कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, August 30, 2008

ईराकमा मरिएकाको तर्फबाट मुद्धा पर्‍यो

पाच वर्ष अघि ईराकमा मारिएका १२ जना नेपाली आफन्त र त्यस घटनामा बाचेकाले अमेरीककाको क्यालिफोर्नियाको केन्दीय जिल्लाको लागी अमेरीकी अदालतमा मुद्दा दायर गरिएका छन ।


उनीहरुले कामदार मगाउने हुस्टन स्थित केबीआर भन्ने अमेरीकी सैनिक ठेकदार कम्पनी र दाउद भन्ने जोर्डनी सहायक ठेकदार कम्पनी बिरुद्ध मुद्दा दर्ता गरेका हुन । यो मुद्दा नया संघिय मानब तस्करी कानून र बिदेशी दुष्कृति दाबी ऐन अन्तर्गत दर्ता भएको हो । जसले विदेशिहरुलाई उनीहरुको देशमा अमेरीकी सरकार सैनिक वा संस्थाहरुले मानव अधिकार माथि गरेको दुरुपयोग सम्बन्धमा मुद्दा दर्ता गर्न अनुमति दिन्छ । यस भित्र जबरजस्ती चन्दा लिने अपहरण गैरकानूनी सम्पत्ति प्राप्ती लापरवाही र जालसाजी पनि समावेश छ ।


एक जना नेपाली र १२ जना नेपाली श्रमिकका नातेदारहरुले ति मानिसहरुलाई उनीहरुको ईच्छा बिपरित ईराकमा काम गर्न मानिसलाई मानब तस्करी गरेको अभियोगमा मुद्दा दायर गरेका हुन भनी एफपीले बिहिवार जनाएको छ ।

हुस्टन स्थित केबीआर भन्ने अमेरीकी कम्पनी र दाउद भन्ने जोर्डनी कम्पनी बिरुद्ध ईराकमा बन्धक बनेर मारिएका १२ जना नेपालीका आफन्तहरुले मुद्दा दर्ता गरेका हुन ।

अभियोगपत्र अनुसार १८ देखी २७ बर्षसम्मका ति नेपाली कामदारहरुलाई केबीआर र त्यसको जोडनी ठेकेदारले अम्मान शहरमा होटल र रेष्टुरन्टको भान्साको काम लगाई दिउला भनी भनी भर्ती गरिएको थियो । तर जब ति नेपाली कामदारहरु जोर्डन आई पुगे, तिनीलाई आशा गरिएको काम दिईएन । बरु उनीहरुले गैर कानूनी रुपमा उनीहरुको पासपोर्ट खोसे र असुरक्षीत सवारी साधनबाट उनीहरुलाई अल असाद हवाई अखडमा तिर लगियो । "उनीहरु ईराक तिर जादैछन भन्ने कुरा तिनीहरु मध्ये कसैले पनि जानेका थिएनन जस्तो देखिन्छ ।" ति मारिएका व्यक्तिका परिवार र बाचेका एक जनाका तर्फबाट प्रतिनिधी गर्ने कानूनव्यवसायी मेईथु हेनलिले भनेका छन । केहीलाई अमेरीकी केम्पमा जादै गरेको कुरा भनीएको थियो………………तिनीहरुले अमेरीकामा काम गर्न जादै गरेको ठाने ।


२००४ को अगस्त २० दिन इराक पस्नै लागेको बेला इराकी प्रहरी जस्तो गरी बसेका अनसार अल सुन्ना नाम गरेको एक ईस्लामीक समुहका बिद्रोहीहरुले ति नेपाली कामदारहरुलाई बाटैमा रोकेर बन्धक बनाए । तिनिहरुले सार्वजनिक माध्यमबाट भने "बुद्ध इश्वर भएका…………। यहुदी एबं क्रीस्टियनको सेवा गर्न र मुसलमानसंग लड्न उनीहरुको देशबाट आएका १२ जना नेपाली बिरुद्ध हामीले ईश्वरबाट फैसला ल्याएका छौ ।"

एक ईराकी छापामार सेनाले एक जना मानिसलाई चक्कुले घाटी काटेको र अरु ११ जनालाई पछाडी फर्काएर सुताई गोली हानेको दृश्य क्याम्याराले खिचेर ति अतिवादीहरुले एक वेवसाईटबाट प्रसारण पनि गरे । जसको कारण नेपालमा बिरोध प्रदर्शन भएको थियो । त्यो घटना एक मस्जीद केही सरकारी भवन र केही मेनपावर सस्थाहरुलाई निशाना बनाउदै हिंसामा फैलिएको थियो । त्यो प्रदर्शनमा कम्तीमा दुई जना मारिएका थिए ।


मुद्दाका बादी मध्येका एक बुद्धी प्रसाद गुरुङ नामका एक नेपाली कामदार ति ११ जना नेपाली कामदारसंगै एकै सवारी साधनमा थिए उनि चेक पोईन्टमा पछाडी छुटे । त्यसपछि पश्चिम ईराक स्थित अल असाद भनिने अमेरीकी सैनिक ठेगानामा आए र जहा उनले केहि समय गोदाममा काम गरे । जसको व्यवस्थापन केबिआर ले गरेको थियो ।" केबिआर र दाउदल घर फर्किन अनुमति दिनु अघि उनी १५ महिना जति आफ्नो ईच्छा बिपरीत बन्धक भएर रहहे ।" वक्तव्यमा भनिएको छ ।


"उनीहरुको नियुक्ति लागी नेपालदेखी ईराकसम्म उनीहरुको अन्तीम रोजगार स्थलसम्म………केबिआर र उसको सहायक ठेकदारबाट तारतम्म गरीएको……… गैरकानूनी तस्करी योजना अभियोग लगाई" ति निवेदकहरुले दाउद र पाटनस्र पहिचान गरेको त्यो वक्तव्यमा उल्लेख छ । "ति निवेदकहरु गरिव परिवारबाट आएका थिए जसले मृतकहरुलाई बाहीर पठाउन ऋणमा परेका थिए । तिनिहरुको निधनले त्यो परिवार अफ गरिबीमा पुग्दछन" भनी एग्नीस्कजाका फेरयस्जिमान नामका बादीका कानून व्यवसायीले संचार माध्यमलाई भनेका छन ।

"त्यहा बिभिन्न नियुक्तीकर्ता र बिभिन्न ठेकेदार एक संख्यामा छन जस्तो देखीन्छ तर तिनिहरु केबिआरको मुलद्वारमा समाप्त हुने देखिन्छ" पुन फेरयस्जिमान भन्दछन । औपचारीक रुपमा केलोङ्ग ब्रउन एण्ड रुट केबिआर भनिने केबिआर अमेरीकी उपराष्ट्रपति डिक चेनीले नेतृत्व गरेको हेलीबर्रटन ईनर्जी फर्मको पुर्ब अधिनस्थ हो जो त्यसबेला ईराकमा अमेरीकी सेनाको सेवा गर्ने सबैभन्दा ठुलो ठेकदार थियो ।


मे महिनामा मेथ्यु के हेनडली अमेरीकी कानून व्यवसायी र नेपालका एक भुतपुर्ब पिसकोर स्वयमसेवकको ल फर्मले ईस्लामीक बिद्रोहीले मारिएका १२ मध्येका ९ जनालाई जीवन भर क्षतिपुर्ति दिन मुद्दा जितेका थिए । बसन्त ऋतमा मृतकका परिवारलाई प्रत्येक महिना २२३ अमेरीकी डलर क्षतिपुर्तिमा र बाल बच्चा भएकालाई ७५ डलर अतिरिक्त व्यवस्था गर्ने श्रम बिभागले दाउद कम्पनीलाई आदेश दिएको थियो । सो घटनामा मारिएका तिनजना नेपालीहरुले कुनै पनि क्षतिपुर्ति पाएनन किनकी अमेरीकी कानून अनुसार मुद्दा दायर गर्ने तिनीहरुको कुनै कुनै अभिभावक श्रीमति वा बच्चा थिएनन । अदालतले २००४ को अगस्त महिनामा ईराकमा मारिएका नेपालीहरु अमेरीकी सहायक ठेकेदारले नियुक्त गरेको पनि निश्चीत गरेको छ ।

No comments: