
Showing posts with label Misc. Show all posts
Showing posts with label Misc. Show all posts
Saturday, August 8, 2009
Saturday, June 27, 2009
Monday, June 1, 2009
Friday, May 22, 2009
Thursday, November 20, 2008
शेखले माईकल जैक्सनलाई मुद्दा हाले
बहरीनको राजकुमारले माईकल जैक्सनलाई करार भंग गरेको आरोप लगाउदै लडनको रोयल कोर्ट अफ जस्टिसमा मुद्दा हालेका छन । त्यसमा उनी संग ७० लाख डलरको क्षतिपुर्तिको पनि माग गरिएको छ । जैक्सनले एलबम रिकड गर्नु पर्ने थियो । त्यको लागी जैक्सनलाई उनलाई "अग्रिम भुक्तानी" पनि भएको थियो तर पप स्टार यो आरोपको खण्डन :
बहरीनका राजकुमार शेख अब्दुल्ला बिन हमद अल खलीफाका बकीलको भनाई छ कि अमेरीकी पप गायक माईकल जैक्सनको करियरको नया शुरुआतको लागी एक एलबम रिकर्ड गर्नु थियो साथै उनको जीबनीको कुरा पनि निश्चीत भएको थियो । राजकुमारका वकील बंकिम थंकीको भनाई छ कि यसको लागी पप स्टारलाई २००५ देखी धेरै पटक भुगतान पनि गरिएको थियो ।
तर जैक्सनको भनाई छ कि दुबैको बीचमा कुनै सझौता भएको थिएन र शेखको तर्फबाट दायर मुद्दा गलत छ र यो उनलाई दबाबमा राख्न लिने कोशिश हो । माईकल जैक्सनका अनुसार उनलाई जुन पनि धनरासी दिइयो ती उपहार स्वरुप थिए र कहीले कही प्रोजेक्टमा अन्तिम सहमति बनेन । अमेरीकामा बाल शोषणको मुद्दाबाट रिहा भएपछि आराम गर्नको लागी जैक्सन आफ्ना बाल बच्चा र निजी कर्मचारीको साथ शेखको निमन्त्रणमा बहरीन गएका थिए र उनले पुरै देश घुमेका थिए । त्यपछि देखी नै बहरीनका राजकुमार र माईकल जैक्सनको बीच नजीकता बढयो……
बहरीनमा जैक्सनले शाही परिवारको पाहुना जस्तो आदर र सम्मान साथ समय कटाए र बेलाबेला युरोपमा घुम्न समेत पठाए । २००६ को अप्रैल महिनामा बहरीनको संगीत कंपनी टू सीज रिकडस्रको तर्फबाट जारी एक बयानमा भनिएको थियो कि माईकल जैक्सन एक नया एलबममा काम गर्ने छन जुन २००७ मा रिलीज गरीने छ ।
यस बीच शेख अब्दुल्लाबाट माईकल जैक्सनलाई भुक्तान पनि हुदै रहयो । वकील थंकीको भनाई छ कि नेवरलैंड आरामगृहको बिलको लागी ३५ हजार डलर भुगतान गरियो । वकीलका अनुसार गएको महीना मै जैक्सनले एक सहायकको माध्यमबाट १० लाख अमेरीकी डलर माग गरेका थिए ।
शेख अब्दुल्लाका वकीलका अनुसार यस रकमको भुगतान एलबम र जीबनीको सम्झौताको सन्दर्ममा गरिएको थियो । तर ५० बर्षका माईकल जैक्सन यसलाई उपहार मान्दछन ।
यसको सुनवाई लडनमा भई रहेको छ किनकी उनीहरुको सम्झौताको कुनै पनि बिबाद बेलायती अदालतमा लैजाने भनी उनीहरु सहमत भएका थिए भनी शेखका वकीलले भनेका छन ।
Saturday, November 8, 2008
अचम्मको अमेरिका
अर्को नया राष्ट्रपति छनौट गर्न मतदान तिर गहिरकेको बेला अमेरीकीले अन्य केही तातो बिबादको मुद्दाहरुमा पनि निर्णय गरिरहेका थिए ।
देशभरी मतदाताहरु समलिङ्गी बिबाह र डाक्टरको सहयोग भएको आत्महत्या जस्ता बिषयहरुमा बिचार गरिरहेका थिए ।
यहा केही ति केही मतपत्र-पहलकदमीहरु छ जो समाप्त भएका छन : क्यलिफोर्नियाका मतदाताले अनुपात ८ को समर्थनमा साघुरो किसीमको मतदान गरे जसको अर्थ समलिङ्गी बिबाह अब राज्यमा संसोघन हुने छ ।
जबकि एरीजोना र फ्रोरिडा राज्यले अब एक पुरुष र एक महिलाको संघलाई मात्र मान्यता दिएर भखरै समलिङ्गी बिबाहलाई प्रतिबन्ध लगाएको छ ।
वासिङ्टन राज्यका मतदाताहरुले मृत्यु हुने रोगीलाई डाक्टरको सहयोग भएको आत्महत्या गर्ने बिकल्प दिएर पहलकदमी १०००अनुमोदन गरेका छन ।
मिचिगन औषधीको चरेशलाई बैद्यता दिने १३ औ राज्य भएको छ र केही बन्देजसहित राज्यको संविधानमा थप संशोधन गरेर स्टिम सेलको अनुसन्धान गर्न अनुमति दिएको छ ।
र अर्कान्सास राज्यले अब अबिबाहित यौन साथी, धर्मपुत्र वा स्याहार गर्न राखेको बच्चाबाट समलिङ्गी वा बिपरित लिङ्गी यौन व्यवहार निषेध गर्ने छ ।
वासिङ्टनले आत्महत्यालाई स्वीकार गर्यो
वासिङ्टन राज्यका मतदाताहरुले यसै हप्ता एउटा यस्तो मतपत्र-पहलकदमीलाई अनुमोदन गरेका छन जसले चिकित्साकर्मीको सहायतामा हुने आत्महत्यालाई अनुमति दिने विधेयकको बाटो खोलिदिएको छ । छिमेकी राज्य ओरेगन पछि यो दोश्रो अमेरिकी राज्य हो जसले यस्तो नीतिलाई अनुमोदन गरेको छ ।मंगलवारको निर्वाचनमा थुप्रै मतपत्रको बीचमा यो पहलकदमीको पनि व्यबस्था गरिएको थियो । यो पहलकदमीलाई पहलकदमी १००० भनिएको थियो । यो पहलकदमीमा फिजिसियनबाट तोकिएको मृत्यु गराउने दवाई आफै चलाउने वा अनुरोध गर्ने भन्ने थियो । वासिङ्टन राज्यका भुतपूर्व गभर्नर बुथ गार्नरले यो पहलकदमीको प्रायोजन गरेका थिए । उनी स्वयं मृत्यु हुन सक्ने पार्किन्सन रोगबाट पीडित वासिङ्टनवासी प्रौढ थिए, जसलाई छ महिना वा कम अवधि बाच्ने चिकित्सिय भबिष्यवाणी गरिएको थियो । यो परिणामले आत्महत्याको उद्योगमा जोडिनुबाट कसैलाई पनि रोक्न सक्ने राज्यको कानून अन्तर्गत मुद्दा चल्नबाट डाक्टरहरुलाई बचाउने छ ।
यो मतपत्र-पहलकदमी वासिङ्टनवासीको करीब ५८ प्रतिशतबाट मतबाट अनुमोदित भएको छ । यसमा सियाटल जस्तो उदार शहरका बासिन्दा लगायत कट्टर ग्रामीण बासिन्दा पनि छन । यस्तै कानून क्यालिफोर्निया, मिचिगन र मेइनद्धारा पहिले नै अस्वीकृत भईसकेको छ । ओरिगनमा सन १९९७ मा यसलाई वैधता दिइएपछि करीव ३४० जनाले चिकित्सा-सहयोग आत्महत्याबाट फाइदा उठाएका छन ।
नेदरल्याण्ड, बेल्जियम, लग्जेम्बर्ग र स्विट्जरल्याण्ड लगायतका केही देशहरुमा चिकित्सकको सहयोगमा भएको आत्महत्या पहिलेदेखि नै अपराध मानिदैन ।
क्यानडाको मृत्युको अधिकार सम्बन्धी समाजका डा. ब्रेन फिनमोर भन्छन कि उनी क्यानडामा यस्तै किसिमको बिधेयकको समर्थन गर्ने छन र सिमाना पारी पनि यो मुद्दामा छलफल भएको देख्न आशावादी छन ।
Wednesday, October 8, 2008
विजया दशमीको शुभकामना
Friday, September 12, 2008
बारवटा टेबल : रोमन कानूनको आधार (Duodecim Tabulae)
सरकारहरुको इतिहासमा बारवटा टेबलको एउटा विशेष स्थान छ । यिनीहरू एकैपटकमा रोमन गणराज्यको आधार, शताब्दीऔसम्म रोमन कानूनको आधार हुनुको साथसाथै मानवता, जोन लोकको दर्शन र अमेरिकी स्वतन्त्रताको घोषणामा विकसित भएर जाने विचारहरुको बीउ थिए । निश्चित रूपमा हामी केही अधिकारहरुको संरक्षणको बारेमा कुरा गर्देछौ ।लगभग ६ शताब्दी ई।पू. का रोमन मानिसहरुलाई दास बाहेक) दुई वर्गमा विभाजित गर्न सकिन्छ: कुलीन र सर्वसाधारण । पहिला वर्ग धनी थिए, यी जग्गावाल नागरिकहरुसँग धन, शक्ती, वैभव र मतदान गर्ने अधिकार थियो । दोस्रो वर्गसँग यी केही कुराहरु थिएनन (अथवा धेरै कम थिए) । तर उनीहरु दास भने थिएनन । सत्तामा धेरैजसो कुलीन वर्गको बर्चस्व भएकाले र उनीहरूले आफै नै कानून बनाउने भएकाले उनीहरु आफ्नै वर्गको स्वार्थसिद्दी हुने किसिमका कानून बनाउथे । यदि सर्वसाधारणको स्वार्थ उनीहरुको बाटोमा तेर्सियो भने यी कानूनहरूले सबै कुराको थान्को लगाउने छन - कुलीनहरू सोच यस्तो थियो ।
सर्वसाधारणहरू भने अर्कै सोचिरहेका थिए । उनीहरु आधारभूत अधिकारहरु चाहन्थे र उनीहरु यसकोलागी नागरिक बिद्रोह गर्न तयार समेत थिए । ई।पू. ४९४ मा उनीहरूले अर्को राज्य खडा गर्ने सम्मको धम्की दिए । यहाँसम्म आइपुग्दा सर्वसाधारणको बिशाल जनसंख्याको अगाडी कुलीनहरुलाई पनि आफ्नो कुर्सीमा कान ठाडो पार्न बाध्य बनायो । यो सबैको नतीजा थियो - बारवटा टेबल ।
यी टेबलहरू, जसलाई ५ औ शताब्दीको मध्यमा पूर्ण गरिएको थियो, ढुङ्गाका टुक्राहरू थिए जसमा कानूनका धाराहरू कोरिएका थिए । लिखित कानून भएपछि कानूनका निर्माता र कानून लागू गर्ने अधिकारीहरूले आफ्नो मूड अनुसार कानून घुमाउन नपाउने भए । कानूनलाई सार्वजनिक गरिएपछि (ढुङ्गामा कोरेर सार्वजनिक प्रदर्शनी गरेपछि) सबैले कानूनको बारेमा जानकारी पाउने भए । यसो भएपछि मलाई कानून थाहा थिएन भनेर कसैले फुत्किन पनि नपाउने भए । कानून सार्वजनिक भएपछि यसको बारेमा जान्नु र यसलाई पालना गर्नु सबैको कर्तब्य भयो ।
हामीसँग अझैसम्म बाँचेर रहेका ती बारवटा टेबलका केही खण्डहरूका चाखलाग्दा कुराहरू मुख्यतः निम्न छन:
टेबल १ ले भन्छ कि कसैमाथि कुनै दोष लगाइएको छ भने दोष लगाउने र दोष लगाइएको दुबै पक्ष न्यायाधीशको अगाडी उपस्थित हुनुपर्छ । यदि तोकिएको मितिमा कुनै पक्ष उपस्थित भएन भने न्यायाधीशले उपस्थित पक्षको पक्षमा निर्णय गर्न सक्नेछन ।
टेबल ३ ले आसामीलाई ऋण तिर्न ३० दिनको समय दिएको छ । यसपछि साहुले आसामीलाई पक्रन र उसलाई बन्दी बनाउन सक्नेछ । टेबल ४ ले कसैको पनि इच्छापत्र कानूनी रूपले प्रभावकारी हुने कुराको ग्यारण्टी गर्छ ।
टेबल ८ ले निश्चित अपराधहरुमा दिइने सजायहरू तोकेको छ । यस अनुसार यदि कुनै साक्षि अदालतमा उपस्थित हुन सकेन भने उसलाई जीवनभर साक्षि बन्न दिइने छैन । अर्को महत्वपूर्ण बुँदामा भनेको छ कि कसैले अदालतमा झुटो कुरा बोलेको पाइएमा उसलाई मृत्युदण्डको सजाय दिइने छ ।
टेबल ९ ले घुस खाने न्यायाधीश र राज्यद्रोह गर्ने मानिसहरुलाई मृत्युदण्डको सजाय तोकेको छ ।
टेबल ११ ले कुलीन र सर्वसाधारण बीच बिहेवारी बर्जित गरेको छ । यसैले सर्वसाधारणले केही धेरै महत्वपूर्ण अधिकारहरु हासिल गरेपनि उच्च वर्गसँग सम्बन्ध राख्न नपाउने भए । शाशक वर्गले जे भए पनि आफ्नो दुनो सोझ्याउनु नै थियो ।
Monday, August 25, 2008
एउटा लाइट बल्ब चेन्ज गर्न कतिजना वकील चाहिन्छ ?
एउटा लाइट बल्ब चेन्ज गर्न कतिजना वकील चाहिन्छ ?उत्तर १: तपाई कतिजना अफोर्ड गर्न सक्नु हुन्छ?
उत्तर २: त्रिपन्नजना । आठजना बहस गर्न, एकजना पेसी स्थगित गर्न, एकजना प्रतिवाद गर्न, दुइजना नजिरको रिसर्च गर्न, एकजना प्रतिउत्तर चिट्ठी तयार गर्न, एकजना तथ्य सामन्जस्य गर्न, पाँचजना उनीहरुको टाइमकार्ड दर्ता गर्न, एकजना साबिती बयान तयार गर्न, एकजना प्रतिप्रश्न तयार गर्न, दुइजना मिलापत्र गर्न, एकजना सेक्रेटरीलाइ लाइट बल्ब चेन्ज गर्न आदेश दिन र अठ्ठाइसजना यी प्रोफेसनल सेवाको बिल प्रस्तुत गर्न ।
उत्तर ३: पैसठ्ठीजना । बयालिसजना सर्ज भएको बिजुली पठाएर बल्बलाई जलाएकोमा बिद्युत कम्पनिलाई मुद्दा हाल्न, चौधजना उक्त बिजुली वाएर गर्ने एलेक्ट्रिसिएनलाइ मुद्दा हाल्न र नौजना उक्त बल्बको निर्मातालाई मुद्दा हाल्न ।
उत्तर ४: आगे यो करारको पहिलो पक्ष ("वकील") र दोस्रो पक्ष ("लाइट बल्ब") बिच दोस्रो पक्षले आफ्नो उत्तरदाइत्व पूर्ण गर्न असामर्थ्यता देखाएको कारणले उक्त दोस्रो पक्षलाइ निजको स्थानवाट हटाउन एउटा करार सम्झौतामा हस्ताक्षर गर्न पुगेका छन । माथि उल्लेख गरिएको उद्देश्य सम्पन्न गर्न निम्न बमोजिमका कार्यहरू गरिने छन:
१) पहिलो पक्ष ("वकील") दोस्रो पक्ष ("लाइट बल्ब") भएको अग्लो स्थानमा पुग्न कुनै पनि प्रकारको साधनहरू, जस्तै कुर्सी, टेबल, भर्याङ आदिको उपयोग गर्न स्वतन्त्र हुनेछन । पहिलो पक्षले दोस्रो पक्षलाइ दुबै हातले समात्ने छन र घडीको सुइको दिशामा घुमाउने छन । यो घुमाउने दिशामा भने कुनै सम्झौता गर्न सकिने छैन । यी कार्यहरू गर्दा पहिलो पक्षले दोस्रो पक्षलाइ कुनै अघात पर्ने वा टुट्फुट नहुने किसिमले सावधानीपूर्वक गर्ने छन । कथंकदाचित दोस्रो पक्षलाइ कुनै प्रकारको हानी हुन गएमा पहिलो पक्ष विरुद्द मुद्दा दायर भने गर्न सकिने छैन ।
२) दोस्रो पक्षलाइ तेस्रो पक्ष ("लाइट होल्डर") वाट हटाए पछि पहिलो पक्षले निजलाई सम्बन्धित राष्ट्रिय कानून बमोजिम फ्याक्न, पुर्न वा मर्मत गर्न सक्नेछन ।
३) दोस्रो पक्षलाइ हटाउने कार्य सकेपछि पहिलो पक्षले अर्को चौथो पक्ष ("नया लाइट बल्ब") लाई तेसो पक्षमा स्थापित गर्न सक्नेछन । यसो गर्दा माथि उल्लेखित कार्यहरुको ठीक उल्टो कदमहरू चालिने छ ।
Tuesday, July 29, 2008
Monday, January 7, 2008
Wednesday, January 2, 2008
Monday, December 24, 2007
तेश्रो लिङ्गीहरुले मान्यता पाए
यही पुस ६ गते सर्वोच्च अदालतवाट एउटा महत्वपुर्ण फैसला आएको छ । यो फैसलाको माध्यमबाट तेश्रो लिङ्गी सम्बन्धी विधिशास्त्रीय मान्यताले पहिलो पटक नेपालमा स्थान पाएको छ । यो दक्षिण एशियाकै लागि महत्वपुर्ण र उदाहरणीय हुन सक्छ ।
सात महिना अगाडी नीलहीरा समाज, मितिनी नेपाल, क्रस एड्स र परिचय समाज लगायतका चार संस्थाहरुले सार्वजनिक सरोकारको एउटा रिट दायर गरेका थिए । सो रिटमा वर्तमान नेपाल कानून महिला र पुरुषमा मात्र केन्द्रीत भएको हुदा आफुहरु अपहेलीत भएको र आफ्नो अधिकारहरु अस्तित्वहिन भएको भन्दै वर्तमान भेदभावकारी कानून खारेज गरी मैलिक हक एंव मानव अधिकार रक्षाको माग गरिएको थियो ।
सर्वोच्च अदालतको संयुक्त इजलासमा रहनु भएका माननीय न्यायाधिश बलराम केसी र पवन कुमार ओझाले पक्ष-विपक्षको विचार सुनेपछि उनीहरुलाई ठूलो अन्याय भईरहेको ठहर गदै अव उनीहरुको हक र अधिकार रक्षा गर्नको लागि नया कानून वनाउन वा भईरहेको कानून परिवर्तन गर्न आदेश दिनुभएको छ । आदेशमा भनिएको छ - "तेश्रो लिङ्गी भएकै कारण तिनीहरु अन्तरिम संविधान, नागरिक तथा राजनीतिक अधिकारको महासन्धी, आर्थिक तथा सामाजिक अधिकारको महासन्धीले प्रत्याभूत गरेको मौलिक हकवाट वन्चित छन” ।
यो फैसलापछि नेपाली कानूनले महिला र पुरुष वाहेक अर्को पनि लिङ्गी हुनसक्छ भनी बुझ्नु पर्ने हुन्छ र सोही आधारमा नागरिकहरुमाथी व्यवहार गर्नु पर्ने हुन्छ । उनीहरुले नागरिकता र सम्पत्ति सम्वन्धी कागजात आफ्नै पहिचानवाट प्राप्त गर्ने बाटो खुल्नेछ । अमेरिका लगायत अन्य उदार लोकतान्त्रिक मुलुकमा समलिङ्गीहरुलाइ मात्र मान्यता दिई अधिकार सम्पन्न गरिएकोमा यहाको अदालतले समलिङ्गी लगायत तेश्रो लिङ्गीलाई पनि समेटदै अधिकार सम्पन्न गरेको छ ।
रिट निवेदकहरुवाट समलिङ्गी बिबाहको वारेमा पनि माग भएको थियो । तर यसमा अदालतले कुनै स्पष्ट आदेश नगरी अन्य मुलुकको प्रचलन र कानूनी व्यवस्था अध्ययन गरी निष्कर्षमा पुग्ने गर्न एक समिति बनाउन भनेको छ । सो समितिमा स्वास्थ्य मन्त्रालयका चिकित्सक संयोजक रहनु पर्ने छ । अरु सदस्यहरुमा मानव अधिकार आयोग, कानून मन्त्रालयले तोकिदिएका प्रतिनिधि र नेपाल सरकारले नियुक्त गरेको समाजशास्त्री हुनु पर्ने छ । त्यस्तै नेपाल प्रहरी र वातावरण मन्त्रालयको प्रतिनिधि पनि रहनु पर्नेछ । अधिवक्ता हरि फुयाललाई पनि राख्नु भनिएको छ । यस मुद्दामा रिट निवेदकको तर्फवाट अधिवक्ता हरि फुयाल, चन्द्रकान्त ज्ञावली र भवन निरौलाले बहस गरेका थिए ।
नेपाली समाजमा तेश्रो लिङ्गीहरुलाइ सारै हेला गरिन्थ्यो । यिनीहरूले आफ्नो पहिचान लुकाएर बस्नु परेको थियो । कतिले त अकालै मर्नु पनि पर्दथ्यो भने कतिलाई देश कटाइन्थ्यो । तर अव भने उनीहरुले पहिचान पाएका छन । यसलाई पुरै सफलता नभने पनि एउटा ठूलो फड्को चाहि मान्नै पर्छ ।
Friday, December 21, 2007
माओवादी पिडितले जिते
यही पुष २ गतेका दिन सर्वोच्च अदालतको सयुक्त ईजलासबाट एउटा महत्वपुर्ण फैसला भएको कुरा जानकारीमा आएको छ । सो ईजलासमा बलराम के.सी. र ताहिरअली अंसारी हुनहुन्थो । सत्ताको बागडोर लिएर बसेका प्रधानमन्त्री र सत्ताको महत्वपुर्ण हकदार भएर रहेका सात राजनीतिक दललाई यो फैसलाले सचेत गराएको छ । यस मद्दामा माओवादी पिडितहरुको जीवन सम्पत्ति र मौलीक हक हनन भएको र सरकारले ती माओवादी पिडितको क्षतीपुर्ति र पुर्नवासमा कुनै चासो नलिई उदासीन भएको गम्भीर आरोप लागेको छ । क्षतीपुर्तिको लागी विभिन्न निकायहरुमा मागपत्र लिएर धाउदा र प्रदर्शनी गर्दा पनि सरकार उदासीन भएपछि बाध्य भई केही महिना पहिले यो रिट दायर भएको हो र यसका लागी माओवादी पिडित संघर्ष समितिका भोजराज तिमिल्सीनाले नेत्रित्वदायी पहल गर्नु भएको थियो ।
यस मद्दाको छिनोफानो गदै अदालतले माओवादी पिडितलाई छ महिना भित्र क्षतिपुर्ति वितरण गर्नु भन्दै यसको लागी सवै माओवादी पिडितको यथार्थ विवरण लिनका लागी एक उच्चस्तरीय आयोग बनाउनु भनेको छ । त्यस्तो आयोग गठन गर्दा प्रत्येक विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी राजनितिक दलका कार्यकर्ता र माओवादी पिडितलाई राख्नु भन्ने आदेश समेत भएको छ ।
ने.क. पा.(माओवादी) का अध्यक्ष प्रचण्डले समयमा नै अदालतको म्याद वुझि दिएको भए अलि चाडै यसको छिनोफानो हुने थियो भन्ने कुरा कानूनी वृतमा सुनिन पाईन्छ ।
यो फैसला पछि माओवादी पिडितले समाजमा पहिले झै पुनस्थापित भई मर्यादित जीवन जीउन पाउने छन भनी झिनो आशा लिन सकिन्छ । तर ने. क.पा.(माओवादी)सत्तामा भएको अवस्थामा यो कसरी लागु हुन्छ हेर्न भने बाकी नै छ ।
यस मद्दाको छिनोफानो गदै अदालतले माओवादी पिडितलाई छ महिना भित्र क्षतिपुर्ति वितरण गर्नु भन्दै यसको लागी सवै माओवादी पिडितको यथार्थ विवरण लिनका लागी एक उच्चस्तरीय आयोग बनाउनु भनेको छ । त्यस्तो आयोग गठन गर्दा प्रत्येक विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी राजनितिक दलका कार्यकर्ता र माओवादी पिडितलाई राख्नु भन्ने आदेश समेत भएको छ ।
ने.क. पा.(माओवादी) का अध्यक्ष प्रचण्डले समयमा नै अदालतको म्याद वुझि दिएको भए अलि चाडै यसको छिनोफानो हुने थियो भन्ने कुरा कानूनी वृतमा सुनिन पाईन्छ ।
यो फैसला पछि माओवादी पिडितले समाजमा पहिले झै पुनस्थापित भई मर्यादित जीवन जीउन पाउने छन भनी झिनो आशा लिन सकिन्छ । तर ने. क.पा.(माओवादी)सत्तामा भएको अवस्थामा यो कसरी लागु हुन्छ हेर्न भने बाकी नै छ ।
Wednesday, December 12, 2007
Code of Hammurabi

Here is the picture of Codex Hammurabi, currently at permanent display at the Lovre Museum in Paris. The code of Hammurabi (see a tranlation by L.W. King here) is one of the oldest written legal codes and it was authored by King Hammurabi of Babylon around 1780 BC. It was carved on an eight foot high stone monolith. This code is written in cuniform script and Akkadian language.
This code touches on both criminal and civil law, and also defines rules of commerce and trade. This code was basd on 'an eye for eye' concept. It has 282 different laws as well as preamble and an epilogue. Some of the interesting laws:
14. If any one break a hole into a house (break in to steal), he shall be put to death before that hole and be buried.
121. If any one store corn in another man's house he shall pay him storage at the rate of one gur for every five ka of corn per year.
196. If a man put out the eye of another man, his eye shall be put out. [ An eye for an eye ]
200. If a man knock out the teeth of his equal, his teeth shall be knocked out. [ A tooth for a tooth ]
Monday, December 10, 2007
बैतनिकलाई न्याय गर

असहायहरुको तर्फबाट मुद्दा लडी न्याय दिलाउने ब्यक्तिलाई सरकारले उपेक्षा गर्नु उचित हुदैन । प्रत्येक दिन नेपालका सबै अदालतमा यिनिहरु ज्यान दिएर खटिरहेको पाइन्छ । हरेक दिन उनिहरुले बहस गर्ने, लिखत तयार गर्ने र दर्ता गर्नु पर्ने हुन्छ । तर उनिहरुले यस वापत जम्मा २५००।- रुपैया मात्र पाउदछन । अहिलेको महंगो समयमा त्यति पारिश्रमिकले के नै हुन्छ र ? उनिहरुले सरोकारवाला कार्यालयमा यो समस्या नदेखाएका पनि होइनन तर अहिलेसम्म सुनुवाई भने भएको छैन । अहिले चाँही कानुन मन्त्रालयले पहल गरी अर्थ मन्त्रालयमा कुरो पुर्याई दिएको भन्ने सुनिएको छ । अव अर्थ मन्त्रालयले चाँही के गर्ने हो ? कानुन ब्यवसायीहरुले बडो चाख दिएर हेरिरहेका छन । साच्चै भन्ने हो भने उनिहरुलाई आवश्यक स्रोत र साधन दिई सरकारी अधिकृतले पाउने वरावर तलव दिनु मनासिव देखिन्छ ।
Thursday, December 6, 2007
Rule of Law in Nepal listed on Blawg

Good news! This blog got listed on the the Blawg which maintaines comprehensive directory of legal blogs (also known as "blawgs") around the world.
Monday, November 12, 2007
Best Law Blog

Results for The 2007 Weblog Awards are out. Equivalent to the Academy awards in the movie industry, The Weblog awards are the biggest and most widely known weblog annual award. There are 49 different categories and the final decisions are based on the votes by a large number of blog readers.
One of the categories is "blawgs" (funny way of saying law blog). Results for the best law blogs are here. I have copied them below:
Tuesday, October 23, 2007
नेपालको कानून भगवानले जानुन
मलाई कहिलेकाही अचम्म लाग्छ - किन नेपालमा अदालती न्यायप्रति जनसाधारणको नकारात्मक धारणा पाइन्छ? बर्तमानको राजनैतिक अस्थिरता र न्यायालयभित्र ब्याप्त बिकृतिको कारणलेमात्र यसो भएको होइन किनभने परापूर्बकालदेखीनै न्यायिक निकायप्रति नेपालीहरुको गहिरो असन्तुष्टि रहेको देखिन्छ । Justice delayed is justice denied भनेझै हाम्रा आदिकविलाइ उहिले तारिक खेप्ताखेप्ता खपिनसक्नु दुखः परेको कुरो उनकै कविताबाटै प्रस्ट हुन्छ "भोली भोली भंदैमा सबदिन बितिगो बक्सियोस आज झोली" ।
कानूनलाई हुकुमले काट्छ भन्ने त प्रचलित उखान नै छ । गायक प्रवीन गुरुङ्को हत्या होस या महाराज रणबहादुर शाहको बासठिहरण, यी सबैले "ठुलालाई चैन सानालाई ऐन " भन्ने कुरोको पुस्टी गर्छन ।
कानूनलाई हुकुमले काट्छ भन्ने त प्रचलित उखान नै छ । गायक प्रवीन गुरुङ्को हत्या होस या महाराज रणबहादुर शाहको बासठिहरण, यी सबैले "ठुलालाई चैन सानालाई ऐन " भन्ने कुरोको पुस्टी गर्छन ।
Subscribe to:
Posts (Atom)



