कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Monday, September 22, 2008

कानूनी शब्दकोश

लिगल नेपाल डट कमले पहिलोपल्ट नेपाली भाषाको कानूनी शब्दकोश अनलाइनमा उपलब्ध गराएको छ । हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोस: http://www.legalnepal.com/

केही चाखलाग्दा शब्दहरु:

दामल
राणाकालमा प्रचलित, कुनै गम्भीर कसुरमा कसुरदारदाई 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय ।

अलिफार्से
तोकिएको म्यादमा पैसा फिर्ता गर्न नसके धितो अधिकार बिहिन भै साहुको ठहरिने गरी लेखिएको कागत ।

हेरौ, बन्धकी पनि कति प्रकारका हुदाँ रहेछन:

दृष्टिबन्धक
कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुल उपर गर्नू भनी लेखिदिने तमसुक ।

धितोबन्धक
सापटीका रुपमा रुपियाँ पैसा लिएबापत समयमा बुझाउन नसके साहु स्वयम्ले भोगचलन गर्ने र समयमा बुझाउन सके ऋणीले फिर्ता पाउने कबुल गरी राखिएको धरजग्गा गरगहना आदि ।

भोगबन्धक
सापटी लिएको रुपैयाँ नतिरेसम्म सो रुपैयाँको सट्टा कुनै चिज वस्तु भोगचलन गर्न भनी लेखिएको तमसुक ।

लखबन्धक
बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि पुनः अरुलाई सारी दिएको बन्धक ।
तपाइँको कुनै सल्लाह वा सुझाव भए admin@legalnepal.com माँ ईमेल गरेर पठाउनु होला ।

Friday, September 12, 2008

बारवटा टेबल : रोमन कानूनको आधार (Duodecim Tabulae)

सरकारहरुको इतिहासमा बारवटा टेबलको एउटा विशेष स्थान यिनीहरू एकैपटकमा रोमन गणराज्यको आधार, शताब्दीऔसम्म रोमन कानूनको आधार हुनुको साथसाथै मानवता, जोन लोकको दर्शन अमेरिकी स्वतन्त्रताको घोषणामा विकसित भएर जाने विचारहरुको बीउ थिए निश्चित रूपमा हामी केही अधिकारहरुको संरक्षणको बारेमा कुरा गर्देछौ


लगभग शताब्दी ई।पू. का रोमन मानिसहरुलाई दास बाहेक) दुई वर्गमा विभाजित गर्न सकिन्छ: कुलीन सर्वसाधारण पहिला वर्ग धनी थिए, यी जग्गावाल नागरिकहरुसँग धन, शक्ती, वैभव मतदान गर्ने अधिकार थियो दोस्रो वर्गसँग यी केही कुराहरु थिएनन (अथवा धेरै कम थिए) तर उनीहरु दास भने थिएनन सत्तामा धेरैजसो कुलीन वर्गको बर्चस्व भएकाले उनीहरूले आफै नै कानून बनाउने भएकाले उनीहरु आफ्नै वर्गको स्वार्थसिद्दी हुने किसिमका कानून बनाउथे यदि सर्वसाधारणको स्वार्थ उनीहरुको बाटोमा तेर्सियो भने यी कानूनहरूले सबै कुराको थान्को लगाउने छन - कुलीनहरू सोच यस्तो थियो


सर्वसाधारणहरू भने अर्कै सोचिरहेका थिए उनीहरु आधारभूत अधिकारहरु चाहन्थे उनीहरु यसकोलागी नागरिक बिद्रोह गर्न तयार समेत थिए ई।पू. ४९४ मा उनीहरूले अर्को राज्य खडा गर्ने सम्मको धम्की दिए यहाँसम्म आइपुग्दा सर्वसाधारणको बिशाल जनसंख्याको अगाडी कुलीनहरुलाई पनि आफ्नो कुर्सीमा कान ठाडो पार्न बाध्य बनायो यो सबैको नतीजा थियो - बारवटा टेबल


यी टेबलहरू, जसलाई शताब्दीको मध्यमा पूर्ण गरिएको थियो, ढुङ्गाका टुक्राहरू थिए जसमा कानूनका धाराहरू कोरिएका थिए लिखित कानून भएपछि कानूनका निर्माता कानून लागू गर्ने अधिकारीहरूले आफ्नो मूड अनुसार कानून घुमाउन नपाउने भए कानूनलाई सार्वजनिक गरिएपछि (ढुङ्गामा कोरेर सार्वजनिक प्रदर्शनी गरेपछि) सबैले कानूनको बारेमा जानकारी पाउने भए यसो भएपछि मलाई कानून थाहा थिएन भनेर कसैले फुत्किन पनि नपाउने भए कानून सार्वजनिक भएपछि यसको बारेमा जान्नु यसलाई पालना गर्नु सबैको कर्तब्य भयो


हामीसँग अझैसम्म बाँचेर रहेका ती बारवटा टेबलका केही खण्डहरूका चाखलाग्दा कुराहरू मुख्यतः निम्न छन:


टेबल ले भन्छ कि कसैमाथि कुनै दोष लगाइएको भने दोष लगाउने दोष लगाइएको दुबै पक्ष न्यायाधीशको अगाडी उपस्थित हुनुपर्छ यदि तोकिएको मितिमा कुनै पक्ष उपस्थित भएन भने न्यायाधीशले उपस्थित पक्षको पक्षमा निर्णय गर्न सक्नेछन


टेबल ले आसामीलाई ऋण तिर्न ३० दिनको समय दिएको यसपछि साहुले आसामीलाई पक्रन उसलाई बन्दी बनाउन सक्नेछ टेबल ले कसैको पनि इच्छापत्र कानूनी रूपले प्रभावकारी हुने कुराको ग्यारण्टी गर्छ

टेबल ले निश्चित अपराधहरुमा दिइने सजायहरू तोकेको यस अनुसार यदि कुनै साक्षि अदालतमा उपस्थित हुन सकेन भने उसलाई जीवनभर साक्षि बन्न दिइने छैन अर्को महत्वपूर्ण बुँदामा भनेको कि कसैले अदालतमा झुटो कुरा बोलेको पाइएमा उसलाई मृत्युदण्डको सजाय दिइने


टेबल ले घुस खाने न्यायाधीश राज्यद्रोह गर्ने मानिसहरुलाई मृत्युदण्डको सजाय तोकेको


टेबल ११ ले कुलीन सर्वसाधारण बीच बिहेवारी बर्जित गरेको यसैले सर्वसाधारणले केही धेरै महत्वपूर्ण अधिकारहरु हासिल गरेपनि उच्च वर्गसँग सम्बन्ध राख्न नपाउने भए शाशक वर्गले जे भए पनि आफ्नो दुनो सोझ्याउनु नै थियो

Thursday, September 11, 2008

बिजुली निकाल्न संसद गुहार्नु नपर्ने

सर्वोच्च अदालतलॆ पश्चीम सेती जलबिद्युत आयोजना प्राकृतिक स्रोत बाँडफाँडको विषय नभएकोले संसदबाट अनुमोदन गराउनु नपर्ने ठहर गरेको छ ।


पश्चीम सेती परियोजना बिरुद्ध दायर रिटमा मंगलवार निर्णय सुनाउदै संयुक्त इजलासका माननीय न्यायाधीश अनुपराज शर्मा र कल्याण श्रेष्ठको संयुक्त इजलासले उक्त ठहर गरेको हो । देशको प्राकृतिक स्रोतको बाडफाड हुने गरी विपक्षीले काम गरेको नदेखिएकोले माग बमोजिम सरकार र संसदको नाममा परमादेश जारी गर्नुपरेन निर्णयमा उल्लेख छ ।


यो फैसलापछि स्मेक नाम गरेको कम्पनीलाई करोडौ रुपैयाको लगानीमा सुदर पश्चीमको सेती नदीमा ७५० मेगावाट क्षमता भएका जलबिद्युत आयोजना संचालन गर्न बाटो खुलेको छ । यस आयोजनाको मुख्य हर्ताकर्ता चाहि स्टे्रलियाको स्मेक हाईड्रो पावर लिमिटेड हो । यस आयोजनाबाट भबिष्यमा असर पर्न सक्ने भएकोले अनुमान गरी त्यसको समाधानको लागी इजलासले बाढी नियन्त्रण वातावरण संरक्षण आयोजनाबाट विस्थिपित हुनेका परिवारको पुनस्र्थापना र क्षतिपूर्तिका लागि भिन्दै संयन्त्र बनाउन पनि सरकारका नाममा निर्देशात्मक आदेश दिएको ।


जल तथा ऊर्जा उपभोक्तामहासंघ नेपालका अध्यक्ष रामचन्द्र चटौतको नेतृत्वमा केही कानून व्यवसायी र अभियानकर्ताहरुले पश्चिम सेती आयोजना अन्तिरिम संविधान र प्रचलित कानून विपरित सम्झौता भएको भनी सर्वोच्च अदालतमा गत २०६४ साउन २४ मा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरेपछि यो सम्झौता ठुलो बिवादमा परेको थियो । अन्तरीम संविधानको धारा १५६ बमोजिम संसदको अनुमोदन नभई प्रकृतिक स्रोतको सम्बन्धमा सरकारले कुनै पनि सन्धी सम्झौतामा हस्ताक्षर गर्न सक्दैन भनेर उनीहरुले तर्क गरेका थिए ।


यो प्रतीक्षा गरिएको एक महत्वपुर्ण फैसला हो किनकी यो फैसलापछि निजी कम्पनीहरुले नाउमा जो सुकैले देशको प्राकृतिक स्रोत प्रयोग गरी जलबिद्युत उत्पादन गर्न सक्नेछन जनताका पहरेदार मानिने संसदको अनुमोदन आबश्यक नपर्ने भएको छ ।

Wednesday, September 3, 2008

बिग्रेको एटिएम मशिनको फाइदा लुट्दा कैद सजाय

चीनको शांग्जी प्रोभिन्सको लिन्फेनमा बस्ने २४ वर्षीय गु टिंगले एउटा बिग्रेको एटिएम मशिनवाट $२५००० झिकेकोमा जन्मकैदको सजायलाई घटाएर पाँच वर्षको जेल तोकिएको छ । उक्त आप्रवाशी कामदारलाई $२८०० थप सजाय र "गैर कानूनी" तरिकाले पाएको सबै रकम फिर्ता गर्न जनअदालतले आदेश दिएको छ ।
ग्वान्जौमा सिक्यूरिटी गार्डको काम गर्ने गु २००६ को अप्रैल २१ मा पैसा झिक्न एउटा एटिएममा गए । तर एउटा प्राविधिक गल्तिले उनको १००० युवान झिक्ता खातावाट १ युवान मात्र घट्ने भएको रहेछ । अव के चाहियो, गुले १७१ चोटी एटिएम प्रयोग गरेर १७५००० युवान झिक्न भ्याइहालेछन ।

उनको अपराध पत्ता लागे पछि उनी एक वर्ष लुकेर हराए । पछि पक्राऊ परेपछि गत वर्षको नोभेम्बर २० मा उनलाई आजन्म कैद तोकियो । यो केसले राष्ट्रिय हेडलाइन पायो र मीडिया एवं कानूनी व्रृत्तमा यो सजाय अली कडा भयो कि भनी बहसै चल्यो ।

प्रोभिन्सियल हाई कोर्टले यो रूलिंगलाई बदर गर्यो र नोभेम्बरको रुलिंगमा प्रमाण र केही तथ्यहरू नपुगेको भन्दै तल्लो कोर्टलाई यो केसलाई फेरी सुन्न आदेश दियो । फेब्रुअरी २२ मा रिट्रायल शुरू भयो जसमा सरकारी वकिलहरुले गुले ब्यांकबाट चोरी गरेको आरोप लगाए भने गुका वकिलले उनी निर्दोष रहेको जिकिर गरे ।

प्रचलित अपराधिक कानून अनुसार वित्तीय निकायहरुवाट १००००० युवान वा बढी चोर्ने ब्यक्तिहरुलाई जन्मकैद वा मृतुदण्ड हुन्छ ।

न्यायधिश गन जेंगपेइले भने: "यो केस स्पेशल छ किनभने गुले यो पैसा चोर्नुको एउटा कारण बिग्रेको मशिन पनि हो त्यसकारण हामीले उनको सजायलाई घटाएका छौं" । उनले थपे : "तर गुको कार्यले ब्यांकको अधिकार हनन भयो, यसको वित्तिय सुरक्षामा असर पर्यो र समाजमा गलत प्रभाव पार्यो ।"
गुले अपील नगर्ने जनाए तर गुका बुवा गु काइलियांग भने यो निर्णयसँग खुशी छैनन । "उनी निर्दोष छन, उनले एउटा सिल्ली मिस्टेक गरे त्यसैले उनलाई छाडिदिनु पर्छ ।"

१७१ पल्ट कुटुकुटु पैसा झिकेको कुरा कसरी सिल्ली मिस्टेक हुनसक्छ र?