कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Showing posts with label Rule of Law. Show all posts
Showing posts with label Rule of Law. Show all posts

Saturday, July 25, 2009

उपराष्ट्रपतिले हिन्दीमा गरेको शपथ असंवैधानिक ठहरियो ! !

नेपालका उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिनुभएको शपथ संविधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सम्माननिय प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र माननिय न्यायाधीश बलराम केसीको संयुक्त इजलासले यही श्रावण ९ गते शुक्रबार यस्तो फैसला गरेको हो । रीट निवेदनमा नेपाली भाषामा पुन्: अर्को शपथ गर्न माग गरीएको थियो । तर यसमा इजलासले परमादेश जारी नगरे पनि उपराष्ट्रपति पदमा कायमै रहन मन भए झाले पुनः नेपाली भाषामा शपथ लिनुपर्नेछ ।

उपराष्ट्रपति झा ले अन्तरिम संविधान २०६३ ले तोकेको नेपाली भाषामा शपथ नलिएर असंवैधनीका कार्य गरेको दाबी सहित अधिवक्ता बालकृष्ण न्यौपाने र खडानन्द भण्डारीले त्यसै बेला रीट निबेदन दर्ता गर्नु भएको थियो । रिटमा हिन्दी भाषाको शपथ उल्टाएर देवनागरी को नेपाली भाषामा लिन आदेशको माग गरीएको थियो ।

"नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्छ" निर्णय सुनाउँदै सर्वोच्च अदालतले भनेको छ।

उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिएर नेपालको अन्तरिम संविधान २०६३ को धारा ३६ (झ)(२) एवं अनुसूची-१ (क) प्रतिकुल कार्य गरेको ठहर गरेको छ । सर्वोच्च अदालतको फैसलामा भनिएको "संविधानविपरीत कार्यले संवैधानिक मान्यता पाउन नसक्ने हुदा ०६५ साउन ८ मा उपराष्ट्रपतिद्वारा गरिएको असंवैधानिक शपथ उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ" ।

उपराष्ट्रपति पदमा निर्वाचित भएपछि झा २०६५ सालले श्रावण ८ गते राष्ट्रपति डा। रामवरण यादवसमक्ष हिन्दी भाषामा शपथ लिनुभएको थियो । राष्ट्रपति डा। यादवले नेपाली भाषामा वाचन गर्नु भए पनि उपराष्ट्रपति झाले भने त्यसलाई हिन्दी भाषामा अनुवाद गरेर शपथ लिनुभएको थियो ।

उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिनुभएकोमा मुलुकभर उहाको व्यापक बिरोध भएको थियो । कयौ दिनसम्म सडकमा प्रदर्शन गरिएको थियो । तराईका मैथिलिभाषी समेतले हिन्दी भाषामा शपथ लिएकोमा विरोध जनाएका थिए।

संयुक्त राज्य अमेरिकाका ४४औ राष्ट्रपति वाराक ओबामाले यसै बर्ष २० जनवरीमा शपथ लिदा एउटा शब्द अगाडि पछाडि भएपछि संविधानको ढाचा अनुसार नभएको कारण दुई दिनपछि पुनः दोस्रो पटक शपथ लिएको दृष्टन्त पनि फैसलामा दिइएको छ ।

हिन्दी भाषामा लिइएको शपथ ग्रहण बदर भएपछि अब पुनः सोही पदको सपथ लिने वा नलिने व्यक्तिको स्वेच्छा र स्ववीवेकको कुरा भन्दै सर्वोच्चले परमादेश जारी गरेको छैन । तर अदालतले फैसलामा उपराष्ट्रपतिबाट संविधानसम्मत तरिकाबाट शपथ लिने कार्य सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेको छ ।

"संविधानले व्यवस्था गरे बमोजिम शपथको प्रकि्रयालाई अगाडि बढाई उपराष्ट्रपतिबाट लिइने शपथलाई संविधानसम्मत एवं विवादमुक्त राख्नु आवश्यक हुन्छ त्रुटि सुधार्न ढिलो गर्न हुन्न उपराष्ट्रपतिबाट संविधानसम्मत तरिकाबाट शपथ लिने कार्य सम्पन्न हुनेछ भन्ने यस अदालतको विश्वास छ" फैसलामा भनिएको छ ।

फैसला भएको अनौपचारिक रूपमा थाहा पाएपछि झा कार्यालयबाट दिउँसो २ बजे नै निवासतर्फ लाग्नु भएको उपराष्ट्रपति कार्यालयस्रोतले जानकारी दियो।

यसैबीच उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतको यो फैसला पूर्वाग्रही र संविधानको भावना प्रतिकूल भएको भनि सार्वजनिक रुपमा असन्तुष्टी व्यक्त गर्नु भएको छ । सर्वोच्च अदालतले फैसला सुनाए पछि उहाको राय बुझ्न गएका बिभिन्न संचार माध्यमलाई प्रतिकि्रया दिदै उहाले यस्तो आरोप लगाउनुभएको हो ।

आफूविरुद्धको मुद्दा प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले हेर्नै नमिल्ने भन्दै उपराष्ट्रपति झाले भन्नुभयो-"पूर्वाग्रही ढङ्गबाट उहा प्रधानन्यायाधीश रायमाझीले मेरो विरुद्धको मुद्दा हेर्नुभयो, यो प्रचलित न्यायिक परम्परा र विधिशास्त्रको मान्यताविपरीत हो ।"

पत्रकारहरुको प्रश्नमा फैसला अध्ययन गरेर मात्र निर्णय लिने बताउनुभयो । तर राजीनामाको कुरा उठदा चाँही आक्रोशी हुनु भयो र त्यहाँ भन्नु भयो - "हेर्न नमिल्ने मुद्दा स्वयं प्रधानन्यायाधीशले हेर्नु भयो नैतिकताको प्रश्न त उहा माथि उठेको छ, उहाले नै राजीनामा दिनुपर्छ ।"

नेपाली भाषामा शपथ लिनपुर्ने बाध्यात्मक व्यवस्था संविधानमा नरहेकोले हिन्दी भाषामा लिइएको शपथ संविधान अनुकूल भएको पनि जिकिर गर्दै उहाले सर्वोच्च अदालतको फैसलाबाट नेपाली भाषा जान्न र बोल्न नसक्ने व्यक्ति उपराष्ट्रपति हुन नसक्ने नजीर बनेको उल्लेख गर्नु भयो ।

फैसला आएपछि विभिन्न कानुन व्यवसायीले अ-आफ्ना धारणा व्यक्त गर्नु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संविधान र कानुनभन्दा माथि कोही हुँदैन भन्ने कुरा यस फैसलाबाट पुष्टि भएको बताउनु भयो । "उच्च ओहदामा बस्ने व्यक्तिले पनि कानुन र संविधानको पालना गर्नुपर्छ र विधि अनुसार चल्नुपर्छ" उहाले थप्नु भयो ।

अधिवक्ता सतिश झाले भने विधिशास्त्रको मान्यता र प्रचलन विपरीत भएको भनि टिप्पणी गर्नु भयो । "सम्बन्धित पक्षले अविश्वास व्यक्त गरिसक पछि यॊ इजलासलॆ हेर्न हुन्थेन, अर्को इजलासले हेर्नु पथ्र्यो’’ उहाले भन्नु भयो ।

रिट निवेदक अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतको निर्णयऐतिहासिक भएको बताउँदै उपराष्ट्रपतिले हालसम्म खाइपाइ आएको तलबभत्ता पनि बेरुजू हुन सक्ने बताउनुभयो।

रिट निवेदनको अन्तिम सुनवाईमा बालकृष्ण न्यौपाने, भीमार्जुन आचार्य, माधवकुमार बस्नेत, कुमार रेग्मी, टीकाराम भट्टर्राई, चन्द्रकान्त ज्ञवाली लगायतका कानून व्यवसायीहरुले रिट निवेदकको तर्फबाट बहस गर्नुभएको थियो।

Saturday, November 22, 2008

न्याय नपाए नेपाल जानू

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको सबैभन्दा उदार राज्य क्यालिफोर्नियाका जनताले पहलकदमी-८ लाई जिताई दिए । पहलकदमी-८ ले समलिङ्गी बिहेबारीलाई अमान्य घोषणा गरेको छ । स्मरण रहोस क्यालिफोर्नियामा समलिङ्गीहरूले "बिबाह" गर्न नपाए पानी सिभिल युनियन जस्तो किसिमले कानूनी मान्यता पाउने भने छन ।


नेपालले यी सबैलाई उछिनेर समलिङ्गी बिहेलाई मान्यता दिएको छ । एउटा ऐतिहासिक फैसलामा नेपालको सर्वोच्च अदालतले समलिङ्गीहरुलाई बिहेवारी लगायतका बिषयमा समान अधिकार दिलाउन आवश्यक कानून बनाउन माओबादीले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई आदेश दिएको छ । "अदालतले सरकारलाई यूरोपियन युनियनको समलिङ्गी बिवाहलाई मान्यता दिने कानून जस्तै नयाँ ब्यवस्था गर्न सात सदस्यीय समिति बनाउन सरकारलाई आदेश दिएको छ" - नेपालका संविधान सभाका सदस्य तथा समलिङ्गी सक्रियताबादी सुनील बाबु पन्तले भनेका छन ।


अनिल महर्जन र दिया कश्यपले दुई वर्ष अघि सार्वजनिक रूपमै स्वयंबर गरेका थिए तर उनीहरुले बिहेलाई रेजिस्टर गर्न दिएको आवेदन त्यसै थन्किएर बसेको थियो । अव भने उनीहरूले प्रमाणपत्र पाउने छन ।


समलिङ्गी बिबाहले परिवारको परिभाषालाई नै परिवर्तन गर्दछ । यस्तो गंभीर विषयमा नेपाली मीडिया र जन-स्तरमै गंभीर छलफल हुनुपर्ने होइन र?


जे भए पनि अव नेपालले नेपाली मात्र होइन विदेशी समलिङ्गीहरूले पनि बिबाह रजिस्टर गर्न पाउने ब्यवस्था गर्नु पर्छ । अमेरिका लगायत धेरै देशमा समलिङ्गी बिवाह गर्न नपाएका मानिसहरु नेपालमा गएर विहे गर्न सक्ने वातावरण बनाउनु पर्छ । यसले नेपालमा "समलिङ्गी-विवाह-पर्यटन" को माध्यमबाट राम्रो आय आर्जन हुन सक्थ्यो । छिमेकी देश भारतको कानूनमा पनि समलिङ्गी बिबाहको प्रयोजन छैन ।

Wednesday, November 19, 2008

इराक युद्धले कानूनी शासनको उल्लघंन गर्‍यो

इराक युद्ध शुरु हुनु अघि टोनी ब्लेयरलाई दिइएको कानूनी सल्लाह मुलतरुपमा "गलत" थियो भनी दाबी गरिएको छ । २००३ मा इराकमाथि हस्तक्षेप गर्नु अघि त्यसबेलाका बेलायती प्रधानमन्त्री ब्लेयरलाई शक्ति प्रयोगको पुष्टी गर्नसक्ने गरी संयुक्त राष्ट्रसंघको प्रस्तावलाई इराकले अबहेलना गरेको "कुनै कडा प्रमाण" लर्ड स्मिथले दिएनन भनी एक जना भुतपूर्व लर्ड बिनघमले भनेका छन । लर्ड बिनघम यो बर्ष अन्तर्राष्ट्रिय र तुलनात्मक कानूनको बेलायती संस्था नामक प्रतिष्ठानको ५० औं बार्षिकी मनाउन नोभेम्बर १६ मा प्रबचन दिदै थिए ।

बिनघमको टिप्पणीले इराक हस्तक्षेपको निर्णयमाथि पूर्ण सार्वजनिक छानविन "रोकिन नसकिने" बनाएको छ भनी बेलायती उदार प्रजातान्त्रिक दलले भनेको छ । बिनघमको आलोचनाको जबाफ दिदै लर्ड गोल्ड स्मिथले इराक माथिको हस्तक्षेप कानूनी थियो भनेर बिश्वास दिलाउन प्रयास गरेका छन । उनले भने "यदि मेरो दृष्टिकोणमा यो उचित नठहरेको भए म त्यस्तो सल्लाह दिन्न थिएँ होला" ।

कुनै हतियार थिएन !
उनले २००३ को मार्च १७ मा लर्ड गोल्ड स्मिथले तयार गरेको लिखित संसदीय बयानको उल्लेख गरेका छन जसमा उनले इराकमाथिको युद्ध बर्तमान संयुक्त राष्ट्रसंघको प्रस्तावको पृष्टभूमीमा बैधानिक हुने ठोकुवा गरेका थिए । लर्ड बिनघमले भनेका छन: यो बयान दुई मुलभूत पक्षमा गलत थियो । "इराक संयुक्त राष्ट्रसंघको निर्णय पालन गर्न असफल भयो र इराकसँग आमबिनासको हतियार थियो भनेर देखाउने त्यहाँ कुनै बलियो तथ्यगत आधार र दरो प्रमाण थिएन" उनले भनेका छन । "हान्स ब्लिक्स र हतियार निरीक्षण गर्ने उनको समूहले आमबिनासको कुनै हतियार भेट्टाएका थिएनन, उनीहरुले प्रगति गरिरहेका थिए र उनीहरुको काम एक महिनाको समयमा समाप्त हुने आशा थियो ।"

अन्तर्राष्ट्रिय कानून अन्तर्गत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले मात्र इराकद्वारा आज्ञा पालना भए नभएको जाँच गर्न सक्दछ न कि अरु राज्यले - लर्ड बिनघमले थपेका छन । त्यहाँ आज्ञा पालन गरिएको नगरिएको कुरा निर्णय गर्न र आवश्यक भए अरु आगामी कारबाही गर्न संयुक्त राष्ट्रसंघले मात्र सक्दछ भनी प्रष्ट पार्न असफल भएकोमा पनि लर्ड गोल्ड स्मिथलको लर्ड बिनघमले आलोचना गरेका छन । "यदि म सही छु भने अमेरिका, बेलायत र अरु केही देशद्वारा इराकको हस्तक्षेप सुरक्षा परिषदको अख्तियारबिहीन थियो । निश्चय नै त्यो अन्तर्राष्ट्रिय कानून र कानूनको शासनको गम्भीर उल्लघंन थियो" निष्कर्ष निकाल्दै उनले भनेका छन ।

उनको आलोचना "उनको आफ्नो कानूनी दृष्टिकोण मात्र थियो" भनी लर्ड गोल्ड स्मिथले भनेका छन । "तर त्यस समय र त्यसपछि हामी बाहेकका धेरै राष्ट्रहरुले त्यो कारवाहीमा भाग लिएका छन र उनीहरूले कानून सम्मतरुपमा कार्य भइरहेको भनेर विश्वास लिदैं त्यसो गरेका थिए" उनले भनेका छन । उनले यो पनि भनेका छन कि संयुक्त राष्ट्रसंघको १४४१ प्रस्ताब इराकले पालना नगरेको बिश्वास हुँदा त्यहाँ सुरक्षा परिषदको अरु निर्णय आवश्यक हुँदैन ।

त्यसबेला विदेश मन्त्री लर्ड चाल्सलर ज्याक स्ट्रले लर्ड गोल्ड स्मिथलाई समर्थन दिदैं तर्क गरेका छन कि उनको सल्लाह "विश्वभरिका धेरै देशहरुले मनन गरेका थिए" । "म चिन्तित छु र लर्ड बिनघमको निष्कर्ष स्वीकार गर्दिन जसले सुरक्षा परिषदको प्रस्ताब १४४१ को न त अक्षर न त यसको समझदारीतिरको इतिहासको नै बिवेचना गरेको छ" स्ट्रले भनेका छन ।

तर उदार प्रजातन्त्र दलका निक क्लेग, जसको दलले कडा रुपमा युद्धको बिरोध गरेको थियो, ले भनेका छन कि यो टिप्पणीको अर्थ बेलायतले युद्धमा दगुर्न गरिएको निर्णयको छानविन आवश्यक ठानेको छ । निक क्लेगले भनेका छन कि बिनघमको दाबीले युद्धमा जाने सरकारको निर्णय पूर्ण सार्वजनिक छानविनमा जान "रोकिन नै नसकिने" बनेको छ । "लर्ड बिनघमको व्यक्तित्वको उचाईको अर्थ यो हो कि उनको प्रभावशाली आलोचना गलैंचामुनि दवाएर मात्र राख्न सकिदैन" क्लेगले भनेका छन । "यो धेरै अलोकप्रिय कदम हो, यो अनुचित हस्तक्षेप हो जुन अन्तर्राष्ट्रिय कानूनको उल्लघंन पनि हो भनी अहिले हामीले थाहा पायौँ ।"

Saturday, December 29, 2007

न्यायाधीश ओझा पजनीमा परे

गएको दुई बर्षदेखी सर्वोच्च अदालतमा अस्थायी न्यायाधिशको हैसियतले काम गदै आएका पवन कुमार ओझा पुस १३ गते देखी पद मुक्त हुन भएको छ ।
यहि पुस १२ गते प्रधान न्यायाधिश केदार प्रसाद गिरीको अध्यतामा बसेको न्याय परिषदको बैठकले २०६२ साल पुस १३ गतेवाट ओझा सगै सेवा प्रवेश गरेका पुनरावेदन अदालतका माननीय न्यायाधिश ताहिर अली अन्सारी र राजेन्द्र कोईरालालाई भने स्थायी गर्न प्रस्ताव गरी संसदीय सनुवाई विषेश समितिमा पठाए पनि न्यायाधिश पबन कुमार ओझाका सम्बन्धमा भने कुनै निर्णय गरिएन । परिषदले ओझाका सम्बन्धमा कुनै निर्णय नगरे पछि पुस १३ गते देखी उहा स्वतः पद मुक्त हुन भएको छ ।
अन्सारी र कोईरालासगै ओझाको नियुक्ती भएको भएता पनि राजाको प्रत्यक्ष शासन कालमा महान्यायधिवक्ता भएको र भ्रष्टाचार नियन्त्रण शाही आयोगको वचाब गदै बहस गरेको र पछि तत्कालीन सरकारको प्रभावमा ओझाको नियुक्ती भएको भन्दै यसलाई पनि आन्दोलनकारी कानून व्यवसायीहरुले बिवादको विषय बनाएका थिए ।
परिषद भित्र ओझाको बिषयमा पदाधिकारीहरु बिच मतभेद भएको हुदा परिषदको वैठक तीन/तीन पटकसम्म बस्नु परेको थियो र अन्तमा कानून मन्त्री एवं परिषदमा राजनैतिक भर्ती पाएका सदस्यहरुको एकहोरो जोडवलवाट ओझाको नाम काटिएको भनी बिभिन्न संचार माध्यमहरुले जानकारी दिएका छन ।
कानून व्यवसायीको प्रमाण-पत्र पाएको व्यक्तिले जो कसैको पक्षवाट वहस पैरवी गर्न मिल्छ । अहिले पनि हामीहरुले बिभिन्न अपराधको अभियोग लागेका मानिसको मुद्दा हेरीरहेका छौ । वहस पैरवी गरेकै आधारमा मात्र भेदभाब र दुर्व्यबहार गर्न उचित हुदैन । भोली यो नजीर अरुलाई पनि लागु हुने अवस्था आउन सक्छ ।

Thursday, December 27, 2007

सर्वोच्चमा गोपनियता कायम गर्ने कानूनको खोजी

यही पुस १० गते मंगलवार सर्वोच्च अदालतले गोपनीयताको बिषयमा एउटा महत्वपर्ण फैसला गरेको छ । सो फैसलाले मुद्दाको कारवाही भर एचआईभी/एड्स संक्रमीत र अपराधको आरोप लागेका महिला तथा बाल बालिकाको नाम गोप्य राख्न राज्यका अन्य अङ्गहरुलाई आदेश दिएको छ ।
सो फैसला सर्वोच्च अदालतको संयुक्त ईजलासवाट भएको हो र त्यस ईजलासमा माननीय न्यायधिश खिलराज रेग्मी र कल्याण श्रेष्ठ रहनु भएको थियो ।
सो फैसलामा समाजमा बेहोर्नु पर्ने विभेद र लन्छनालाई मध्यनजर गदै बाल बिज्याई महिला एव एचआईभी संक्रमीत व्यक्तीहरुको सवेदनशील मुद्दाको सम्पुर्ण कारवाहीमा उनीहरुको पहिचान खुलाउन नपर्ने गर्नु पर्ने उल्लेख गदै एचआईभी/एड्स संक्रमीत र अपराधमा आरोप लागेका महिला तथा वालवालिकाको नाम गोप्य राख्नका लागी आवश्यक कानून निर्माण गर्न आदेश भएको छ । त्यस्तो कानून निर्माण नभएसम्मका लागी भने सर्वोच्च अदालत आफैले जारी गरेको कार्यविधि पालना गर्न पनि आदेश भएको छ । त्यस्तो अन्तरीम कार्यविधि सर्वोच्च अदालतका रजिटारको संयोजकत्वमा रहने समितिले आवश्यक अध्ययन गरी एक महीना पछि जारी गरीने उल्लेख गरीएको छ र रजिटारले लै यसको कार्यन्वयनको अनुगमन गर्न पर्ने छ ।
अहिले पनि वर्तमान नेपाल काननमा वलत्कार, जीउ मास्ने वेच्ने, सम्बन्ध कायम वा सम्बन्ध विच्छेद लगायतका मद्दामा महिला वालवालीका र एचआईभी/एड्स संक्रमीतले आफ्नो पहीचान खोल्नु पर्छ । तसर्थ एचआईभी/एड्स संक्रमीत र अपराधमा आरोप लागेका महिला तथा वालवालिकाको नाम गोप्य राख्नका लागी आदेशको मागदावी गदै २०६३ साल असार १६ गते महिला कानून तथा विकास माच नामक एक गैर-सरकारी संगठनको तर्फवाट अधिवक्ता सपना मल्ल प्रधानले सर्वोच्च अदालमा सर्वजनिक सरोकारको रिट निवेदन दर्ता गर्नु भएको थियो । सो रिटमा पहिचान गोप्य राख्ने कानूनी अभावमा न्यायसम्म पुग्न नसक्ने अवस्था उत्पन्न भएको हुदा कानूनद्धारा संरक्षीत अदालतवाट पुर्पक्षको कारवाहिवाट वंचित भईरहेको उल्लेख छ ।
गोपनियताको हकको सन्दर्भमा यो दोश्रो फैसला हो यो भन्दा अगाडी अन्नपुर्ण राणाको मद्दा फैसला भई सकेको छ । यस फैसलाले अन्तरिम संविधान २०६३ को धारा २८ उल्लेख भई निसकि्रय जस्तो भएको गोपनीयताको हकलाई शसक्त र महत्वर्ण बनाऊन भुमीका खेल्ने आश गर्न सकिन्छ ।

Friday, December 21, 2007

यातना निषेधित भयो



यही पुष २ गते सर्वोच्च अदालतले फौजदारी कानूनका क्षेत्रमा एउटा महत्वपुर्ण फैसला गरेको छ । यातनालाई फौजदारी कसुर घोषणा गर्दै यातना रोक्ने नया कानून वनाउन सरकारलाई भनेको छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा २६ ले यातना दिन नपाउने संवैधानिक ग्यारेन्टी गरेको छ । यसमा यातनालाई फौजदारी कानून भित्र राखी दण्डनीय वनाउने र यदि कसैले यातना दिएको पाइएमा क्षतिपुर्ति दिइने कुरा उल्लेखित छ । अहिलेसम्म क्षतिपुर्तिसम्म दिएको भने पाइन्छ तर संविधानले कल्पना गरे बमोजिम यातनालाई फौजदारी कसुरमा राखिएको छैन । यसै सन्दर्भमा यो फैसला आएको छ । सो फैसला गर्ने माननीय न्यायधिशमा वलराम के. शी. र ताहिर अलि अन्सारी हुनहुन्थ्यो । यो रिट अधिवक्ता राजेन्द्र घिमिरेले दायर गर्नु भएको थियो भने यसमा अधिवक्ता केदारप्रसाद दाहालले वहस गर्न भएको थियो ।

एक मानव अधिकारवादी कानून व्यवसायीले यो आदेशलाई महत्वपुर्ण मान्दै सरकारलाई यातना विरोधी महासन्धी लागु गर्न बाटो देखाउने छ भनेका छन । तर यातनालाई आफ्नो नैसर्गिक अधिकार मान्ने र त्यहीबाट सवै समस्याको समाधान खोज्ने प्रहरी प्रशासनले यसलाई कसरी लिने हो हेर्न भने वाकी नै छ ।

Monday, December 10, 2007

पारदर्शी बन न्याय परिषद

नियम अनुसार न्याय परिषदले न्यायधिशलाई ठेगानमा राख्न्नु पर्ने हो । तर यो परिषद बितेका वर्षहरुमा यो आफ्नो कर्तब्यप्रति निकै उदासीन रहेको देखिन्छ । अलिकति खुशीको कुरो के भने ढिलै भए पनि न्याय परिषद यसतर्फ लागेको भन्ने समाचार आएको छ । सो समाचारमा ८५ जना न्यायधिश शुद्द र निष्पक्ष भएको जनाइएको छ । ति शुद्द र निष्पक्ष न्यायाधिश को को हुन भनी खुलाइएको भने छैन र यसले सार्वभौम भनिएका नागरिकले रणभुल्लमा पर्नुपरेको छ । अति नै कर गरी सोधखोज गरेमा न्याय परिषद नियमावलीले रोकेको छ भनी पन्छिने गरिन्छ । देशको सम्बिधानको धारा २७ र सुचनाको हक सम्बन्धी ऐनले राज्यलाई गम्भीर असर गर्ने कुरा बाहेक सबै कुरा छ्याङछ्याङै खुला गर्नु भनेको छ । अब परिषदको लागि सम्बिधान र ऐनभन्दा नियमावली नै ठूलो हो भन्ने लाग्दछ भने हाम्रो भन्नु केही छैन ।

Sunday, December 9, 2007

सर्वोच्चको राम्रो कदम

नेपालमा अदालतले फैसला गर्ने तर सरकारले त्यसलाई वेवस्ता गर्ने अनौठो संकार छ । आजको लोकतान्त्रिक सरकारले पनि यसो गर्न छाडेको छैन। यस सन्दर्भमा अदालतले वेलावेलामा आबाज नउठाएको भने होइन । तर यस पटक अदालतले सरकारलाई गतिलो चेतबनी दिएको छ । त्यो हो,काठमाण्डौको तीनकुनेमा रहेको जग्गा सम्बन्धी बिबादमा ।
काठमण्डौमा हुने सार्क सम्मेलनको तयारी गर्ने भनी कोटेश्बर तीनकुनेको जग्गा सरकारले सितैमा लिन लागेकोमा सम्बन्धित जग्गा धनीले सर्बोच्चमा मुद्दा दाँयार गरेका थिए । "व्यक्तिको सम्पत्ति मुआवजा बिना लिन् नपाउने" भन्दै अदालतले सरकारलाई मुआबजा दिएर लिनु भन्ने आदेश भएको हो । यो आदेश २०५७ को बैशाखमा भएको हो । यती दिनसम्म पनि फैसला कार्यन्वयन नभए पछी पीडितका तर्फवाट महीन्द्रबहादुर कार्की समेट्ले अदालतको अबहेलना सम्बन्धी नीवेदन दर्ता भएको थियो । यसमा अदालतले तोकिएको समयभित्र कार्यसम्पन्न नगरे सर्वोच्च अदालत ऐन , २०४८ को दफा ७(१) वमोजीम कार्वाही हुने चेतावनी दिएको हो । अदालतले आदेशमा नागरिकको जिउधन सुरक्षाको प्रमुख जीम्मेवारी लिने पदाधिकारीले ध्यान नदिएकोले समस्या समाधानको लागि इजलासले गम्भिरतापुर्बक लिनुपरेको उल्लेख गर्दै मुख्यसचिब भोजराज घिमिरे, स्थानिय नीकाय हेर्ने सचिब रामकुमार श्रेष्ठ र कानपका प्रमुखलाई उपस्थित हुन भनिएको छ । अब यिनिहरुले अदालतको चित्त बुझाउनु पर्ने हुन्छ । नत्र सजाय बेहोनु पर्ने हुन्छ । यसरी लपरबाही गरी जनतालाई दु:ख दिने पदाधिकारीलाई सजाय गरी सईसत्यबाटोमा ल्याउने प्रयास गर्ने अदालत र त्यसका मानानीय न्यायधिश राजेन्द्र कुमार भण्डारी र दामोदर शर्मालाई बधाई दिनै पर्छ । यसले एकातिर अदालतको मर्यादा बडद छ भने अर्का तिर मनोमानी प्रशासन चलाऊने कर्मचारिलाई एउटा एउटा राम्रो सबक हुनेछ ।

Saturday, December 8, 2007

Rome Statute Part 1

भाग १. अदालतको स्थापना
धारा १
अदालत

एउटा अन्तराष्ट्रिय अपराधिक अदालतको ("अदालत") स्थापना गरिएको छ । यो एउटा स्थायी संस्था हुने छ र यसलाई यो बिधानमा ब्यबस्था गरे बमोजिम अन्तराष्ट्रिय चिन्ताको अत्यन्तै गम्भीर खालको अपराध गर्ने ब्यक्तिमाथि क्षेत्राधिकार प्रयोग गर्ने अधिकार हुनेछ र यो राष्ट्रिय अपराध क्षेत्राधिकारको पूरक हुने छ । यो अदालतको क्षेत्राधिकार र कार्यब्यबस्था यो बिधानले ब्यबस्था गरे बमोजिम हुने छ ।

धारा २
संयुक्त राष्ट्र संघसगको सम्बन्ध

यो बिधानमा हस्ताक्षर गर्ने राष्ट्रको भेलाले सहमति गरेको र तत्पश्च्यात यो अदालतका अध्यक्षद्वारा प्रक्रिया पुरा गरिएको एउटा सम्झौताद्वारा यो अदालतलाई संयुक्त राष्ट्र संघसंग आवद्द गरिनेछ ।

धारा ३
यो अदालतको मुकाम

१. यो अदालतको मुकाम नेदरल्यान्डको ("परिचारक राष्ट्र") हेगमा हुनेछ ।

२. यो अदालतले मुख्यालयको निमित्त परिचारक राष्ट्रसंग सम्झौता गर्नेछ जसलाई यो बिधानमा हस्ताक्षर गर्ने राष्ट्रको सभाले स्वीकृत गर्नेछ र यो अदालतका अध्यक्षले प्रक्रिया पुरा गर्नेछन ।

३. आवश्यकता परेको खण्डमा यो बिधानमा ब्यबस्था भए बमोजिम यो अदालत अन्य स्थानमा पनि बस्न सक्नेछ ।

धारा ४
कानूनी हैसियत र अदालतको अधिकार

१. यो अदालतको अन्तराष्ट्रिय कानूनी व्यक्तित्व हुनेछ यसलाई आफ्नो कार्यसम्पादन र आफ्नो उद्देश्यपुर्तिकोलागि आवश्यक पर्ने कानूनी हैसियत पनि हुनेछ ।

२. यो अदालतले बिधानमा हस्ताक्षर गर्ने राष्ट्रको भूभागमा वा, बिशेष सम्झौताद्वारा अन्य कुनै राष्ट्रको भूभागमा यो बिधानमा ब्यवस्था भए बमोजिम आफ्नो कार्यसम्पादन र अधिकार प्रयोग गर्नसक्नेछ ।
(Translated from here)

Wednesday, December 5, 2007

What is in Rome Statute (Preamble)?

यो बिधानमा हस्ताक्षर गर्ने राष्ट्रहरू,

सबै मानिसहरू साझा सम्बन्धमा बाधिएका हुन्छन्, तिनीहरूको संस्कृति एउटा साझा संपदामा बुनिएको हुन्छ भन्ने कुरामा सचेत भएर, र यो संवदेनशील सम्बन्ध कुनै पनि बेला टुक्रा-टुक्रा हुनसक्छ भनेर चिंतित भएर,

यो शताब्दिमा लाखौ केटाकेटी, महिला र पुरुषहरू मानवीय सम्बेदनालाई नै हल्लाउने कल्पनातीत अत्याचारको शिकार भएको तथ्य ध्यानमा राखेर,

यस्ता गंभीर अपराधले विश्वको शान्ति, सुरक्षा र कल्याणमा प्रतिकूल असर पार्ने बुझेर,

अन्तराष्ट्रीय समुदायलाई चिन्तित बनाउने गम्भीर खालका अपराधहरू बिना सजाय नछुटुन र यिनिहरुको प्रभावी कानूनी पैरवी गर्न राष्ट्रीय स्तरमा कदमहरु चाल्नु पर्ने र अन्तराष्ट्रीय सहयोग बढाउनु पर्ने कुरा स्वीकार गर्दै,

यस्ता अपराधका कर्ताहरुको दण्डबिहिनताको अन्त्य गर्न र फलस्वरुप यस्ता अपराधहरुको निवारण गर्न सहयोग पुर्याउन धृढ हुँदै,

अन्तराष्ट्रिय अपराध गर्नेहरुमाथि कानूनी कारबाही गर्नु प्रत्येक राष्ट्रको कर्तब्य भएको कुरा स्मरण गर्दै,

संयुक्त राष्ट्र संघको बिधानको मर्म र सिद्दान्तको, र खासगरी सबै राष्ट्रले अरु राष्ट्रको भौगोलिक अखंडता वा राजनैतिक स्वतंत्रताको बिरुद्दमा बल प्रयोग गर्ने धम्की वा बल प्रयोग गर्ने छैनन वा संयुक्त राष्ट्र संघको उद्देश्य बिपरीत कुनै कार्य गर्ने छैनन भन्ने कुरोको पुनः पुष्टि गर्दै,

यसै सम्बंधमा यो बिधानमा भएका कुनै पनि कुराले कुनै पनि राष्ट्रलाई कुनै अर्को राष्ट्रको शशत्र द्वंद वा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार दिदैन भन्ने कुरोमा जोड दिदै,

यि उद्देश्य प्राप्ति गर्न र वर्तमान र भविष्यका सन्ततिकोलागी, अन्तराष्ट्रिय समुदायलाई सरोकार राखने गम्भीर प्रकृतिका अपराधहरुमा क्षेत्राधिकार भएको संयुक्त राष्ट्र संघसंग आवद्द एउटा स्वतन्त्र स्थायी अन्तराष्ट्रिय अपराधिक अदालत स्थापना गर्न कटिवद्द हुदै,

यो बिधान अनुसार स्थापना भएको अन्तराष्ट्रिय अपराधिक अदालत राष्ट्रीय अपराधिक न्याय क्षेत्राधिकारको पूरक हुनेछ भन्ने कुरोमा जोड दिदै,

अन्तराष्ट्रिय न्यायप्रति चिरस्थायी सम्मानको प्रत्याभूति गर्न र यसको प्रवर्तन गर्न,

देहायका कुरामा एक मत भएका छौ
(Translated from here)

Sunday, November 4, 2007

Rule of Law Initiative



American Bar Association (ABA) has a public service initiative called Rule of Law which seeks to promote rule of law as a solution to the worldwide problems of poverty and conflicts. Currently this program is helping regions of Asia, Africa, South America and some parts of Europe. Started in 1991 with its European program, ROL has been providing assistance in drafting anti-corruption action plans and training law enforcement with tools necessary to combat crimes such as money laundering and human trafficking. Human rights promotion is also high on agenda for ROL.





To read about their good work please visit http://www.abanet.org/rol/news/news-mainpage.shtml

You can also subscribe a regular newsletter from the same link.