कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Wednesday, October 29, 2008

नेपालले बिदेशीलाई धर्मपुत्र लिन खुला गर्‍यो

नेपाल सरकारले सोमवार बिदेशी नागरिकहरुले नेपाली बच्चालाई पुन धर्मपुत्र लिन पाउने भनी आठ महिना देखी कायम गरेको प्रतिबन्धलाई उठाएको घोषणा गरेको छ ।


महिनौको अनिश्चीततालाई समाप्त गदै नेपाली पदाधिकारीहरुले भनेका छन कि नेपालबाट धर्मपुत्र लिन चाहाने परिवारबाट भएको अनुरोधलाई अघि बढाउन ५८ वटा बिदेशी एजेन्सीहरुलाई अनुमति दिईएको छ । उनीहरुको देशका धर्मपुत्र लिने सम्भाव्य परिवार र नेपाली अधिकारी बीच ती बिदेशी एजेन्सीहरुले " मध्यस्ताकर्ता " कार्य गर्ने छन भनी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका एक उच्च अधिकारी प्रकाश कुमार अधिकारीले संचार माध्यमहरुसंग भनेका छन


" हामीहरु तोकिएको एजेन्सी मार्फत धर्मपुत्र लिनका लागी अपेक्षीत परिवारबाट दरखास्त लिन चाडै नै शुरु गर्ने छौ" उनले थपे । उनका अनुसार जर्मनी फ्रान्स स्वडेन डेनमार्क बेल्जीयम ईटाली स्पेन नर्वे संयुक्त राज्य र क्यानडा जस्ता देशबाट मात्र धर्मपुत्रको लागी अब माग गरी निवेदन दिन पाउने छन । किनकि ति देशहरुसंग शिक्षा र स्वाथ्य-हेरचाह लगायतको एक राम्रो सामाजीक सुरक्षा व्यवस्था छ ।


धर्मपुत्र लिन लिन चाहने अविभावकबाट मध्यस्तकर्ताहरुबाट नचाहिने रकम लिएका र केही धर्मपुत्रहरु बेचिएको प्रतिबेदन स्विकार गर्दै नेपालको सरकारले आठ महिना अघि नेपाली बालबालीकाको बिदेशी ग्रहणलाई प्रतिबन्ध लगाएको थियो । यसबाट धर्मपुत्र लिन चाहाने बिदेशी परिवारहरु असमन्जयमा परेका थिए ।


बिदेशमा धर्मपुत्र दिएर पैसा कमाउने उदेश्यले नेपालमा थुपै अनाथालय खोलीको पाईन्छ । संयुक्त राष्ट्र संघिय बाल कोष र टेरी डिस होम्स भन्ने स्विस बाल हितकारी संस्थाले अगस्त महिनाको एक प्रतिबेदनमा भनेका छन कि बाल बिलिकाको बेच बिखन अपहरण र ओसारपसार सामान्य थियो र नेपालले स्थानिय परिवारद्वारा धर्मपुत्र ग्रहण गरिन दवाब दिनु पर्ने हुन्छ ।

No comments: