कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Monday, September 22, 2008

कानूनी शब्दकोश

लिगल नेपाल डट कमले पहिलोपल्ट नेपाली भाषाको कानूनी शब्दकोश अनलाइनमा उपलब्ध गराएको छ । हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोस: http://www.legalnepal.com/

केही चाखलाग्दा शब्दहरु:

दामल
राणाकालमा प्रचलित, कुनै गम्भीर कसुरमा कसुरदारदाई 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय ।

अलिफार्से
तोकिएको म्यादमा पैसा फिर्ता गर्न नसके धितो अधिकार बिहिन भै साहुको ठहरिने गरी लेखिएको कागत ।

हेरौ, बन्धकी पनि कति प्रकारका हुदाँ रहेछन:

दृष्टिबन्धक
कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुल उपर गर्नू भनी लेखिदिने तमसुक ।

धितोबन्धक
सापटीका रुपमा रुपियाँ पैसा लिएबापत समयमा बुझाउन नसके साहु स्वयम्ले भोगचलन गर्ने र समयमा बुझाउन सके ऋणीले फिर्ता पाउने कबुल गरी राखिएको धरजग्गा गरगहना आदि ।

भोगबन्धक
सापटी लिएको रुपैयाँ नतिरेसम्म सो रुपैयाँको सट्टा कुनै चिज वस्तु भोगचलन गर्न भनी लेखिएको तमसुक ।

लखबन्धक
बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि पुनः अरुलाई सारी दिएको बन्धक ।
तपाइँको कुनै सल्लाह वा सुझाव भए admin@legalnepal.com माँ ईमेल गरेर पठाउनु होला ।

No comments: