कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Monday, August 24, 2009

अटेरी पमान्दलाई पद बचाउन सातदिने अल्टीमेटम

सात दिनभित्र अन्तरिम संविधान अनुसार नेपाली भाषामा पुनः अर्को शपथ नलिए उपराष्ट्रपति पदमा निर्वाचित भएका परमानन्द झाको बर्तमान कार्यभार स्वतः समाप्त हुने भएको छ ।


सर्वोच्च अदालतका पाँच जना माननीय न्यायाधीश तपबहादुर मगर, रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेती सम्मिलित पूर्ण इजलासले यहि ७ गते आईतवार यस्तो आदेश गरेको हो ।


सर्वोच्च अदालतले सपथ कार्यक्रम वारे जानकारी माग गरेपछि कुनै पनि सरकारी निकायले सपथ ग्रहण बारे स्पष्ट जानकारी दिएका थिएनन । तसर्थ "अदालतको पूर्व आदेश बमोजिम शपथग्रहण गर्ने शपथ दिलाउने तथा शपथ कार्यक्रमको आयोजना गर्ने सम्बद्ध निकाय एवं पदाधिकारीहरुले आ-आफ्नो काम कर्तव्य अनुसार दायित्व पूरा गरी कार्यक्रम संयोजन गर्नुपर्नेमा शपथ कार्यक्रम सम्बन्धमा यकिन स्थिति जानकारी गराएको देखिएन" भनि अदालतले आदेशमा चिन्ता व्यक्त गरिएको छ ।


"उपराष्ट्रपति पदको शपथ ग्रहणको कार्यक्रम निर्धारण भइसकेको देखिएन न त पुनः शपथग्रहण गर्ने कुराको स्पष्ट अभिव्यक्ति भएको पाईयो" भन्दै इजलासले संवैधानिक व्यवस्था र अदालतको आदेशबमोजिम गर्नुपर्ने कार्य अनिश्चित समयसम्म कुनै कारणले पनि बाँकी राख्न नमिल्ने पनि ठहर गरेको छ । ईजलासले भनेको छ "अब सातदिन भित्र संविधान र अदालतको आदेश बमोजिम लिनु पर्ने सपथको कार्यक्रम सम्पन्न गर्ने अबसर दिने अन्यथा सो पश्चात अन्तरिम संविधान २०६३ को धारा ३६ ( २ र यस अदालतको आदेश बमोजिम कानून सम्मत शपथ नलिएको अबस्थामा उपराष्ट्रपतिको कार्यभार कि्रयाशिल भएको नमानिने बेहोरा विपक्षी समक्ष लेखी "पठाउनू


२०६५ साल श्रावण ८ गतेका दिन उपराष्ट्रपतिमा निर्वाचित भएका परमानन्द झाले हिन्दी भाषामा लिएको शपथ संविधान बिपरित भएको ठहर गरी सर्वोच्च अदालतको संयुक्त इजलासले यही साउन ९ गते नै बदर गरेको थियो । सो शपथ बदर भएपछि पुनः अर्को शपथ लिन अटेर गरी पदमा निरन्तर बहाल रहेको भन्दै कानुन व्यवसायी बिष्णु प्रसाद बास्तोला र पत्रकार नबराज न्यौपानेले गएको श्रावण १३ गते रिट निवेदन दर्ता गरेका थिए ।


सम्माननिय प्रधानन्यायाधिश मीनबहादुर रायमाझी र माननिय न्यायाधीश बलराम केसीको संयुक्त इजलासबाट भएको यस अघिको शपथ बदरको निर्णय आफू प्रति पूर्वाग्रही भएको आरोप लगाउँदै उहाले पुनः शपथ नलिने अड्डी राख्दै आउनु भएको छ ।

No comments: