कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Sunday, October 5, 2008

अव भारतीय वकिलहरुले पनि वेबसाईटमा विज्ञापन दिन सक्नेछन।


कानून व्यवसायीको मान्यतालाई स्वीकृति दिने भारतीय कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको लागी वेब साईटमा विज्ञापन दिनलाई स्विकृतिको साथै बिदेशीबाट कानून व्यवसायको माध्यमबाठ सजिलै धन लैजान पाउने बाटो खोली दिएको छ । परिषदले कानून व्यवसायीहरुलाई आफ्नै वेबसाईट संचालन गर्ने र अर्काको साईटमा विज्ञापन गर्न छुट दिएको छ । यसबाट कानून व्यवसायीले आफ्नो योग्यता र कार्यक्षेत्र एंव सम्पर्क ठेगानाको जानकारी मानिसहरु सम्म पुर्‍याउन सक्नेछ्न । कानून व्यवसायीहरुको धेरै दिनदेखी माग थियो कि विदेशमा बस्ने मानिसहरुलाई आफ्नो मुद्दाको पैरवी र अन्य मामिलामा जब कानून व्यवसायी नियुक्ती गर्ने आबश्यकता हुदछ तब यस्तो विज्ञापन कानून व्यवसायीहरुको लागी र झगडिया दुवैको लागी उत्तम साबित हुन्छ ।

अधिवक्ता ऐन १९६१ को नियम ३६ स्पष्ट भन्दछ कि कुनै पनि कानून व्यवसायीले आफैले आफुलाई विज्ञापित गर्न हुदैन । यस्तो गर्नु व्यवसायीक दुराचार मानिन्छ । गएको १८ नबेम्बरमा भएको भारतीय कानून व्यवसायी परिषद्को संयुक्त सल्लाहकारी सम्मेलनमा कानून व्यवसायीहरुलाई वेबसाईटमा विज्ञापन दिने सम्बन्धि अनुमति दिने प्रस्ताब परित गरिदिएको छ । यस सम्बन्धमा पत्रको माध्यमबाट भारतीय कानून व्यवसायी परिषद्का सचिब एस. राधाकृष्णनले भनेका छन कि " यो फैसला यस सम्बन्धमा कानून व्यवसायीहरुको तर्फबाट धेरै समयदेखी गरिरहेको मागलाई बिचार गरेर लिईएको हो । तर कानून व्यवसायीहरुले यसको प्रयोग एक सीमामा रहेर गर्नु पर्ने छ र भारतीय कानून व्यवसायी परिषद् र राज्यको कानून व्यवसायी परिषद् यस माथी नजर पनि राख्ने छन ।"


( दैनिक भास्करबाट साभार गरिएको)

No comments: