कानूनको बिषयमा रुची हुने सबैलाई यो ब्लगमा स्वागत छ, नियमित रुपमा यो ब्लग हेर्न र आवश्यक देखीएको सल्लाह, सुझाव प्रतिकृया दिई सहभागीता जनाउन तपाईंहरु समक्ष हार्दिक अनुरोध छ।

Tuesday, October 21, 2008

एल पि ग्यासको बिषयमा मुद्धा


सर्वोच्च अदालतले काठमाण्डौमा एल पी ग्यासको सहज आपुर्तिको सम्बन्धको मुद्दाको सुनवाईका लागी आउन उच्च सरकारी पदाधीकारीलाई यही ४ गते सोमवार आदेश जारी गरेको छ ।


काठमाण्डौ उपत्याकामा एल पी ग्यासको सहज आपूर्तिको गराउन अदालतको आदेश होस भनी दायर भएको सार्वजनिक सरकारको मुद्दाको सन्दर्भमा न्यायाधिश दामोदर प्रसाद शर्माको एक्कल ईजलासलबाट सो आदेश भएको हो । अधिवक्ता बालकृष्ण न्यौपानेले सो रिट दर्ता गरेका हुन । यस विषयमा अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा बुधवार सुनवाई हुने भएकोले उपस्थित हुन पनि विपक्षीहरुलाई सम्झाएको छ ।


सो रिटमा प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल आयल लिमिटेड र नेपाल एल पी ग्यास संघलाई विपक्षी बनाईएको छ । निवेदकले ढुवानीको अनुचित मूल्य उपत्याकामा एल पी ग्यासको कमी भएको आरोप लगाएका छन ।

No comments: