

Thursday, October 25, 2007

अमेरिकी सम्बिधानसभा - भाग १

एउटा अझ पूर्ण यूनियन:
अमेरिकी सम्बिधानको निर्माण



जनरल वाशिंगटन सर्वसम्मतिले फिलाडेल्फिया सम्मेलनको अध्यक्ष चुनिए ।

मे २५, १७८७, पेन्सिल्वेनिया राज्य भवनको अगाडिको ढुङ्गे सडकमा भर्खरै बिछ्याइएको माटाले भवनभित्र रहेका मानिसहरुलाई सडकमा गुडिरहेका बग्गी र गाडाको आवाजवाट जोगाएकोथियो । जिज्ञासु बटुवाहरुलाई टाढै राख्न्न ढोकामा गार्ड राखिएकोथियो । क्रान्तिका प्रमुख बित्तदाता भनेर चिनिएका पेन्सिल्वेनियाका रॉबर्ट मौरिसले एउटा प्रस्ताववाट कार्यक्रम शुरू गरे - उक्त सम्बिधानसभाको अध्यक्ष जनरल जॉर्ज वाशिंगटनलाई बनाउने । त्यों प्रस्ताव एकमतले पारित भयो । अत्यन्तै बिनम्र स्वभाव भएका ती जनरलले त्यों महान सम्मेलनको अध्यक्षता गर्न आफ्नो योग्यता नभएकोमा क्षोभ ब्यक्त गरे र भविष्यमा आफुबाट हुनसक्ने गल्तिहरुकोलागी क्षमा मागे ।

त्यहा भेला भएका धरै ब्यक्तिहरू, बिशेष गरेर साना कदका केटौले देखिने ३६ बर्षे भर्जीनियाका प्रतिनिधि जेम्स म्याड़िसनलाई जनरल वाशिंगटनको उपस्थितिले अव सम्मेलन सफल हुने कुरामा ढुक्क बनाएकोथियो किनभने प्रख्यात वाशिंगटनको आगवनले सम्मेलनको महत्व र आधिकारिकता बढेकोथियो । तर वाशिंगटन आफैलाई भने त्यों सम्मेलनमा जाने निर्णय निकै कष्टप्रद रहेको थियो । "राष्ट्रपिता" झंडै घरै बस्ने भएकाथिए ।

बाथरोगले ग्रस्त, भाइको मृतुले निराश, माउंट भर्नोनको खेतीपातीमा ब्यस्त र सम्मेलनले खासै केही गर्ला वा सम्मेलनमा कुनै प्रमुख ब्यक्तित्वहरूले भागै लेलान भन्ने कुरामा शंका भएका वाशिंगटनले सम्मेलनको निमंत्रणापत्र धेरै महिनासम्म स्वीकार नगरी बसेकाथिए । असफल हुनसक्ने सम्मेलनमा भाग लिएर आफ्नो प्रतिष्ठामा हुनसक्ने क्षति र भाग नलियेमा जनताको आलोचना खेप्नुपर्ने धर्मशंकटमा परेका वाशिंगटनले अन्त्यमा सम्मेलनमा जाने निर्णय गरे । यसबाट जेम्स म्याड़िसन हर्षित भए ।

(अमेरिकी नेशनल आर्काइभबाट अनुवादित)