कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Friday, October 3, 2008

सबै बेलायती लाहुरेहरु बेलायत बस्न पाउने

बेलायती सेनामा काम गरेका भु. पु. सैनिकहरुले अबकाश पछि बेलायतमा बस्नको लागी भएको उनीहरुको लामो महत्वपूर्ण अदालती लडाई यही असोज १४ गते जितेका छन । १९९७ पछि अबकाश पाउने बेलायतमा स्वत बस्न पाउने हक नहुने बेलायती सरकारको आदेशलाई नेपाली सेनाहरुले चुनौति दिएका थिए । जुलाई १, १९९७ पछि जब बेलायती सेनाको फैजी अड्डा हङकङबाट बेलायत सरेको थियो त्यसपछि अबकाश पाएका गोर्खाहरु मात्र बेलायतमा अडन अनुमति प्राप्त गरेका थिए ।

१९९७ अघि अबकाश पाएका केहीको बेलायतसंग कमजोर सम्बन्ध छ र प्रत्येकको मुद्दा एकएक गरेर पुनराबलोकन गरिनु पर्दछ भनेर बेलायतले दाबी गरिरहेको थियो । बेलायतको उच्च अदालतले ति बन्देजहरु गैरकानूनी छन र पुनकार्य गर्नु पर्ने भनी आदेश गरेको छ । गोर्खाहरुले बेलायती सेनामा १९ औ शताब्दीको शुरुदेखी नै सेवा गरेका हुन ।

मुद्दा जितेको फैसला भएपछि लडनको उच्च अदालत बाहीर भु. पु. गोर्खा सैनिकहरु खुसीले चिच्चयाए उठे । त्यस पछि उनीहरुले व्यगपाईपर बजाए र उनिहरुको रेजीमेन्टको हरियो झण्डा उठाएर । जुन झण्डामा खुकुरी राखीएको हुन्छ ।

"नेपालका गोर्खाहरुको लागी आज आनन्दको धेरै महान जितको दिन हो ।" उनीहरुको पक्षमा उपस्थीत हुने कानून व्यवसायी मार्टिन होवेले भनेका छन । "यो सामान्य समझको जित हो यो स्वच्छताको जित हो ।"

उनीहरुले जोएना लुम्लेको लागी चिच्याए जसले उनीहरुको अभियानलाई समर्थन गरेकी थिईन । किनकी उनको बुबा त्यो रेजीमेन्टको सदस्य थिए । "यो दिन मैले तपाईलाई भन्न सक्ने भन्ने भन्दा पनि धेरै महत्वपुर्ण छ " उनले भनीन "ठुलो भुललाई ठिक गर्न र राष्ट्रीय शर्मलाई निमूल गर्न यसले हाम्रो देशलाई मौका दिएको छ ।"

सुनवाईको अबसरमा, उनीहरुको बेरीष्टर एडबर्ड फिडजर्डले भने की गोर्खाहरुलाई बन्देज लगाउने निर्णय किनकी १९९७ मा हङकङ चिनलाई फिर्ता दिदाको अबस्थासम्म हङकङमा बसेका थिए यो स्वच्छ थिएन ।
उनीहरुको बेलायतसंग नजिकको सम्बन्ध छैन भन्ने सरकारको दावीलाई उनले खण्डन गरेका छन ।

फैसला पछि गृह सचिब ज्याकोई स्मिथले त्यो कानूनलाई पुनः लेखिने छ भनेकी छन ।

"अदालतको आदेशको सन्दर्भमा हामीहरु पुनराबलोकन गर्ने र नयाँ मार्ग निर्देशिका प्रकाशीत गर्ने छौ " उनले भनीन । हामीहरु यो बर्षको अन्त सम्ममा सबै मुद्दाहरुको पुनराबलोकन गरेर गोर्खाहरु प्रतिको हाम्रो प्रतिब्द्ताको सम्मान गर्ने छौ । यो फैसला माथि रक्षा मन्त्रालयले कुनै प्रतिकि्रया जनाएको छैन ।
त्यहा बिजय उत्सब मनाई रहेका अभियानका सदस्य जसले १८१५ देखी लडाई लडिरहेका थिए उनीहरुले यो फैसलाको स्वागत गरेका छन । १९९७ पछि अबकाश प्राप्तहरुले बेलायतमा स्वत बस्न पाउने हक नहुने आदेशलाई उल्टाई दिएको छ ।

प्रवेश हुन ईन्कार गरे पछि छ जना दावीकर्ताले कानूनी लडाई अगाडी बडाएका थिए । तिनिहरुमा फकलैण्ड योद्धा लाईन्स करपोरल जानेन्द्र राई, गल्फका योद्धा राईफलम्यान बिरेन्द्रमान श्रेष्ठ र एक गोर्खा बिधुवा थिए ।

बिश्वको कुनै पनि ठाउमा चार बर्ष सेवा गरेपछि अरु बिदेशी सेनाहरुले बेलायतमा घरजम गर्न सक्दछन । करीब २ हजार गोर्खाहरु बर्तमान फैसलाबाट प्रभाबित हुनेछन । उच्च अदालतका न्यायाधिश निकोलस बेकले गृह मन्त्रालयले अध्यागमन कार्यालयलाई दिएको निर्देशनहरु गैर कानूनी भएको र त्यसलाई सच्याउन आदेश गरेका छन ।

No comments: