कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, November 22, 2008

न्याय नपाए नेपाल जानू

विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको सबैभन्दा उदार राज्य क्यालिफोर्नियाका जनताले पहलकदमी-८ लाई जिताई दिए । पहलकदमी-८ ले समलिङ्गी बिहेबारीलाई अमान्य घोषणा गरेको छ । स्मरण रहोस क्यालिफोर्नियामा समलिङ्गीहरूले "बिबाह" गर्न नपाए पानी सिभिल युनियन जस्तो किसिमले कानूनी मान्यता पाउने भने छन ।


नेपालले यी सबैलाई उछिनेर समलिङ्गी बिहेलाई मान्यता दिएको छ । एउटा ऐतिहासिक फैसलामा नेपालको सर्वोच्च अदालतले समलिङ्गीहरुलाई बिहेवारी लगायतका बिषयमा समान अधिकार दिलाउन आवश्यक कानून बनाउन माओबादीले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई आदेश दिएको छ । "अदालतले सरकारलाई यूरोपियन युनियनको समलिङ्गी बिवाहलाई मान्यता दिने कानून जस्तै नयाँ ब्यवस्था गर्न सात सदस्यीय समिति बनाउन सरकारलाई आदेश दिएको छ" - नेपालका संविधान सभाका सदस्य तथा समलिङ्गी सक्रियताबादी सुनील बाबु पन्तले भनेका छन ।


अनिल महर्जन र दिया कश्यपले दुई वर्ष अघि सार्वजनिक रूपमै स्वयंबर गरेका थिए तर उनीहरुले बिहेलाई रेजिस्टर गर्न दिएको आवेदन त्यसै थन्किएर बसेको थियो । अव भने उनीहरूले प्रमाणपत्र पाउने छन ।


समलिङ्गी बिबाहले परिवारको परिभाषालाई नै परिवर्तन गर्दछ । यस्तो गंभीर विषयमा नेपाली मीडिया र जन-स्तरमै गंभीर छलफल हुनुपर्ने होइन र?


जे भए पनि अव नेपालले नेपाली मात्र होइन विदेशी समलिङ्गीहरूले पनि बिबाह रजिस्टर गर्न पाउने ब्यवस्था गर्नु पर्छ । अमेरिका लगायत धेरै देशमा समलिङ्गी बिवाह गर्न नपाएका मानिसहरु नेपालमा गएर विहे गर्न सक्ने वातावरण बनाउनु पर्छ । यसले नेपालमा "समलिङ्गी-विवाह-पर्यटन" को माध्यमबाट राम्रो आय आर्जन हुन सक्थ्यो । छिमेकी देश भारतको कानूनमा पनि समलिङ्गी बिबाहको प्रयोजन छैन ।

No comments: