कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Thursday, March 20, 2008

औषधीमा हुने ठगी रोक्न अदालतको आदेश


मानव जीवनका लागी अतिआवश्यक हुने औषधीको मुल्य नीती बनाउन र मुल्य निर्धारण गर्न एक अध्ययन पाच सदस्य समिति गठन गरी प्रतिवेदन तयार गर्न बुधवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । माननिय न्यायाधीश बलराम केसी र तपबहादुर मगरको संयुक्त इजलासले चैत्र ६ गते उक्त आदेश दिएको हो ।


औषधहरुको मुल्य नियमित गर्न अदालतले पहल गरोस भनी उपभोक्ता हित संरक्षण माचका महासचिव ज्योति वानियाद्वारा सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिटनिवेदन दायर गरिएको थियो । सो रिटमा औषधी उत्पादक व्यवसायीले ६० देखी पाच सय प्रतिशतसम्म बोनस लिएर उपभोक्ता ठगेकोले त्यसलाई तत्काल रोक्न माग गरिएको छ ।


यो विषयमा कुनै एक निकायबाट मात्र समाधान नहुने भएकोले विस्तृत रुपमा अध्ययन गर्नु पर्ने अबस्था आएकोले एक समिति गठन गरीनु पर्ने र सो समितिमा नेपाल मेडिकल काउन्सीलको उच्च अधिकारी संयोजक हुनु पर्ने र अन्य सदस्यमा स्वस्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधीहरु हुनु पर्ने छ फैसलामा जनाइएको छ । सर्वोच्च अदालतले समिति गठन भएको ६ महिना भित्र प्रतिवेदन तयार गरी सरकार र अदालतमा बुझाउन पनि आदेश दिएको छ ।

No comments: