कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Sunday, December 9, 2007

सर्वोच्चको राम्रो कदम

नेपालमा अदालतले फैसला गर्ने तर सरकारले त्यसलाई वेवस्ता गर्ने अनौठो संकार छ । आजको लोकतान्त्रिक सरकारले पनि यसो गर्न छाडेको छैन। यस सन्दर्भमा अदालतले वेलावेलामा आबाज नउठाएको भने होइन । तर यस पटक अदालतले सरकारलाई गतिलो चेतबनी दिएको छ । त्यो हो,काठमाण्डौको तीनकुनेमा रहेको जग्गा सम्बन्धी बिबादमा ।
काठमण्डौमा हुने सार्क सम्मेलनको तयारी गर्ने भनी कोटेश्बर तीनकुनेको जग्गा सरकारले सितैमा लिन लागेकोमा सम्बन्धित जग्गा धनीले सर्बोच्चमा मुद्दा दाँयार गरेका थिए । "व्यक्तिको सम्पत्ति मुआवजा बिना लिन् नपाउने" भन्दै अदालतले सरकारलाई मुआबजा दिएर लिनु भन्ने आदेश भएको हो । यो आदेश २०५७ को बैशाखमा भएको हो । यती दिनसम्म पनि फैसला कार्यन्वयन नभए पछी पीडितका तर्फवाट महीन्द्रबहादुर कार्की समेट्ले अदालतको अबहेलना सम्बन्धी नीवेदन दर्ता भएको थियो । यसमा अदालतले तोकिएको समयभित्र कार्यसम्पन्न नगरे सर्वोच्च अदालत ऐन , २०४८ को दफा ७(१) वमोजीम कार्वाही हुने चेतावनी दिएको हो । अदालतले आदेशमा नागरिकको जिउधन सुरक्षाको प्रमुख जीम्मेवारी लिने पदाधिकारीले ध्यान नदिएकोले समस्या समाधानको लागि इजलासले गम्भिरतापुर्बक लिनुपरेको उल्लेख गर्दै मुख्यसचिब भोजराज घिमिरे, स्थानिय नीकाय हेर्ने सचिब रामकुमार श्रेष्ठ र कानपका प्रमुखलाई उपस्थित हुन भनिएको छ । अब यिनिहरुले अदालतको चित्त बुझाउनु पर्ने हुन्छ । नत्र सजाय बेहोनु पर्ने हुन्छ । यसरी लपरबाही गरी जनतालाई दु:ख दिने पदाधिकारीलाई सजाय गरी सईसत्यबाटोमा ल्याउने प्रयास गर्ने अदालत र त्यसका मानानीय न्यायधिश राजेन्द्र कुमार भण्डारी र दामोदर शर्मालाई बधाई दिनै पर्छ । यसले एकातिर अदालतको मर्यादा बडद छ भने अर्का तिर मनोमानी प्रशासन चलाऊने कर्मचारिलाई एउटा एउटा राम्रो सबक हुनेछ ।

No comments: