अरुको घरमा काम गर्न दिएको छोरी फिर्ता पाउन भनी दिएको निवेदन खारेज गरेपछि आबेशमा आएका बाबुले अदालतको परिसरमा नै छोरी राख्ने मानिसलाई छुरा प्रहार गरेका छन ।
दैलेख घर भई हाल बाँके खासकादो गा. वि. स . वडा नं. ६ बस्दै आएका करीब ५० बर्षका भुबनसिंह थापाले नेपालगन्ज नगरपालीका वडा नं. ७ का दिपक शमसेर जबरा उपर अदालतको मुद्दा फाँटमा यही मंसिर २४ गते आईतवार दिउसो चक्कु प्रहार गरेका छन । छुरी प्रहारबाट राणाको बाँया कोखाको छेउमा काटिएको छ ।
थापाले २०४६ साल बैसाखमा छोरी रुपा थापा र छोरा विष्णु थापालाई राणाको घरमा काम गर्ने गरी छोडेर भारत गएका थिए । उनका अनुसार राणाले छोरा र छोरीलाई काम लगाए वापत मासिक ६ हजार रुपैया दिने कुरा भएको रहेछ ।
भारतबाट फर्किएपछि थापाले छोरा र छोरीलाई आफुसगै फिर्ता पठाउन अनुरोध गरे । तर फिर्ता नपाएपछि छोरा र छोरीलाई बन्धक बनाएको आरोप लगाउदै मुक्त गरी पाउ भनी पूनरावेदन अदालत नेपालगन्जमा वन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।
रिट निवेदन उपर आईतवार भएको छलफलमा २२ बर्षिय छोरी रुपा थापालाई अदालतमा झिकाई वयान गराउदा उनले बाँबुसंग नगई राणा कहाँ नै बस्ने बताएकी थिईन । सोही बयानलाई नै मूल आधार बनाई पूनरावेदन नेपालगन्जका न्यायाधीश देबेन्द्र गोपाल श्रेण्ठ र फडिन्द्रदत्त शर्माको संयुक्त ईजलासले रिट निवेदन खारेज गर्ने आदेश गरेको थियो ।
अदालतले रिट निवेदन खारेज गरेको कारण आक्रोशित बनेका भुवनले अदालतको मुद्दा फाटमा नै राणा उपर चक्कु प्रहार गरेका थिए । मुद्दाफाटमा आदेश हेरी रहेका राणालाई उनले पछाडी आएर चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारपछि राणालाई अस्पताल पुर्याएको र भुबनलाई प्रहरीले नियन्त्रमा लिएको थियो ।
यता नेपाल बार एशोसीएसनका केन्द्रीय उपाध्यक्ष प्रल्हाद बहादुर कार्कि जिल्ला अदालत वारका ईश्वरी प्रसाद ज्ञावली र पूनरावेदन अदालतका बारका अध्यक्ष लोक बहादुर शाहले एक संयुक्त विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेका छन ।
No comments:
Post a Comment