कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Tuesday, November 4, 2008

पाँच प्रतिशतको शिक्षा कर खारेज गर्न माग

निजी बिद्यालयहरुलाई शिक्षा सेवा कर लगाउनुका कारण पेस गर्न आईतवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।


सरकारले बजेट मार्फत निजी बिद्यालयका लागि तोकिएको पाच प्रतिशतको कर खारेजीको माग गदै दायर भएको रिट निवेदनमा माननीय न्यायाधीश गौरी ढकालको एककल ईजलासले प्रारम्भीक सुनवाई गदै सो आदेश गरेको हो । संस्थागत विद्यालय संघ नेपाल (इसान), कानून अध्ययन समाज नेपाल र अभिभावक संघ नेपाल भक्तपुरले सो करको विरोध गदै सर्वोच्च अदालतमा गत शुक्रवार शिक्षा सम्बन्धी सो कर खारेजीको माग गर्दै संयुक्त रिट दायर गरेका थिए । रिटमा निजी बिद्यालयहरुमा लगाएको कर अन्तरिम संबिधान २०६३ को भावना विपरीत रहेको उल्लेख छ ।


साथै अन्तरिम आदेशबाट निजी बिद्यालय माथी लगाईएको कर रोक्ने वा नरोक्ने छलफल गर्न आगामी आईतवार सर्वोच्च अदालतमा विपक्षी वनाईएका सरकारी प्रतिनिधिहरुलाई वोलाएको छ । सो सुनवाईमा वरिष्ट अधिवक्ता सिन्धुनाथ प्याकुरेल, हरिहर दाहाल र अधिवक्ता वालकृष्ण न्यौपाने वालमुकुन्द श्रेष्ठ बिकल प्रजापतिले करको प्राबधान खारेज गर्न हस्तक्षेप गर्न अदालतलाई आह्वान गरेका थिए ।


सरकारले यो वर्ष २०६५/६६ को बजेटमा निजी क्षेत्रबाट संचालीत शिक्षण संस्थाले असुल्ने मासिक शुल्कमा ५ प्रतिशत शिक्षा सेवा कर लिने उल्लेख गरेको छ । सोही निती अनुसार आन्तरीक राजस्व विभागले असोज ८ गते अभिभावकहरुले ५ प्रतिशत शिक्षा कर तिर्नु पर्ने सुचना जारी गरेको थियो ।

No comments: