कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, February 23, 2008

माथिल्लो कर्णालीको विषयमा स्थानिय जनता ताते

माथिल्लो कर्णाली जल विद्युत आयोजना सम्झौताको कार्यान्वयन तत्काल रोक्न अन्तरिम आदेश जारी कि नगर्ने भन्ने बिषयमा यही फागुन २४ गते छलफल हुने भएको छ ।


अन्तरिम संविधानको धारा १५६ वमोजिम संसद अनुमोदन नगराई आयोजना निर्माण गर्ने सम्झौता गरिएको आयोजनाको विद्युत उत्पादनमा स्थानीय वासीन्दालाई लगानी गर्ने अबसर नदिएको र संविधान सभा निर्वाचनका लागी जारी आचार सहिता विपरीत सरकारले सम्झौता गरेको भनी सुर्खेतका रामिसंह रावल र कालीकोटका गोरख बहादुर विसीले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको थियो ।


गत माघ १० गते नेपालको जलस्रोत मन्त्रालय र भारतको जीएमआर कम्पनीका बीच तीन सय मेगावाट क्षमताको सो आयोजनालाई ३० बर्षको लागी सम्झौता भएको थियो ।


माननीय न्यायधीश बलराम केसीको एक्कल इजलासमा भएको सुनुवाई पछि भएको आदेशमा अर्को पेशीमा अन्तरीम आदेश गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने भएकोले सरकार र अन्य विपक्षीहरुलाई छलफलका लागी उपस्थीत हुन भनिएको छ । सो सुनुवाईमा अधिवक्ता वोर्णबहादुर कार्की बालकृष्ण न्यौपाने टीकाराम भट्टराई र कमलनयन पन्तले भाग लिई बहस गर्नु भएपछि भएको थियो ।

सम्झौता सम्बन्धीत कागजातको प्रतिलिपि माग गर्दा नदिएकोले सूचना हक हनन भएकोले ती कागजात आफूहरुले पाउनुपर्ने पनि माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र जलस्रोत मन्त्रालयसमेतलाई विपक्षी बनाई यही ६ गते सोमवार सो रिट दायर भएको हो ।

No comments: