कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Friday, January 2, 2009

पुरानै मुल भट्टबाट पूजा गराउन आदेश

पशुपतिनाथ मन्दिरमा साविककै मुल भट्ट र पुजारीहरुबाट पुजा आजा गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिको मूल पुजारीमा डा. विष्णुप्रसाद दाहाल र वासुकी नाथ मन्दिरका पुजारीमा शालिग्राम ढकाललाई नियुक्त गरेको थियो । त्यसलाई कानून बिपरित नियुक्त गरिएको दावी गदै ति नियुक्तिहरु बदर गर्न गरी यही १६ गते बुधवार सर्वोच्च अदालतमा परेको छुट्टाछुट्टै रिट निवेदन परेको थियो । त्यसमा भएको सुनवाई पछि माननीय न्यायाधीश बलराम केसीको एक्कल ईजलासले बिहीवार यस्तो आदेश जारी गरेको हो ।


ति रिट निवेदनहरुमा नबनियुक्त पुजारीहरुको नियुक्ति कानूनी एबं सनातनदेखीको प्रकृया विपरित भएको दावी गरिएको थियो ।


"सुनावाईको क्रममा समेत कानून व्यवसायीहरुवाट आजको नित्य पुजा समेत नियमित रुपमा चल्न नसकेको भन्ने देखिएको रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवबाट नियुक्त बिपक्षी पुजारीलाई पुजा गर्न नदिई साविकका मुल भट्ट र पुजारीबाटै गराउने" भनी सो अन्तरिम आदेशमा भनिएको छ ।


आदेशमा श्री पशुपतिनाथ बहुसंख्यक हिन्दु धर्मालम्बी नेपाली नागरिकको आस्थाको देवताको रुपमा मानिएको हुदा पुजारी र पुजाआजा रीति-थीति परम्परार कानून बमोजिम हुनुपर्नेमा विवाद नभएको भनी उल्लेख गरिएको छ ।


पशुपतिका मूल भण्डारी रत्न राजभण्डारीसहित अधिवक्ता लोकध्वज थापा र विनोद फुँयालले संयुक्त र भरतमणि जंगम भिन्नै रिट दायर भएको थियो । यसै गरी निवेदकका तर्फबाट वरिष्ठ अधिबक्ता हरिहर दाहाल र श्रीहरि अर्याल अधिवक्ताहरु माधवकुमार बस्नेत, कुमार रेग्मी र टिकाराम भट्टराई लगायतले बहस पैरवी गर्नु भएको थियो ।

No comments: