कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Friday, December 5, 2008

बाणिज्य ईजलासलाई सहमति

सर्वोच्च अदालतले मूलुकका विभिन्न चार ठाउका पूनरावेदन अदालतमा वाणिज्य ईजलास गठन गर्न सरकारलाई सहमति दिएको छ ।

यही मंसिर १८ गते बुधवार बसेको न्यायाधीशहरुको पूर्ण बैठक फुलकोर्ट ले यस सम्बन्धी निर्णय गरेको प्रवक्ता तीलप्रसाद श्रेष्ठले संचार माध्यमलाई बताउनु भएको छ । त्यस्तो इजलास गठनका लागी सरकारले सर्वोच्च अदालतसँग अनुमति मागेको थियो । बुटबल, बिराटनगर, पाटन र नेपालगंजमाँरहेका पूनरावेदन अदातलमा रहने ति ईजलासमा कम्पनी ऐन, सुरक्षीत कारोवार ऐन दामासाही ऐन र प्रतिस्पर्धा प्रवर्धन ऐन अन्तर्गत परेका अर्थ बाणिज्य सम्बन्धी मुद्दा हेर्नु पर्ने हुन्छ । यी इजलासमा कम्तीमा दुई जना त्यो पुनरावेदनका न्यायाधिशहरु निश्चीत गरिने छन ।


"ती ठाउँमा इजलास गठन र न्यायाधीश दरबन्दीका लागी सहमति दिने निर्णय भयो " प्रबक्ता श्रेष्ठले भन्नु भयो । सर्वोच्च अदालतले गठन गरेको कार्यदलले पोखरा र हेटौडामा पनि यस्तो इजलास गठन गर्नु पर्ने सुझाव दिएको थियो ।

Tuesday, December 2, 2008

शोभराजले संयुक्त राष्ट्र सँग गुहार मागे

नेपालमा १९७५ मा एक अमेरिकी पर्यटकको हत्याको आरोपमा आजीबन कारावासको सजाय भोगीरहेका चाल्स्र चाल्स शोभराजले अब नेपाल सरकारको बिरुद्ध संयुक्त राष्ट्र संघमा गुहार मागेका छन ।
चर्चित ६४ वर्षीय अभियुक्तले संयुक्त राष्ट्र संघ मानब अधिकार समितिको समक्ष १९६६ को नागरीक तथा राजनैतिक सन्धी अनुसारको अन्तराष्ट्रिय अधिकारहरुको लागी निवेदन दिएका छन । काठमाण्डौको एक तल्लो तहको अदालतले अमेरीकी पर्यटकको हत्याको लागी दोषी ठहर्‍याई २० वर्षको कारावास सजाय दिए पछि उनले ४ वर्ष अघि पनि संयुक्त राष्ट्रमा आफ्नो मानव अधिकारको हनन रोक्नको लागी अनुरोध गरेका थिए ।

पछिल्लो हप्ता पेरिसमा शोभराजको वकील इसाबेल काउटेंट पियरेले संयुक्त राष्ट्र समितिमा एक उजुरी दर्ता गराउदै भनेका छन कि उनको पक्षलाई विना प्रमाण र कुनै पनि दोभाषे बिना सुनाई गरी काठमाण्डौमा कैद गरी राखीएको छ ।

त्यो उजुरीमा नेपालको न्यायिक अधिकारीहरु माथी पनि शोभराजको पुनरावेदनको सुनवाईको काममा अनाबश्यक ढिलाई गरेको पनि आरोप लगाईएको छ ।

Monday, December 1, 2008

डान्सवार नियमित गर्न अदालतबाट निर्देशिका जारी भो

सर्वोच्च अदालतले डान्स र क्याबिन रेस्टुरेन्ट व्यबस्थापन गर्नका लागी एक छुट्टै ऐन ल्याउन सरकारलाई आदेश गरेको छ र त्यस्तो कानून नबनुन्जेल सम्मको लागी १६ बुदे निर्देशिका जारी गरेको छ ।

यही मंसिर १३ गते सर्वोच्च अदालतका माननीय न्यायाधीश बलराम केसी र कल्याण श्रेष्ठको संयुक्त ईजलासले सो त्यो निर्देशिका जारी गरेको हो । डान्स रेस्टुरा तथा क्याविन जस्ता रात्रीकालीन व्यबसायमा अनुचित कार्य हुने भनी सरकारले नियन्त्रण गर्न लागी रहेको बेला सर्वोच्च अदालतले निर्देशिका जारी गरेको छ ।


"कार्यस्थलमा काम गर्ने श्रमजीवी महीला एवम अन्य कामदारहरुलाई मर्यादित एव आत्मसम्मानपूर्बक सुरक्षित वातावरणमा काम गर्न सक्ने वातावरण सृजना गर्न " सर्वोच्च अदालतले यस्तो निर्देशीका जारी गर्नु परेको सर्वोच्च अदालतले जनाएको छ ।


सो १६ बुदे निर्देशिकामा डान्स वार क्याबिन रेस्टुरन्ट र मसाज पार्लरले दर्ता गरेपछि मात्र तिनिहरुले काम गर्न अनुमति पाउने छन भनी उल्लेख गरेको छ । अहिले साचालनमा रहेका व्यवसायीले तीन महिना भित्र जिल्ला प्रसासन कार्यालयमा दर्ता गरिसक्नु पर्ने सीमा अबधी तोकिएको छ ।


यदि कुनै कामदार पिडित भएमा उसले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्ने छ र यसलाई जिल्ला अनुगमन तथा कार्यान्वयन समितिमा पठाईने छ ।


रेस्टुरा र मसाज पार्लरका कामदारहरुको बिबरण सम्बन्धित प्रहरी कार्यालयले राख्ने छ । प्रहरी अधिकारी प्रमुख जिल्ला अधिकारी र कार्यान्वयन समितिले बिषयलाई नियमित गर्ने छन । त्यो निर्देशिकाले डान्सबार रेस्टुरा दोहोरी साझ केन्द्र र मसाज पार्लर लाई नियमित गर्ने छ ।


पारिश्रमीक बिना कसैलाई पनि काममा लगाउन निषेध गरिएको छ । उनीहरुलाई करकाप गर्न पुर्ण निषेध गरिएको छ ।


आबश्यक कुरामा केही नगरेकोले निर्देशिका ल्याउन यो हस्तक्षेप आबश्यक भयो भनी सर्वोच्च अदालतल उल्लेख गरेको छ ।


सर्वोच्च अदालतले भनेको छ कि जसरी काम गर्ने अधिकार उल्लघन गर्न सकिदैन त्यसरी नै ति काम गर्ने ठाउको व्यबस्था गर्ने र नियमित गर्ने सरकारको कर्तव्य हो ।


देशको उच्च अदालतले भनेको छ कि जसरी त्यहा १२०० डान्स र क्याबिन रेष्टुरेन्ट छन । जहा ५०००० भन्दाबढी मानिसहरु संलग्न छन । तिनिहरुमा ८० प्रतिशत महिला नै भएको जनाईएको छ । अदालतले उनीहरुको आबेशजनक शारिरीक र सामाजीक सरक्षा सुनिश्चीत गर्न सरकारलाई आदेश दिएको छ ।


डान्स रेस्टुरा क्याबिन तथा मसाज पार्लर साचालनको कारण बरपरका सर्वसाधरण जनताको सार्वजनिक स्वाथ्य र नैतिकताको प्रतिकुल असर हुन नहुने भनी सर्वोच्च अदालतले सर्त राखेको छ ।

जनहित संरक्षण मंच ( प्रो. पब्लीक ) नामक एक गैरसरकारी संस्था का तर्फबाट प्रकाशमणी शर्मा, शर्मीला श्रेष्ठ, रमा पन्त र कबिता पाण्डे लगायतका कानून व्यबसायीहरुले तीन बर्ष अघि दर्ता गरेको रिट निवेदनको सन्दर्भमा सर्वोच्च अदालतले यी निर्देशिकाहरु जारी गरेको हो ।

Sunday, November 23, 2008

एउटा अर्को कार्टून

सबै कानून ब्यवसायीहरू एकै खालका हुदैनन तर केही खराव नियतका वकिलले गर्दा समाजले वकिललाई हेर्ने दृष्टिकोणमा असर पर्छ ।

Saturday, November 22, 2008

न्याय नपाए नेपाल जानू

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको सबैभन्दा उदार राज्य क्यालिफोर्नियाका जनताले पहलकदमी-८ लाई जिताई दिए । पहलकदमी-८ ले समलिङ्गी बिहेबारीलाई अमान्य घोषणा गरेको छ । स्मरण रहोस क्यालिफोर्नियामा समलिङ्गीहरूले "बिबाह" गर्न नपाए पानी सिभिल युनियन जस्तो किसिमले कानूनी मान्यता पाउने भने छन ।


नेपालले यी सबैलाई उछिनेर समलिङ्गी बिहेलाई मान्यता दिएको छ । एउटा ऐतिहासिक फैसलामा नेपालको सर्वोच्च अदालतले समलिङ्गीहरुलाई बिहेवारी लगायतका बिषयमा समान अधिकार दिलाउन आवश्यक कानून बनाउन माओबादीले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई आदेश दिएको छ । "अदालतले सरकारलाई यूरोपियन युनियनको समलिङ्गी बिवाहलाई मान्यता दिने कानून जस्तै नयाँ ब्यवस्था गर्न सात सदस्यीय समिति बनाउन सरकारलाई आदेश दिएको छ" - नेपालका संविधान सभाका सदस्य तथा समलिङ्गी सक्रियताबादी सुनील बाबु पन्तले भनेका छन ।


अनिल महर्जन र दिया कश्यपले दुई वर्ष अघि सार्वजनिक रूपमै स्वयंबर गरेका थिए तर उनीहरुले बिहेलाई रेजिस्टर गर्न दिएको आवेदन त्यसै थन्किएर बसेको थियो । अव भने उनीहरूले प्रमाणपत्र पाउने छन ।


समलिङ्गी बिबाहले परिवारको परिभाषालाई नै परिवर्तन गर्दछ । यस्तो गंभीर विषयमा नेपाली मीडिया र जन-स्तरमै गंभीर छलफल हुनुपर्ने होइन र?


जे भए पनि अव नेपालले नेपाली मात्र होइन विदेशी समलिङ्गीहरूले पनि बिबाह रजिस्टर गर्न पाउने ब्यवस्था गर्नु पर्छ । अमेरिका लगायत धेरै देशमा समलिङ्गी बिवाह गर्न नपाएका मानिसहरु नेपालमा गएर विहे गर्न सक्ने वातावरण बनाउनु पर्छ । यसले नेपालमा "समलिङ्गी-विवाह-पर्यटन" को माध्यमबाट राम्रो आय आर्जन हुन सक्थ्यो । छिमेकी देश भारतको कानूनमा पनि समलिङ्गी बिबाहको प्रयोजन छैन ।

भारतमा सर्बोच्च अदालत र सरकारबीच बिबाद

हाईकोर्टको न्यायाधिहरुको बढुवाको बिषयमा न्यायपालिका र कार्यापालिका भिडन्तमा ओर्लिएका छन । सर्वोच्च अदालतको समूहले हाईकोर्टका तीन जना न्यायधिशको बढुवामा सरकारको आपत्तिलाई पन्छाई दिएको छ । अगाडीको कदम बारेमा अहिले त सरकार चुपपाप छ तर विशेषज्ञहरुको रायमा सरकारले मन मारेर समूहको कुरा मान्नु नै पर्दछ ।


प्रधान न्यायधिश के. जी. बालकृष्णनको अध्यक्षता भएको यस समूहमा पाच जना न्यायाधिश शामिल छन । यो समूहले न्यायाधिशहरुको बढुवाको सम्बन्धमा फैसला गर्दछ । यसको फैसलामा माथी अन्तिम स्विकृती राष्ट्रपतिको हुन्छ । समितिले वरिष्टताको ख्याल नगरि तीन जना कनिष्ट न्यायधिशहरुको नाम कानून मन्त्रालयमा पठाएका थिए । त्यो सिफरिसमा उच्च तहको अदालतमा न्यायधिशको बढुवा गर्दा वरिष्टता बाहेक अरु खुबीहरु माथी ध्यान दिनु जरुरी हुन्छ भनी तर्क गरिएको थियो । कानून मन्त्रालयले समितिको सिफरिस फिर्ता गरिदीयो । समितिले यसलाई अर्को पटक पनि त्यसै रुपमा कानून मन्त्रालयलाई पठाई दियो ।


समितिले जुन तीन जना न्यायाधिशहरुको नाम बढुवाको लागी पठाएको छ त्यसमा केरला हाईकोर्टका मुख्य न्यायाधिश एच. एल. दत्ता मद्रास हाईकोर्टका मुख्य न्यायाधिश ऐ. के. गांगुली र पटना हाईकोर्टका मुख्य न्यायाधिश आर. एम. लोढा सामिल छन ।

न्यायपालिकाको कदममा पछाडी कानून मन्त्रालयका अधिकारी के कदम उठाउछन यस बारेमा अहिले उनीहरु केही बोली रहेका ,छैनन तर कानूनका जानकारहरुको बिचारमा मन्त्रालयले समूहद्धारा दिईएको

नाम राष्ट्रपतिको मन्जुरीको लागी पठाउनु नै पर्दछ ।


प्रधान मन्त्री कार्यालयले न्यायधिशहरुलाई बढुवा गरि सर्वोच्च अदालतमा पद बहाली गर्ने सम्बन्धी फाईल गएको हप्ता प्रधान न्यायाधिशलाई फिर्ता गरिदिएको थियो । यसमा कुन आधारमा ती तीन जना न्यायाधिशहरुको बढुवा गर्ने सिफारिस गरिएको हो भनी स्पष्टिकरण मागिएको थियो । सरकारको बिचारमा सिफरिस गर्दा सर्वोच्च अदालतको समितिले वरिष्टतालाई नजर अन्दाज गरेको छ ।

वरिष्टताको हिसावबाट पहिलो अधिकार दिल्ली हाईकोर्टका मुख्य न्यायाधिश ए. पी. शाह मध्य प्रदेश हाईकोर्टका मुख्य न्यायाधिश ए. के. पटनायक र उत्तराखण्ड हाईकोर्टका मुख्य न्यायाधिश वी. के. गुप्ताको हुन्छ ।


न्यायधिशको बढुवाको लागी समितिद्धारा नाम पठाउने व्यवस्था १९९३ अक्टोवर महिनादेखी लागु छ । यो व्यवस्था सर्वोच्च अदालतको एक फैसलाबाट लागु भएको थियो । त्यहा देखी नै समूहको सुझाब सरकार मार्फत राष्ट्रपति समक्ष जस्ताको त्यस्तै गईरहेको थियो ।

Friday, November 21, 2008

नेपालका प्रहरीले केटाकेटीलाई यातना दिई रहेकॊ आरोप

अन्तराष्ट्रिय दबाब समुह ह्यूमन राईट्स बाचले बालबालीका लाई यातना दिएको भनी नेपालका प्रहरीलाई आरोप लगाएको छ ।

उसले यातना वा दुरुपयोगको २०० भन्दा बढी बिश्वासीलो दाबी प्राप्त गरेको छ भनी न्युयोर्कमा रहेको समुहले भनेको छ ।

यातनाका तरिकामा केटाकेटीको औलाको नङमा कडा चिज राप्ने र उनीहरुको खुट्टाको पैतालामा पिटने लगायत छन भनी त्यो समुहले भनेको छ ।

एक जना प्रहरीका प्रबक्ताले भनेका छन कि बितेको समयका दुरुपयोगका लागी धेरै अधिकारीहररुलाई कारबाही गरिएको छ, तर अहिले कुनै बाल बालिकालाई यातना दिएको कुरामा अस्वीकार गरेका छन ।


अर्को अपराध गरिन्छ

ह्यूमन राईट बाचले भनेको छ सामेल भएका धेरै जसो बालबालीकाहरु साना अपराध वा सडक पेटीमा बसेकोमा शंका गरिन्छ ।

यसले भनेको छ बालबालीकालाई बासको लठ्ठी र प्लासटिकको पाईपले उनीहरुको तिघ्रा माथिल्लो पाखुरा हातको पछाडी खुट्टाको पछाडी र पैतालामा हानिन्छ ।

"नेपाली प्रहरीसंग बालबालीकाको संरक्षण गर्ने र अपराध नियन्त्रण गर्ने कर्तव्य " समूहका एशिया अनुसन्धानकर्ता बेड शेफार्ड भन्दछन ।

"गर्नु पर्ने काम नगरी थुनामा रहेका बालकलाई यातना दिएर संरक्षण गरिनु पर्नेहरुका बिरुद्ध उनीहरु अपराध गरीरहेका छन" ।उनले भनेकी छन कि बालबालीकाबाट साबिती लिन कहीलेकाही यातनाले घाईते गराईन्छ र अरु समय यो "अधिकारीको मनोरन्जन लागी मातृ संचालन गर्न देखापर्दछ ।

सबैभन्दा कान्छो आरेपित पिडित १३ बर्षको थियो ।

नेपालको संबिधान अन्तर्गत यातनालाई निषेध गरिएको छ र बालबालीकाको ऐनले यातनालाई गैरकानूनी घोषण गरेको छ । तर पनि अधिकतम सजाय जरिवाना र एक बर्ष कैदका मात्र छ जसले दण्ड हिनता बढाउछ ।

समुहले भनेको छ कि दरुपयोगको बढदो घटनाले असरपरी अहिलेसम्म कुनै प्रहरी अधिकारी वा सरकारी अधिकारी अभियोजनमा लगिएको छैन ।

प्रहरी यातना पुर्णरुपमा निषेध गरिएको र यसमा सामेल हुने प्रहरी अधिकारीलाई कानूनको पुर्ण बडोतरीमा अभियोग चलाईने छ भनी स्पष्ट बयान जारी गरी नोभेम्बर २० मा पर्ने बाल दिबस मनाउन समुहले नेपाल सरकारलाई अनुरोध गरेको छ ।