कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Monday, August 25, 2008

एउटा लाइट बल्ब चेन्ज गर्न कतिजना वकील चाहिन्छ ?

एउटा लाइट बल्ब चेन्ज गर्न कतिजना वकील चाहिन्छ ?



उत्तर : तपाई कतिजना अफोर्ड गर्न सक्नु हुन्छ?



उत्तर : त्रिपन्नजना आठजना बहस गर्न, एकजना पेसी स्थगित गर्न, एकजना प्रतिवाद गर्न, दुइजना नजिरको रिसर्च गर्न, एकजना प्रतिउत्तर चिट्ठी तयार गर्न, एकजना तथ्य सामन्जस्य गर्न, पाँचजना उनीहरुको टाइमकार्ड दर्ता गर्न, एकजना साबिती बयान तयार गर्न, एकजना प्रतिप्रश्न तयार गर्न, दुइजना मिलापत्र गर्न, एकजना सेक्रेटरीलाइ लाइट बल्ब चेन्ज गर्न आदेश दिन अठ्ठाइसजना यी प्रोफेसनल सेवाको बिल प्रस्तुत गर्न



उत्तर : पैसठ्ठीजना बयालिसजना सर्ज भएको बिजुली पठाएर बल्बलाई जलाएकोमा बिद्युत कम्पनिलाई मुद्दा हाल्न, चौधजना उक्त बिजुली वाएर गर्ने एलेक्ट्रिसिएनलाइ मुद्दा हाल्न नौजना उक्त बल्बको निर्मातालाई मुद्दा हाल्न



उत्तर : आगे यो करारको पहिलो पक्ष ("वकील") दोस्रो पक्ष ("लाइट बल्ब") बिच दोस्रो पक्षले आफ्नो उत्तरदाइत्व पूर्ण गर्न असामर्थ्यता देखाएको कारणले उक्त दोस्रो पक्षलाइ निजको स्थानवाट हटाउन एउटा करार सम्झौतामा हस्ताक्षर गर्न पुगेका छन माथि उल्लेख गरिएको उद्देश्य सम्पन्न गर्न निम्न बमोजिमका कार्यहरू गरिने छन:


) पहिलो पक्ष ("वकील") दोस्रो पक्ष ("लाइट बल्ब") भएको अग्लो स्थानमा पुग्न कुनै पनि प्रकारको साधनहरू, जस्तै कुर्सी, टेबल, भर्याङ आदिको उपयोग गर्न स्वतन्त्र हुनेछन पहिलो पक्षले दोस्रो पक्षलाइ दुबै हातले समात्ने छन घडीको सुइको दिशामा घुमाउने छन यो घुमाउने दिशामा भने कुनै सम्झौता गर्न सकिने छैन यी कार्यहरू गर्दा पहिलो पक्षले दोस्रो पक्षलाइ कुनै अघात पर्ने वा टुट्फुट नहुने किसिमले सावधानीपूर्वक गर्ने छन कथंकदाचित दोस्रो पक्षलाइ कुनै प्रकारको हानी हुन गएमा पहिलो पक्ष विरुद्द मुद्दा दायर भने गर्न सकिने छैन


) दोस्रो पक्षलाइ तेस्रो पक्ष ("लाइट होल्डर") वाट हटाए पछि पहिलो पक्षले निजलाई सम्बन्धित राष्ट्रिय कानून बमोजिम फ्याक्न, पुर्न वा मर्मत गर्न सक्नेछन


) दोस्रो पक्षलाइ हटाउने कार्य सकेपछि पहिलो पक्षले अर्को चौथो पक्ष ("नया लाइट बल्ब") लाई तेसो पक्षमा स्थापित गर्न सक्नेछन यसो गर्दा माथि उल्लेखित कार्यहरुको ठीक उल्टो कदमहरू चालिने

No comments: