कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Saturday, January 19, 2008

अदालतमा झगडीयाले ताण्डव नृत्य गरे

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ भई रहेको वेला ईजलास भित्रै न्यायपलिका विरुद्ध नारावाजी गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको नया वजार स्थित चः मती भन्ने ठाउमा जग्गा एकीकरण आयोजना गर्ने र नगर्ने विषयमा स्थानिय बासीन्दाहरु बीच विवाद भई २०५९ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भई माघ ४ गते अन्तिम सनवाई भइरहेको थियो । माननिय न्यायाधीश बलराम के. सी. र तपबहादुर मगरको संयुक्त ईजलासमा कानून व्यवसायीहरुले बहस गरिरहदा केही व्यक्तिहरुले पेशी स्थगीत गर्न माग गदै न्यायालय र न्यायधीश विरुद्ध नारावाजी गरेका थिए । उक्त मद्दामा जग्गा एकीकरण आयोजनाका तर्फबाट बहस गर्न तोकिएका सरकारी वकिल ठोक प्रसाद शिवाकोटीले बहस गर्न नसक्ने भन्दै सनुवाई स्थगित गर्न निदेदन दिएका थिए । तर इजलासले अन्तरीम आदेश भई सकेको र अग्राधिकार प्राप्त उक्त मुद्दा पटक पटक स्थगित भएको भन्दै सनुवाईको क्रम अघि बढाएको थियो । सो बमोजिम कानून व्यवसायीहरुले बहस गरिरहेका थिए । यसैलाई आधार बनाएर ति व्यक्तिहरुले पेशी स्थगित गर्न माग गरेका थिए ।मुद्दाको सुनुवाइ प्रारम्भ भई रिट निवेदकका वकिल रमण कुमार श्रेष्ठले बहस गरिरहेको बखत केही आक्रोशित व्यक्तिहरु पेशी स्थगित नभएको भन्दै इजलासमा रहेका न्यायाधिशहरु र प्रधान न्यायाधिशको विरोधमा अपशब्द प्रयोग गदै इजलासमा प्रवेश गरेको थियो । त्यसपछी इजलास प्रवेश बन्द गरी सनुवाई गरिएको थियो ।इजलास प्रवेश बन्द गरे लगतै तिनीहरु झन उग्र हुदै हुलहुज्जत र अपशब्द प्रयोग गरी सुरक्षामा खटीएका मर्यादा पालकलाई हातपत गर्न थाले । यसबाट अदालतको काम कारवाहीमा अबरुद्ध भएपछि अरु सरक्षाकर्मी मगाएको र तिनिहरुलाई पक्राउ गरेको सर्वोच्च अदालतले जनाएकोछ । महत्वपूर्ण कुरा के छ भने सर्वोच्च अदालतले नयाँ सुरक्षा योजना लागु भएको भोलीपल्ट नै यो घटना भएको छ । सिहदरवार स्थित महानगरीय प्रहरी प्रभागले पक्राउ गरेका १७ जनालाई हिरासतमा राखिएको र सर्वोच्च अदालतको निर्णय बमोजिम कानून कारवाही गरिने जनाएकोछ ।सर्वोच्च अदालतका रजिष्ट्रारले यो घटनालाई गम्भीर रुपमा लिएको र ती व्यक्तिहरुलाई अदालतको अवहेलनामा फौजदारी कसूरमा मुद्दा चलाईने भएको जनकारी दिनु भएको छ ।

No comments: