एउटा अझ पूर्ण यूनियन:
अमेरिकी सम्बिधानको निर्माण
जनरल वाशिंगटन सर्वसम्मतिले फिलाडेल्फिया सम्मेलनको अध्यक्ष चुनिए ।
मे २५, १७८७, पेन्सिल्वेनिया राज्य भवनको अगाडिको ढुङ्गे सडकमा भर्खरै बिछ्याइएको माटाले भवनभित्र रहेका मानिसहरुलाई सडकमा गुडिरहेका बग्गी र गाडाको आवाजवाट जोगाएकोथियो । जिज्ञासु बटुवाहरुलाई टाढै राख्न्न ढोकामा गार्ड राखिएकोथियो । क्रान्तिका प्रमुख बित्तदाता भनेर चिनिएका पेन्सिल्वेनियाका रॉबर्ट मौरिसले एउटा प्रस्ताववाट कार्यक्रम शुरू गरे - उक्त सम्बिधानसभाको अध्यक्ष जनरल जॉर्ज वाशिंगटनलाई बनाउने । त्यों प्रस्ताव एकमतले पारित भयो । अत्यन्तै बिनम्र स्वभाव भएका ती जनरलले त्यों महान सम्मेलनको अध्यक्षता गर्न आफ्नो योग्यता नभएकोमा क्षोभ ब्यक्त गरे र भविष्यमा आफुबाट हुनसक्ने गल्तिहरुकोलागी क्षमा मागे ।
त्यहा भेला भएका धरै ब्यक्तिहरू, बिशेष गरेर साना कदका केटौले देखिने ३६ बर्षे भर्जीनियाका प्रतिनिधि जेम्स म्याड़िसनलाई जनरल वाशिंगटनको उपस्थितिले अव सम्मेलन सफल हुने कुरामा ढुक्क बनाएकोथियो किनभने प्रख्यात वाशिंगटनको आगवनले सम्मेलनको महत्व र आधिकारिकता बढेकोथियो । तर वाशिंगटन आफैलाई भने त्यों सम्मेलनमा जाने निर्णय निकै कष्टप्रद रहेको थियो । "राष्ट्रपिता" झंडै घरै बस्ने भएकाथिए ।
बाथरोगले ग्रस्त, भाइको मृतुले निराश, माउंट भर्नोनको खेतीपातीमा ब्यस्त र सम्मेलनले खासै केही गर्ला वा सम्मेलनमा कुनै प्रमुख ब्यक्तित्वहरूले भागै लेलान भन्ने कुरामा शंका भएका वाशिंगटनले सम्मेलनको निमंत्रणापत्र धेरै महिनासम्म स्वीकार नगरी बसेकाथिए । असफल हुनसक्ने सम्मेलनमा भाग लिएर आफ्नो प्रतिष्ठामा हुनसक्ने क्षति र भाग नलियेमा जनताको आलोचना खेप्नुपर्ने धर्मशंकटमा परेका वाशिंगटनले अन्त्यमा सम्मेलनमा जाने निर्णय गरे । यसबाट जेम्स म्याड़िसन हर्षित भए ।
(अमेरिकी नेशनल आर्काइभबाट अनुवादित)
Thursday, October 25, 2007
Wednesday, October 24, 2007
Tuesday, October 23, 2007
नेपालको कानून भगवानले जानुन
मलाई कहिलेकाही अचम्म लाग्छ - किन नेपालमा अदालती न्यायप्रति जनसाधारणको नकारात्मक धारणा पाइन्छ? बर्तमानको राजनैतिक अस्थिरता र न्यायालयभित्र ब्याप्त बिकृतिको कारणलेमात्र यसो भएको होइन किनभने परापूर्बकालदेखीनै न्यायिक निकायप्रति नेपालीहरुको गहिरो असन्तुष्टि रहेको देखिन्छ । Justice delayed is justice denied भनेझै हाम्रा आदिकविलाइ उहिले तारिक खेप्ताखेप्ता खपिनसक्नु दुखः परेको कुरो उनकै कविताबाटै प्रस्ट हुन्छ "भोली भोली भंदैमा सबदिन बितिगो बक्सियोस आज झोली" ।
कानूनलाई हुकुमले काट्छ भन्ने त प्रचलित उखान नै छ । गायक प्रवीन गुरुङ्को हत्या होस या महाराज रणबहादुर शाहको बासठिहरण, यी सबैले "ठुलालाई चैन सानालाई ऐन " भन्ने कुरोको पुस्टी गर्छन ।
कानूनलाई हुकुमले काट्छ भन्ने त प्रचलित उखान नै छ । गायक प्रवीन गुरुङ्को हत्या होस या महाराज रणबहादुर शाहको बासठिहरण, यी सबैले "ठुलालाई चैन सानालाई ऐन " भन्ने कुरोको पुस्टी गर्छन ।
Subscribe to:
Posts (Atom)