कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, February 2, 2008

सीमाको विषयमा अदालतमा मुद्दा नलाग्ने

नेपालको सीमाको निर्धारण गरी बाह्य अतिक्रमण रोक्ने सम्बन्धमा सरकार र यसका अंगहरुलाई आदेश गर्न माग गदै दायर भएका दुई भिन्नाभिन्नै रिट निवेदन यही माघ १७ गते विहिवारका दिन सर्वोच्च अदालतले खारेज गरेको छ ।

सीमा विवाद विशुद्ध राजनीतिक बिषय-वस्तु भएको हुँदा अदालतको अधिकार क्षेत्रभित्र पर्दैन भनी ठहर गरी यस्ता विषयमा अदालत प्रवेश गर्नु उचित नहुने दावी लिई एक्कल इजलासका न्यायाधीश राम प्रसाद श्रेष्ठले खारेज गर्नु भएको हो । यस्ता समस्या दुई देश मिली समाधान गरिनु पर्दछ भन्ने अदालतको जिकिर रहेको छ ।

बालाजु निवासी विजेन्द्र लाल जोशी र मोहन विक्रम पोख्रेलले सुस्ता सहित निरन्तर रुपमा मिचिएको नेपालको अरु जमीनको सीमा निर्धारण गर्न माग गदै भिन्नाभिन्नै सार्वजनिक सरोकारको रिट निवेदन हालेका थिए । रिटमा मन्त्रीपरिषद र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाइएको थियो । यद्यपी माननीय न्यायाधीशज्यू ले समाचार बुझ्न गएका पत्रकारहरुसंग यो विषयमा सरकार र संसदलाई दवाव दिन माग गर्नु भएको थियो ।

No comments: